Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

अाेलीले भने– सर्वाेच्चको आदेश ‘अनौठो' अनि 'राजनीतिक’...

\"Kp_Oli_Banner\"८ असार, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणका सन्दर्भमा प्रमुख दलहरुबीचको सहमतिबारे सर्वाेच्च अदालतले हालै गरेको अन्तरिम आदेश ‘अनौठो र राजनीतिक’ भएको बताएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैंकक गएका उनले मंगलबार स्वेदश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अदालतले न्यायिक र संवैधानिक फैसला मात्र गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष अाेलीले सर्वाेच्चकाे आदेशबाट आफू आश्चर्यचकित भएको बताउँदै भने– \'जनताले आफ्ना सार्वभौम जनप्रतिनिधिलाई संविधान बनाउने अधिकार दिएर पठाएका छन्, उनीहरु संविधान बनाउन स्वतन्त्र छन्, यसमा कसैको बाधाव्यवधान र आदेशले असर गर्दैन ।\'

उनले संविधान निर्माणको प्रक्रिया स्वतन्त्रतापूर्वक र बिनाबाधाअवरोध अघि बढ्ने बताउँदै कुनै द्विविधा तथा त्रासमा नरहन जनतलाई आग्रह गरे । प्रमुख दलबीच गत जेठ २५ मा भएको १६ बुँदे सहमतिमा सङ्घीयताको नामाङ्कन र सीमाङ्कन नगरी संविधान जारी गर्ने उल्लेख हुनु संविधानविपरीत भनी सर्वाेच्च अदालतको एकल इजलासले केही दिनअघि अन्तरिम आदेश दिएको थियो । अध्यक्ष ओलीले जनताको आवश्यकताअनुसार नयाँ संविधान बनाउन लागिएकाले त्यसका लागि अन्तरिम संविधानको कुनै धारा असंशोधनीय छ भन्ने रुपमा व्याख्या गर्नुले देशलाई एकताबद्ध, समृद्ध, स्थिर र समुन्नत बनाउने दलहरुको प्रयासमा अन्य उद्देश्य मिसाएर त्यस्तो आदेश आएको त होइन भन्ने प्रश्न उब्जिएको टिप्पणी गरे । कस्तो अन्य उद्देश्य भन्ने जिज्ञासामा ओलीको जवाफ थियो– \'त्यो त नाङ्लो लगाएर केलाउनुपर्छ ।\' अाेलीले अन्तरिम संविधानलाई अहिलेको व्यवस्थापिका–संसद्ले संशोधन पनि गर्न सक्ने उल्लेख गर्दै अन्तरिम संविधानको सीमामा रहेर नयाँ संविधान ल्याउनुपर्छ भन्ने बाध्यता पनि नरहेको समेत स्पस्ट पारे । वि.सं. २०५२ भदौ १२ मा मध्यावधि निर्वाचनसम्बन्धी सर्वाेच्चबाट भएको फैसलाले मुलुकमा राजनीतिक हिंसा निम्त्याएको उल्लेख गर्दै उनले संविधानकाे हवाला दिँदै गरिने यस्ता फैसला राजनीतिक हुने बताए । राजनीतिक विषयमा निर्णय गर्न पार्टी स्वतन्त्र रहने र त्यसमा मूल्याङ्कन गर्ने काम जनताको भएको दावी गर्दै अध्यक्ष ओलीले संविधान चाँडै बन्ने भएपछि संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त स्वागतलाई निराशामा परिणत हुन नदिने दृढता प्रकट गरे । राष्ट्रपति डा. रामवरण यादवकाे समेत \'१६ बुँदे सहमतिमा आफूसँग परामर्श नभएको\' आशय बाहिर आएको छ नि भन्ने पत्रकारको एक प्रश्नमा अध्यक्ष ओलीले भने– \'संवैधानिक राष्ट्रपतिले राजनीति गर्ने होइन भन्ने उहाँलाई थाहा छ ।\'

अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि असार २ गते त्यसतर्फ गएका थिए । उनले परीक्षणबाट आफ्नो स्वास्थ्य अत्यन्त राम्रो देखिएको जनाए  ।

उनको स्वागतका लागि उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवालीलगायत नेता विमानस्थल पुगेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy