Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

अाेलीले भने– सर्वाेच्चको आदेश ‘अनौठो' अनि 'राजनीतिक’...

\"Kp_Oli_Banner\"८ असार, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणका सन्दर्भमा प्रमुख दलहरुबीचको सहमतिबारे सर्वाेच्च अदालतले हालै गरेको अन्तरिम आदेश ‘अनौठो र राजनीतिक’ भएको बताएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैंकक गएका उनले मंगलबार स्वेदश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अदालतले न्यायिक र संवैधानिक फैसला मात्र गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष अाेलीले सर्वाेच्चकाे आदेशबाट आफू आश्चर्यचकित भएको बताउँदै भने– \'जनताले आफ्ना सार्वभौम जनप्रतिनिधिलाई संविधान बनाउने अधिकार दिएर पठाएका छन्, उनीहरु संविधान बनाउन स्वतन्त्र छन्, यसमा कसैको बाधाव्यवधान र आदेशले असर गर्दैन ।\'

उनले संविधान निर्माणको प्रक्रिया स्वतन्त्रतापूर्वक र बिनाबाधाअवरोध अघि बढ्ने बताउँदै कुनै द्विविधा तथा त्रासमा नरहन जनतलाई आग्रह गरे । प्रमुख दलबीच गत जेठ २५ मा भएको १६ बुँदे सहमतिमा सङ्घीयताको नामाङ्कन र सीमाङ्कन नगरी संविधान जारी गर्ने उल्लेख हुनु संविधानविपरीत भनी सर्वाेच्च अदालतको एकल इजलासले केही दिनअघि अन्तरिम आदेश दिएको थियो । अध्यक्ष ओलीले जनताको आवश्यकताअनुसार नयाँ संविधान बनाउन लागिएकाले त्यसका लागि अन्तरिम संविधानको कुनै धारा असंशोधनीय छ भन्ने रुपमा व्याख्या गर्नुले देशलाई एकताबद्ध, समृद्ध, स्थिर र समुन्नत बनाउने दलहरुको प्रयासमा अन्य उद्देश्य मिसाएर त्यस्तो आदेश आएको त होइन भन्ने प्रश्न उब्जिएको टिप्पणी गरे । कस्तो अन्य उद्देश्य भन्ने जिज्ञासामा ओलीको जवाफ थियो– \'त्यो त नाङ्लो लगाएर केलाउनुपर्छ ।\' अाेलीले अन्तरिम संविधानलाई अहिलेको व्यवस्थापिका–संसद्ले संशोधन पनि गर्न सक्ने उल्लेख गर्दै अन्तरिम संविधानको सीमामा रहेर नयाँ संविधान ल्याउनुपर्छ भन्ने बाध्यता पनि नरहेको समेत स्पस्ट पारे । वि.सं. २०५२ भदौ १२ मा मध्यावधि निर्वाचनसम्बन्धी सर्वाेच्चबाट भएको फैसलाले मुलुकमा राजनीतिक हिंसा निम्त्याएको उल्लेख गर्दै उनले संविधानकाे हवाला दिँदै गरिने यस्ता फैसला राजनीतिक हुने बताए । राजनीतिक विषयमा निर्णय गर्न पार्टी स्वतन्त्र रहने र त्यसमा मूल्याङ्कन गर्ने काम जनताको भएको दावी गर्दै अध्यक्ष ओलीले संविधान चाँडै बन्ने भएपछि संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त स्वागतलाई निराशामा परिणत हुन नदिने दृढता प्रकट गरे । राष्ट्रपति डा. रामवरण यादवकाे समेत \'१६ बुँदे सहमतिमा आफूसँग परामर्श नभएको\' आशय बाहिर आएको छ नि भन्ने पत्रकारको एक प्रश्नमा अध्यक्ष ओलीले भने– \'संवैधानिक राष्ट्रपतिले राजनीति गर्ने होइन भन्ने उहाँलाई थाहा छ ।\'

अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि असार २ गते त्यसतर्फ गएका थिए । उनले परीक्षणबाट आफ्नो स्वास्थ्य अत्यन्त राम्रो देखिएको जनाए  ।

उनको स्वागतका लागि उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवालीलगायत नेता विमानस्थल पुगेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending