Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

१५ वर्षपछि खुल्यो नयाँ ट्याक्सी दर्ता

\"taxi\"११ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५ वर्षपछि नयाँ ट्याक्सी दर्ता खुल्ला गर्ने निर्णय गरेको छ । विसं २०५७ मा सात हजार ५०० ट्याक्सी रहेका बेला मन्त्रालयले नयाँ दर्तामा रोक लगाएको थियो । रोक लगाएपछि १५ वर्षको समयमा एक हजार ८५० ट्याक्सी घटेको मन्त्रालयका यातायात शाखा प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर नवीनकुमार पोख्रेलले जानकारी दिए । हाल उपत्यकामा पाँच हजार ६५० ट्याक्सी मात्र सञ्चालनमा छन् । ‘घटेका ट्याक्सीको सङ्ख्या पूर्ति हुने गरी मन्त्री विमलेन्द्र निधिको गत फागुन १७ गतेको निर्णयअनुसार यातायात व्यवस्था विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीको संयोजकत्वमा गठित चार सदस्यीय कार्यदलको प्रतिवेदनका आधारमा ट्याक्सी दर्ता गर्न मन्त्रालयले निर्देशन दिएको हो’– यातायात शाखा प्रमुख पोख्रेलले भने । मन्त्रालयको जेठ २८ गतेको निर्णयअनुसार ट्याक्सीलाई तीन वर्गमा विभाजन गरिने भएको छ । यसअनुसार साधारण वर्गको ट्याक्सीमा ८०० क्युविक सेन्टिमिटर इन्जिनको क्षमताभन्दा माथिको हुनुपर्ने मन्त्रालयले जनाएको छ । वातानुकूलित तथा एक हजार २०० क्युविक सेन्टिमिटरभन्दा माथि इन्जिन क्षमता भएकालाई ‘डिलक्स’ वर्गको ट्याक्सीमा वर्गीकरण गरिएको छ । त्यसैगरी, वातानुकूलित सुविधासहित इन्जिनको क्षमता एक हजार ३०० भन्दा माथिकालाई ‘सुपर डिलक्स’ ट्याक्सीको मान्यता दिइने मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर पोख्रेलले जानकारी दिनुभयो । ‘डिलक्स’ ट्याक्सीलाई २० प्रतिशत र ‘सुपर डिलक्स’लाई ५० प्रतिशतसम्म अहिले कायम रहेको भाडामा बढाएर लिन सक्ने गरी मन्त्रालयले भाडा कायम गरेको छ । उपत्यकामा हाल सञ्चालित साधारण वर्गको ट्याक्सीको स्तरमा नघट्ने गरी पुराना एक हजार ८५० का स्थानमा नयाँ दर्ता गर्न लागिएको हो । बीस वर्ष पुराना ट्याक्सीका स्थानमा नयाँ ट्याक्सी दर्ता गर्न मन्त्रालयले २०७२ मङ्सिर मसान्तसम्मको समय तोकेको छ । अबदेखि बीस वर्ष पुग्नु तीन महिना अगावै पुराना ट्याक्सीलाई पत्रु गरी नयाँ सङ्ख्यामा नयाँ साधारण ट्याक्सी दर्ता गर्ने व्यवस्थालाई निरन्तरता दिन लागिएको छ । साधारणबाहेक ५०० ट्याक्सी वातानुकूलित डिलक्स आयात गर्न अनुमति दिन लागिएको हो । यसका लागि निजी कम्पनी, सार्वजनिक कम्पनी र सहकारीलाई अनुमति दिने निर्णय पनि मन्त्रालयले गरेको छ । यसरी ल्याइएका ट्याक्सीलाई छ महिनाको अनुभवपछि ‘सुपर डिलक्स’का रुपमा विकसित गरिने मन्त्रालयको कार्यक्रम रहेको छ । बीस वर्ष अवधि नपुगे पनि कुनै दैवी प्रकोप वा दुर्घटनाका कारण सञ्चालन गर्न अयोग्य देखिएका र १५ वर्ष पुगी स्वेच्छिक रुपले पत्रु गरी नयाँ ट्याक्सी दर्ता माग गरेमा साधारणमा सञ्चालनका लागि अनुमति दिइने भएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ‘बी’ वर्गको चालक अनुमति प्राप्त परिवारका एक सदस्यलाई एउटा ट्याक्सी आयात गरी दर्ताका लागि अनुमति दिने निर्णय गरिएको छ । यसअन्तर्गत अहिलेलाई ५०० ट्याक्सी र आवश्यकता देखिएमा थप गर्न दिइने पनि मन्त्रालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy