Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

१६ बुँदे कार्यान्वयनलाई सर्वोच्चले रोक्न सक्दैन : प्रवक्ता शर्मा

\"DinaNath७ असार, भक्तपुर । एकीकृत नेकपा (माओवादी) का प्रवक्ता दिनानाथ शर्माले अदालतले हतारमा गरेको निर्णयले संविधान निमार्णमा असर नपार्ने बताएका छन् । उनले आफ्नो पार्टीले सरकारमा जान हतारिएर १६ बुँदे सहमति नगरेको समेत स्पष्ट पार्दै १६ बुँदे सहमतिकाे कार्यान्वयनलार्इ सर्वाेच्चले राेक्न नसक्ने चेतावनी दिए । रफत सञ्चार क्लबले सोमबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले संविधान निर्माणका क्रममा अदालतले हस्तक्षेपकारी भूमिका खेल्नु गलत भएको भन्दै चार दलले सहमति गरिसकेको संविधान निमार्ण प्रक्रियालाई सर्वोच्च अदालतले रोक्न नसक्ने बताए । संविधान निर्माण गर्ने सर्वोच्च निकाय संविधानसभा भएकाले अदालतको निर्णय सच्चाउन आग्रह गर्दै सर्वोच्चले गरेको कानुनी त्रुटि सच्चाउनु पर्नेमा जोड दिए । यदि निर्णय नसच्चाइएमा सर्वोच्च निकाय संविधानसभा र अदालत दुवैमाथि प्रश्नचिह्न उठ्ने उनले बताए । यतिबेला आफ्नो पार्टी एमाओवादी सरकारमा जान लागिनपरेको र अध्यक्ष प्रचण्डलाई एमाले अध्यक्षले पहिल्यै राष्ट्रपति बनिदिन आग्रह गरेको भए तापनि आफूहरुले संविधान निर्माणलाई पहिलो प्राथामिकतामा राखेकाले एमाओवादी सरकारमा नगई प्रतिपक्षको भूमिका खेल्ने उनले बताए । ‘सरकार बदनामको केन्द्रविन्दु बनेको छ त्यसैले वर्तमान समयमा हामीलाई प्रधानमन्त्री, राष्ट्रपति हुने कुनै हतारो छैन’ शर्माले भने । सरकाले भूकम्पपीडितलाई राहत वितरण गर्नेजस्तो कार्यमा समेत पक्षपात गरेको र वरिष्ठ मन्त्रीकै पीएहरुको भ्रष्टाचारकै कारण विदेशी सहयोग आउन नसकेको भन्दै प्रवक्ता शर्माले राष्ट्रिय स्वयमसेवक दल गठन गरी राहत, उद्धार र पुनर्निर्माणमा सबै राजनीतिक दलको सहभागिता सुनिश्चित गराउन नचाहनुको रहस्य भ्रष्टाचार गर्ने नियत नै भएको उनले बताए । राष्ट्रमा आएको विपत्पश्चात पुनर्निर्माणका निम्ति प्राधिकरण गठन गर्ने विषयमा समेत सरकारले मनपरी गरेको भन्दै उनले आपत्ति प्रकट गरे । अहिले गठन गर्न लागिएको प्राधिकरणमा केवल आफ्नै दुई–चार मन्त्री र सचिवलगायतका मान्छेको भर्तीकेन्द्र बनाउने स्पष्ट देखिएकाले त्यसबाट केही ठोस काम हुन नसक्ने र प्राधिकरण नौटंकी मात्रै सावित हुने शर्माले दावी गरे । पछिल्लो समय सीमाक्षेत्रमा रहेको नेपाली भूमि लिपुलेकमा दुई छिमेकी देशले व्यापारिक नाका घोषणा गर्दा समेत सरकार र कूटनीतिक निकाय मौन रहनु थप रहस्यको विषय भएको उनले बताए । वर्तमान सरकारमा रहेका मन्त्री हिजो सीमा मिचिएको विषयम चर्को आवाज उठाउँथे, उनै गृहमन्त्री आज के हेरेर बसेका छन् भन्दै शर्माले लाचार सरकारले नेपाली भूमिका विषयमा जानकारी दिनुपर्ने माग गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies