Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्राधिकरण अध्यादेशले १६ बुँदे धरापतिर

\"sushil-prachanda-KP\"७ असार, काठमाडौं । दलहरुले वैशाख १२ को विनाशकारी भूकम्पपछि संविधान निर्माण र पुनर्निर्माणका विषयमा मिलेर अगाडि बढ्ने तयारी गरेपछि जनतामा एक किसिमको आशा र विश्वास बढेको थियो । किनकी, भूकम्पको बर्बादीपछि दलहरुलाई मिलेर राष्ट्रिय समस्या समाधान गर्ने चेतनालाई जागृत गरादिएको बुझाई आम सर्वसाधारण र नेता कार्यकर्तामै समेत भयो । २५ जेठको मध्यराती १६ बुँदे सहमतिसँगै अब संविधानसभाबाट संविधान बन्ने सात/आठ वर्षदेखिको प्रयास निर्णायक बन्ने भन्दै जनता उत्साहित भए । दलहरुले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमार्फत मस्यौदा समितिमा प्रतिवेदन पठाउदै संविधान निर्माणलाई तिव्रता दिएपछि जनतामा आशा र विश्वासको संचार भएको हो । तर, भूकम्पपछिको पुनर्निर्माण गर्न आर्थिक सहयोग जुटाउन भन्दै दाता सम्मेलनको अघि नै सरकारले ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण’ अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेपछि दलबीच बनेको विश्वासको वातावरण र संविधान निर्माणको प्रक्रिया नै अवरुद्ध हुने हो की भन्ने चिन्ता छाएको छ । १० असारमा सम्मेलन हुने भएपछि आइतबार (हिजो) मात्र सरकारले प्रमुख प्रतिपक्षीको स्वीकृतिविना अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । कांग्रेस नेता प्रकाशशरण महतले एमाओवादीको सहमतिमा भएको दाबी गरे । ‘प्राधिकरण गठनको विषय एमाओवादीकोसमेत सहमतिबाट अघि बढेको हो’ महतले भने, ‘सोही कारण अध्यादेशले संविधान निर्माण र दलबीच बनेको सहमतिमा अप्ठेरो पार्दैन ।’ तर, विपत्तिको बेला कुनै एक दलभन्दा सबै दल मिलेर अघि बढ्नुपर्ने भन्दै राष्ट्रिय सहमतिको सरकार, संविधान निर्माण र शक्तिशाली पुनर्निर्माण प्राधिकरण आपसी सहमतिमा हुनेमा दलहरुको समझदारी छ । तर, प्रधानमन्त्री अध्यक्ष रहने गरी प्राधिकरणलाई अघि बढाउने अध्यादेश राष्ट्रपतिकोमा पुगेपछि दलबीच सहमतिका आधारमा विनाशकारी भूकम्पले पुर्याएको क्षतिपछि पुनर्निर्माण गर्न गाह्रो हुने बुझाई एमाओवादी छ । सत्तारुढ दल एमालेले समेत अहिलेका प्रधानमन्त्री सुशील कोइरालाले यो विपत्तिलाई पार लगाउन नसक्ने भन्दै सरकार फेर्नका लागि कसरत तीव्र पारिरहेका बेला पुनः प्रधानमन्त्रीलाई नै अध्यक्ष बनाएर अघि लगाउन खोजिएपछि अब पुनर्निर्माण  गफ मात्रै हुने हो की भन्ने चिन्ता बढेको छ । एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई आफै प्राधिकरणको नेतृत्व लिन तम्सिएका थिए । भट्टराईको पक्षमा जनमतले समेत साथ दिँदै आएको थियो तर प्रधानमन्त्रीको नेतृत्वमा अध्यादेश आएपछि माओवादी वृतमा यसको विरोध सुरु भइसकेको छ । एमाओवादी नेता देवेन्द्र बाबुराम योग्य भएकाले प्राधिकरणको नेतृत्व दिनुपर्ने माग गर्छन् । ‘ क्षमता,योग्यता र इच्छाशक्ति अनुसारको जिम्मेवारी नपाउनु र नदिनु हामी नेपालीहरुको नियति नै हो ।’ आफ्नो पार्टी वरिष्ठ नेता भट्टराईलाई प्राधिकरणको नेतृत्व दिनुपर्ने माग गर्दै पौडेल भन्छन् ‘तरपनि योग्य व्यक्तिहरुलाई जिम्मेवारी दिँदा देश बन्न सक्छ भने हामी किन संकिर्ण र स्वार्थी बन्न सक्छौं ?’ वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले भत्केका घर बनाउने कुरा संयन्त्र भएको हुनाले प्राधिकरणकै विषयले अप्ठ्यारो नहुने बताए । ‘प्रधानमन्त्रीको नेतृत्वमा हो बन्ने हो सुशील कोइरालाको नेतृत्वमा होइन, पछि जो प्रधानमन्त्री बन्छ उसैलाई यसको नेतृत्व हस्तान्तरण हुँदै जाने हो’ दाहालले भने, ‘राजनीतिक नियुक्ति  भागबण्डाको विषय नभएको हुनाले घर बनाउने र पुनर्निर्माण नवर्निमाण गर्ने बेला भएको हुनाले विवाद गर्नुपर्छ भन्ने छैन ।’ अहिले सुशील कोइराला भए पनि संविधान बनेपछि अरु प्रधानमन्त्री यसको अध्यक्ष बन्ने भएकोले माओवादीले पनि मानेको छ । संसदबाट गठन गर्नुपर्ने प्रक्रियागत र लोकतान्त्रिक विषयमा भने माओवादीको माग जाजय भएको उनले बताए । ‘संसदमार्फत जानुपर्छ भन्ने तर्क राम्रो हो । अन्तर्राष्ट्रिय समुदायमा यो बडी बनेर मात्र विश्वास गर्ने भन्ने होइन’ दाहालले भने, ‘यस्तो बनाऔं अब यसरी काम गर्छौ भन्ने देखाउनलाई मात्र हो । काम भनेको सरकारले गर्ने हो ।’ यो विषयले संविधान निर्माणमा असर नपार्ने भए पनि यस्तै विषयले अड्काउन थाले समस्या हुने उनले बताए । एमाले नेता गोकर्ण विष्टले प्राधिकरणको विषयमा एमाओवादीले समर्थन र विरोध दुवै नगर्ने बताए । ‘चार दलको बैठकमा उहाँहरुको दुई कुरा थियो । प्रचण्डले संसद नजिक आउदै छ संसदबाट गर्दा राम्रो हुन्छ भन्नुभयो । यसलाई एकदमै विरोध गरेर जाने र समर्थन गरे जाने भन्ने पनि हुँदैन भन्नुभएको छ’ विष्टले भने, ‘बाबुरामजीले स्वायत्त निकाय बन्नु राम्रो हुनुपर्छ भन्नुभयो । विरोधको कुरा आएको छैन ।’ दुवै नेताले संविधान निर्माण र अरु विषयमा अप्ठ्यारो नपार्ने बताउनुभएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies