चितवन । भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउन्डेसनलाई पुनः काममा फर्कन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ । आज महानगरले पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी धुर्मुस–सुन्तली फाउन्डेसनलाई पुनः काममा फर्कन आग्रह गरेको छ । महानगर प्रमुख रेनु दाहालले रंगशाला निर्माणको लागि सम्पूर्ण वातावरण तयार भएको हुनाले पूर्वयोजना अनुसार नै सुरु गर्न धुर्मुस सुन्तली फाउण्डेसनलाई निर्माणमा फर्कन आग्रह गनुभयो ।
रंगशालाको निर्माण स्थलमा सुरक्षाको वातावरणदेखि आर्थिक संकलनसम्मको अभियान तीव्र भएको हुनाले पुन काममा फर्कन फाउन्डेसनलाई महानगर प्रमुख दाहालले आग्रह गर्नुभएको थियो । समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी र भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा जारी विज्ञप्तिमा रंगशाला निर्माण कार्य पूर्वयोजना अनुसार नै सुरु गर्न धुर्मुस सुन्तली फाउण्डेसनलाई आव्हान गरिएको हो । डल्लाकोटी र दाहालद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, निर्माण कार्यको निम्ति वातावरण सहज रहेको र आवश्यक सम्पूर्ण सहयोग गर्न स्थानीय सरोकारवाला निकाय, राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, सरकारी निकायका प्रमुखहरु, नीजि क्षेत्रका प्रमुखहरु, सामाजिक व्यक्तित्वहरु, पत्रकारहरु, सामाजिक अभियान्ताहरु, क्रियाशील व्यक्तित्वहरु र आम चितवन तथा देशभरका जनसमुदायहरुको उत्साह पूर्वक सहयोग गर्न तयार रहेको पनि जानकारी गराइन्छ ।
निर्माण कार्यलाई अगाडि बढाउन चितवन जिल्लाका निर्वाचित जनप्रतिनिधिहरु, सरकारी निकायका प्रमुखहरु, गैरसरकारी संघसंस्थाका प्रमुखहरु, निजी क्षेत्रका प्रमुखहरु, स्थानीय सरोकारवाला, पत्रकार, सामाजिक अभियन्ता र क्रियाशील व्यक्तित्वहरुको सक्रिय सहभागिता हुनेगरी ५००१ सदस्यीय गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग मूल समिति, चितवन गठन गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको निम्ति आवश्यक पर्ने आर्थिक सहयोग संकलन गर्न १५ सदस्यीय आर्थिक उपसमिति र अनुगमन गर्न विशेषज्ञहरु सहितको १७ सदस्यीय अनुगमन उपसमिति गठन गर्ने, निर्माण कार्यको लागि घोषणा गरिएको रकम यथासक्य छिटो जम्मा गर्न आग्रह गर्ने र चन्दादाताले दिने चन्दा रकममा कर छुटको निम्ति महानगरपालिका मार्फत पहल गर्ने निर्णय भएको उक्त विज्ञप्तिमा उल्लेख छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: