Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

संविधानमा ‘बहुलवाद’ राख्नु र ‘हिन्दू’ राख्नुमा भिन्नता हुँदैन

\"Raju_Pudasaini\"१६ बुँदे सहमति हुँदा प्रधानमन्त्री फन्किए रे– ‘बहुलवाद शब्द लेखिनुपर्छ... ।’ तत्कालै प्रचण्ड रन्किए रे( ‘हुन्न, हामी यो दर्शन मान्दैनौं । हामीले बहुदलीय प्रतिस्पर्धा स्वीकारेको हो, बहुलवाद होइन ।’ मोहन वैद्य जमानादेखि भनिरहेका छन्( ‘बहुलवादको राजनीतिक विस्तार संसदीय व्यवस्था हो ।’ भूमिगत हुँदा अति नै घृणा गर्ने प्रचण्डले १६ बुँदेमा संसदीय व्यवस्थालाइ स्वीकार गरे, ‘रिजर्भेसन’ र ‘नोट अफ डिसेन्ट’ को केही अर्थ छैन । सैद्धान्तिक कम्युनिस्टहरुले बहुलवाद मान्दैनन् । युरोप,  भारतका कम्युनिस्टहरु र नेपालको एमालेले उहिल्यै बहुलवाद स्वीकार गरिसकेका थिए । अहिले एमाओवादिले पनि स्वीकार गर्यो । अब यस विषयमा यिनीहरुका दस्तावेज, भाषण र तर्क हेर्नु–सुन्नु पर्दैन  । बहुलवाद मान्नु–नमान्नु ठीक या बेठीक के हो भनेर निर्णांयक फैसला गर्नु मूर्खता हो । कम्तिमा दार्शनिक रुपमा यसो गर्नु ठीक होइन । अहिले जसरी बहुलवाद चर्चामा छ,, त्यसको अन्तर्निहित अर्थ दार्शनिक नै हो । विकिपेडियाले यसो भन्छ, शब्दकोशमा यस्तो छ, फलानो पत्रकारले यसो लेख्यो, उसो लेख्यो भनेर हावादारी गफ गर्ने, उल्याउने–उल्लिनेलाइ ध्यान दिनु आवश्यक  छैन । स्वतन्त्र रुपमा अध्ययन नगर्ने, चिन्तन नगर्ने वा त्यसखाले मान्छेका कुरा सुन्नु पनि आवश्यक छैन । बहुलवाद मानवसभ्यताले आर्जन गरेका चेतनाहरुका स्रोतहरुमध्येको एक विषय हो । यो सोचका, विश्वासका, आस्थाका र मुख्यतस् दृष्टिकोणका आधारहरुमध्येको एक हो । यो पूराका पूरा \'फिलोसाेफिकल फेनोमेना\' हो । वाद भनेको विचारधारा हो, दृष्टिकोणको मूल हो । यसलार्इ पुष्टि भइसकेको विचारधारा पनि भन्ने गर्दछन् । यो खासगरी दार्शनिक आउटलुक हो।  मूलभूत रुपमा दर्शनलार्इ तीन भागमा संश्लेषण गर्ने गरिन्छ– १. अद्वैतवाद (मोनिज्म)  २. द्वैतवाद (ड्युलिज्म) र,  ३. बहुलवाद (प्लुरालिज्म) । अद्वैतवाद अद्वैतवादले सत्य एउटा मात्रै हुन्छ भनी मान्दछ । यो दार्शनिक मान्यताले सत्य एउटै तत्व, चेतना या शक्तिबाट सृष्टि भएको हो त्यसैले निरपेक्ष रुपमा एउटै मात्र सत्य हुन्छ भनी मान्दछ । भगवान् एउटै हुन्छ भन्नु पनि अद्वैतवाद हो । निरपेक्ष एकल सत्यलार्इ आधार बनाएर विचार निर्माण गर्नु, जीवनपद्धति, सामाजिक संस्कार या संस्कृति विकास गरिनु अद्वैतवाद मान्नु हो । द्वैतवाद यो मान्यताले दुर्इवटा परस्पर समानान्तर शक्ति, सत्य, तत्व वा चेतनालार्इ मान्दछ। यी दुइ शक्ति, चेतना वा तत्वबीच हुने आन्तरिक या बाह्य संघर्षबाट नयाँ परिवर्तित सत्य, शक्ति, चेतना वा तत्व विकास हुन्छ भनी मान्दछ । कम्युनिज्म द्वैतवादमा आधारित दर्शन हो । बहुलवाद यो दृष्टिकोणले एउटा वा दुर्इटा नभएर तीभन्दा  धेरै सत्य, शक्ति, तत्व या चेतनालार्इ मान्दछ । यो मान्यताले बहुशक्ति, बहुसत्य, बहुतत्वलार्इ आधार बनाएर विचार, संस्कृति र जीवनपद्धति विकास हुने कुरामा विश्वास गर्दछ । यी तीनवटै वाद या विचारधाराभित्र दुर्इ भिन्न मत छन्, दुर्इ फरक तर्क र विश्वास छन्– १. अलौकिकता, अमूर्तता, चेतना या र्इश्वरलाइ प्रधान मान्ने । भौतिक तत्व या वस्तुलार्इ दोयम् मान्ने । अर्थात्, भगवान् मान्ने । २. लौकिकता, मूर्तता, वस्तु, पदार्थ या तत्वलार्इ प्रधान मान्ने । अर्थात्, भगवान् नमान्ने । कम्युनिस्टहरु र्इश्वर नमान्ने र पदार्थलार्इ प्रधान मान्ने द्वैतवादलार्इ मान्दछन् । द्वन्द्वात्मक भौतिकवाद भन्ने गर्छन उनीहरु यसलार्इ । दर्शन भनेको  ज्ञान, विज्ञान, संस्कृति र सभ्यतालार्इ व्याखा गर्ने र सामान्यीकरण (जनरलाइजेसन) गर्ने तरिका हो। विभिन्न वैज्ञानिक आविष्कार या उपलब्धिलार्इ यी तीनवटै वादले आफूअनुकूल व्याखा  र सामान्यीकरण गर्ने गर्दछन् । सामान्य मानिसले दर्शनलार्इ टाउको दुखाइको विषय र नबुझिने कुरा मान्नुको कारण यहीं लुकेको छ । तीनवटा वादभित्रका पनि दुर्इ–दुर्इ वटा मतले मानिसलार्इ कन्फ्युज्ड गराउँछ । यी तीनवटै दर्शन मानवजातिका अमूल्य आर्जन हुन्, सभ्यताका सुन्दरता हुन् । यसमा खोजी–अन्वेषण भइरहनुपर्छ, भइरहन्छ । यसरी नै मान्छेले आफूलाइ थप परिष्कृत र विकसित गर्दै लैजान्छ, लैजाने हो । कुरा आयो अब बन्ने संविधानमा बहुलवाद शब्दावली राख्ने या नराख्ने भन्ने । यसलार्इ नराख्नु बढि उचित, उपयुक्त र न्यायसगंत देखिन्छ । मेरो मतचाहिँ राख्नहुन्न भन्ने नै हो । दार्शनिक शब्द अहिले बन्ने संविधानमा राखिनुहुन्न किनभने यो संविधान फरक–फरक दर्शनबीचको सम्झौताको दस्तावेज हो । एउटा दर्शनलार्इ बुझाउने शब्द संविधानमा लेखिनु भनेको अर्को दर्शन मान्नेलार्इ अपमान गर्नु, निषेध गर्नु या अन्याय गर्नु हो । राजनीति शक्ति र वर्ग बीचको संघर्ष र सन्तुलन  हो । अहिलेको  राज्यले  सबै दर्शन, संस्कृति, धर्म, पेशा या वर्गको हित , सुरक्षा, सम्मान  र यिनीहरुको अस्तित्वलार्इ स्वीकार गर्नु पर्दछ । मूल कुरो यिनीहरु सबैलार्इ समान आँखाले हेर्नु पर्दछ, समान न्याय र अवसर दिनु पर्दछ । राजनीतिक दलहरु वर्गका मात्रै नभएर दर्शनका पनि प्रतिनिधि हुन् । बहुदलीय व्यवस्था भनेको यी फरक वर्ग र दर्शनको प्रतिनिधित्व गर्ने सबै संगठन वा दलको सहअस्तित्व स्वीकार गर्ने व्यवस्था हो । यस्तो व्यवस्थामा बहुलवाद भनेर एउटा मात्रै दर्शन बुझाउने शब्दावली राख्नु उपयुक्त हुँदैन । त्यसकारण बहुदलीय प्रतिस्पर्धा स्वीकार गर्नु र बहुलवाद मान्नु एउटै कुरा हुँदै होइन । प्रचण्डले बहुदलीय व्यवस्था मान्छु, बहुलवाद मान्दिनँ भनेर जायज कुरा गरेका हुन्, इमानदार  कुरा गरेका हुन् । तर, संसदीय व्यवस्थालार्इ घुमाएर स्वीकारेपछि बहुलवाद शब्द संविधानमा लेखिनैहुन्न भन्ने नैतिक बल भने उनीसित हुँदैन र छैन । मजस्तो युवाले लेख्न मात्रै सक्छ, भन्न मात्रै सक्छ– बहुलवादजस्तो कुनै पनि शब्द संविधानमा नराख ।  जसरी धर्मनिरपेक्षता हुन सक्छ, त्यसरी नै दर्शननिरपेक्षता पनि हुनुपर्छ । बहुलवाद शब्द राख्नु र हिन्दू शब्द राख्नुमा तार्किक भिन्नता हुँदैन ।

(पुडासैनी मुम्बइमा सीए अध्ययनरत विद्यार्थी हुन्)

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending