Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नेताहरुबाटै वन अतिक्रमण भएको खुलासा

६ असार, कपिलवस्तु । कपिलवस्तु जिल्ला हालको वाणगङ्गा नगरपालिका साविकको पटना गाविसमा भएको वन अतिक्रमणमा जिल्लास्तरका स्थानीय नेताहरुको हात रहेको रहस्य बाहिर आएको छ । सो वन क्षेत्रमा ठूला राजनीतिक दल भनेर चिनिने नेपाली कांग्रेस, नेकपा९एमाले० र एकीकृत९नेकपा० माओवादीका जिल्लास्तरका नेताहरुबाट नै वन अतिक्रमण भएको छ । धेरै पटक जिल्लास्तरका नेताहरुले जिल्लामा वन अतिक्रमण रोक्ने भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै आए पनि स्थानीयस्तरका नेता कार्यकर्ता वन अतिक्रमणमा अग्रपङ्तिमा देखिएको सोही क्षेत्रका स्थानीयवासीको भनाइ छ । सो क्षेत्रमा यसरी वन अतिक्रमण गर्नेमा एमाओवादीका जिल्लास्तरका नेता अशोक विक अग्र पङ्तिमा छन् । उनले पटना– ४ सोनपुरमा २५ बिगाहाभन्दा बढी वन क्षेत्र अतिक्रमण गरेर खेती गरिरहेको तथ्य सार्वजनिक भएको छ । त्यस्तै एमालेका नेता कृष्णप्रसाद सोमईले पटना– ४, धरमपुरमा १२ बिगाहा वन क्षेत्र अतिक्रमण गरी खेती गर्दै आएका छन् । त्यस्तै नेपाली कांग्रेसका स्थानीय नेता धनीराम थारुले पनि सोही क्षेत्रमै १० बिगाहाबराबरको क्षेत्रफल ओगटेर खेती गरिरहेको नाम नबताउने सर्तमा एक स्थानीयले बताए । यसरी जिल्लास्तरका नेता र स्थानीयस्तरका नेताहरु नै वन अतिक्रमणमा संलग्न भएपछि जिल्लामा वन अतिक्रमण बढ्दो रुपमा रहेको छ । ठूला दलका स्थानीय तहका नेता नै वन अतिक्रमणमा अग्रसर हुने भएपछि तल्लोस्तरका नेता तथा कार्यकर्ता सजिलै वन क्षेत्र अतिक्रमणमा लाग्ने स्थानीयवासी बताउँछन् । यसरी वन क्षेत्र अतिक्रमण भएपछि स्थानीयवासी पछिल्लो समय सो क्षेत्रको वन अतिक्रमण गर्नबाट रोक्ने कार्यमा संलग्न भएको स्थानीयवासी भीमसेन थापाले बताए । जिल्ला वन कार्यालयको तथ्याङ्कले कपिलवस्तु जिल्लामा करिब १० हजार ८०३ हेक्टर क्षेत्रफल वन अतिक्रमणमा परेको जनाएको छ । यता इलाका वन कार्यालय पटनाका सहायक वनअधिकृत प्रकाश ठाकुरले राजनीतिक दलको असहयोगका कारण अतिक्रमण हटाउन समस्या भएको बताए । उनले इलाका वन कार्यालय पटनाअन्तर्गतको वन क्षेत्रमा एक हजार ८०५ हेक्टर क्षेत्रफलको वन अतिक्रमणमा परेको बताए । खासगरी कपिलवस्तु जिल्लाको पटना, गुगौली, खरेन्द्रपुर, वीरपुर र बिसनपुर क्षेत्रमा इलाका वन कार्यलयले वन अतिक्रमण बढी भएको जनाएको छ । कपिलवस्तु जिल्ला वन कार्यलयका प्रमुख राकेश कर्णले पछिल्लो समय वन अतिक्रमण रोक्नका लागि जिल्लाका साझेदारी वनले प्रभावकारी रुपमा काम गर्दै आएको हुनाले वन अतिक्रमणमा कमी हुने बताए । उनले वन अतिक्रमण गर्ने राजनीतिक दलका जिल्ला तथा स्थानीयस्तरका नेताहरुसँग आफूले यो विषयमा छलफल गरेको र उनीहरुले पनि अतिक्रमण कार्य रोक्नका लागि विभिन्न किसिमका प्रतिबद्धता जनाएको उल्लेख गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies