विराटनगर । प्रदेश १ सरकारले बाढी, पहिरो र डुबानका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रदेश नं १ मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । घाइतेको सरकारी अस्पतालमा गरिने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने तथा निजी अस्पतालमा गरिएको उपचारबापत ५० हजार दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए ।
बैठकले उद्धार राहत पुनस्र्थापना र बेपत्ताको खोजीका निम्ति सबै पक्षसँग अपिल गर्ने निर्णय गरेको छ । उनले घाइतेको निःशुल्क उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने पनि जानकारी दिए । यसैबीच प्रदेश सरकारले बाढी र डुबानका कारण अवरुद्ध सडक खुलाउन तथा प्रभावितको उद्धारका लागि तीन वटै सुरक्षा अङ्ग परिचालन गरिएकोे उनले बताए ।
अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट प्रदेश नं १ मा १९ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, उदयपुर र झापामा दुई/दुई तथा सुनसरी, इलाम र पाँचथरमा एक/एक जनाको मृत्यु भएको छ । यसैगरी मोरङ र इलाममा तीन/तीन तथा झापा र सुनसरीमा एक/एक जना बेपत्ता छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: