Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

विपत्ति सम्झँदै ‘ओलम्पिक डे’ मनाइयाे

\"Olympic\"८ असार, काठमाडौँ । ‘विपत्विरुद्ध हामी लड्न सक्छौँ’ भन्ने नाराका साथ मंगलबार राजधानीमा ‘ओलम्पिक डे’ मनाइएको छ । नेपाल ओलम्पिक कमिटी, स्पोर्ट्स फर अल कमिसनको आयोजनामा नेपालमा पनि ‘ओलम्पिक डे’ मनाउन सुरु गरिएको थियो ।
मोर्डन ओलम्पिक गेम्स जन्म भएको सम्झनामा २३ जुनलाई विश्वभरका २०५ राष्ट्रले ‘ओलम्पिक डे’ का रुपमा मनाउँछन् । सन् १८९४ जुन २३ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) विधिवत् रुपमा स्थापना भएको थियो ।

लगनखेलस्थित नेपाल आर्मी स्पोर्ट्स एन्ड फिजिकल ट्रेनिङ सेन्टरमा ओलम्पियन, खेलाडी, विद्यार्थी, खेल पदाधिकारी तथा खेलप्रेमीको उपस्थितिमा मंगलबार ‘ओलम्पिक डे’ मनाइएको हो । नेपालमा ११ दिनसम्म विभिन्न खेलकुद, सांस्कृतिक र शैक्षिक गतिविधिसहित ३२ कार्यक्रम गरी ओलम्पिक डे मनाइएको कमिसनका प्रमुख विष्णुगोपाल श्रेष्ठले बताए । ओलम्पिक डे को विशेष समापन समारोहमा नेपालका ओलम्पियन जितबहादुर केसी, सङ्गीना वैद्य, कमल अधिकारी, राजेन्द्र भण्डारी, चन्द्रकला थापा, देवु थापा, फूलमाया क्याप्छाकी, पुष्पराज ओझा, प्रवीण तुलाधर र टीकाराम श्रेष्ठले ओलम्पिक मसाल लिएर मार्चपास गरे । सो अवसरमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नेपालले २०२० सम्म ओलम्पिक खेलमा पदम जित्ने तयारी गरिरहेको बताउँदै सन् २०१६ मा ब्राजिलमा हुने ओलम्पिक खेलमा नेपालको उत्साहजनक सहभागिता हुने विश्वास व्यक्त गरे । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले कुनै पनि भेदभावबिना खेलकुदमा सहभागिता वृद्धि गर्ने र खेलाडीको स्तरवृद्धि गर्ने उद्देश्यले ओलम्पिक डे मनाउन थालिएको जानकारी दिए । नेपालका लागि जापानी राजदूत मासाइ ओगावाले १९६४ पछि २०२० मा जापानले ओलम्पिक खेल आयोजना गर्ने अवसर पाएको बताए । नेपालका लागि ब्राजिलका राजदूत मारिया टेरेसाले सन् २०१६ को रियो ओलम्पिकका लागि नेपाललाई निम्तो दिँदै नेपाललाई प्रवेशाज्ञा प्रक्रिया सहज रहेको उल्लेख गरे । कार्यक्रममा ओलम्पिक सङ्ग्रहालयका अध्यक्ष क्षितिजअरुण श्रेष्ठलाई कमिटीको मानार्थ सदस्यता प्रदान तथा मार्चपासमा सहभागी नौ ओलम्पियनलाई सम्मान गरिएको थियो । सो अवसरमा गायिका कुन्ती मोक्तान, गायक सत्यराज आचार्य र रोज मोक्तानले साङ्गीतिक प्रस्तुति दिए ।

दासानायकेको करार अवधि थपियाे

नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि छ महिनाका लागि मंगलबार थप गरेको छ । क्यानका अध्यक्ष दीपक कोइराला र प्रशिक्षक दासानायकेले त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । दासानायकेको करार अवधि आगामी पुस २६ गतेसम्म हुने छ । दासानायकेको करार अवधि यही असार ३० गतेसम्म थियो । प्रशिक्षक दासानायकेले एसोसियट राष्ट्रमा नेपाललाई पहिलो वरियातामा पुर्याउने लक्ष्य भएको बताउँदै आगामी जुलाई ६ देखि २६ तारिखसम्म आयरल्यान्ड र स्कटल्यान्डमा हुने आइसिसी विश्व ट्वन्टी–ट्वन्टी छनोट क्रिकेट प्रतियोगितामा नेपाललाई छनोट गराउने विश्वास व्यक्त गरे । क्यानका अध्यक्ष कोइरालाले नेपाली टोलीका लागि प्रशिक्षक दासानायेको आवश्यकता भएका बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending