Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

भूकम्पपछि खानेपानी लिन तीन घन्टा हिँड्नुपर्ने भयो

६ असार, धादिङ । गोरखा भूकम्पले कम मानवीय क्षति व्यहोरेको गजुरीका केही वडामा पानीको समस्या गम्भीर रुपमा देखिएको छ । भूकम्पले गर्दा घरमा बस्न होइन पस्नसमेत मिल्दैन । त्यसमाथि अर्को बज्रपात थपिएको छ गजुरी वडा नं ५ का स्थानीय बासिन्दालाई खानेपानीको । भूकम्पअघि प्रत्येक घरमा धारो रहेको गजुरी–५, बस्नेत गाउँका बासिन्दा अहिले पानीका लागि तीन घन्टा हिँड्नुपर्ने बाध्यतामा छन् । गत वैशाख १२ को भूकम्पले नसुकेको पानीको मुहान वैशाख २९ को परकम्पले सुकेको स्थानीय लालबहादुर बस्नेतले बताए । ‘घर घरमा धारो हुँदा हरेक काम सहज र छिटो हुन्थ्यो, अहिले बिहान ३ बजे उठेर पानी लिन टाढाको खोलामा जानुपर्छ, काम गर्ने समय पानी लिनमै बित्छ’ – बस्नेत भन्छन् । उनले सरकारले पिउने पानीको तत्काल व्यवस्था गरिदिनुपर्ने माग गरे । आर्थिक अवस्था सक्षम भएका मानिसहरु यस्तै समस्याले गर्दा गाउँ छोड्न थालेका छन् तर सबै मानिस अन्यत्र जान नसक्ने भएकाले घन्टौँ लगाएर पानी ल्याउनुपर्ने उनीहरुको नियति बनेको छ । सोही गाउँका तोपबहादुर बस्नेतले पानीकै कारण जीवन जिउन कठिन भएको भन्दै राहत दिने विभिन्न निकायले खाद्य सामग्री वितरण गर्नुभन्दा आवश्यकता हेरी सहयोग गरे राम्रो हुन्थ्यो भने । स्थानीय बासिन्दा राहत दिनेहरुबाट खानेपानी निर्माणका लागि सहयोगको आशा राख्छन् । पानीको समस्या वडा नं १ मा पनि छ । लामो समयदेखि प्रयोग गर्दै आएको पानीको मूल भूकम्पकै कारण सुकेपछि अहिले त्यहाँका मानिस अन्यत्र पानी लिन जान बाध्य भएका छन् । सक्नेले घरमा निजी धारोको व्यवस्था गरेका छन् । नसक्नेले मूलको पानीमै भर पर्नुपर्छ । मूलको पानी पनि सुकेपछि भने निजी धारो रहेकासँग पानी माग्नुको विकल्प छैन । गजुरीका गाविस सचिव मानचन्द्र धरहराले वर्षाको समय सुरु भएकाले खानेपानी समस्या समाधानमा तत्काल कठिनाइ देखिएको बताए । ‘वर्षायाम सकिनासाथ खानेपानी आपूर्तिको व्यवस्थाको काम अघि बढ्नेछ’ – सचिव धरहराले भने । उनका अनुसार गाविसमा भूकम्पका कारण ९५ प्रतिशत घर बस्न अयोग्य भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending