आषाढ़ १२ गते, २०७२ शनिवार 27th June, 2015 Sat१०:३४:४४ मा प्रकाशित
१२ असार, बुटवल । नवलपरासीको कावासोती–३, थकालीचोक स्थायी घर भएकी ओसिम गुरुङको माघ २ गते भएको मृत्यु ‘आत्महत्या’ नभई हत्या भएको भन्दै उनका परिवारले हत्यारालाई कडा कारबाही गर्न माग गरेका छन् ।
बुटवलमा पत्रकार सम्मेलन गर्दै उनको परिवारले प्रहरी प्रशासनले अपराधी उम्काउन प्रयास गरेकोसमेत आरोप लगाएका छन् । मृतक ओसिम गुरुङ साथीको जन्मदिन मनाउन गएको बेला पासो लगाएको अवस्थामा भेटिएकी थिइन् ।
पोखरा नर्सिङ क्याम्पसमा स्टाफ नर्स तेस्रो वर्षमा अध्ययनरत गुरुङलाई सोही स्थानका मनोज गुरुङले हत्या गरेको उनको परिवारको आरोप छ । आफ्नी दिदी मोनिकाको जन्मदिन मनाउन बोलाएका मनोज गुरुङले ओसिमको हत्या गरेको र त्यसमा परिवारका सदस्यले सघाएको पीडितहरुको दाबी छ । आत्महत्या गरेको भन्ने युवती ओसिमको शरीरमा कुटपिट गरेका निलडामहरु रहेको परिवारले जनाएका छन् ।
घटनाका आरोपी मनोज गुरुङ अहिले पुर्पक्षका लागि थुनामा छन् । प्रहरीको अनुसन्धान फितलो भएको र अस्पतालबाट प्राप्त पोष्टमार्टम रिपोर्टसमेत गलत भएको उनीहरुको आरोप छ । माघ २ गते साथीको जन्मदिनको शुभकामना दिन गएकी ओसिमका बारेमा राती प्रहरीले घरमा फोन गरी, ‘तपाईंकी छोरी बिरामी छिन्, कावासोती जानु पर्यो’ भनेपछि ओसिमको परिवार र ४ जना छिमेकीसहित इलाका प्रहरी कार्यालय नवलपुरमा पुगेका थिए । त्यहाँ पुग्दा प्रहरीले, ‘आत्महत्या गरि मरिछे, लास चितवन मेडिकल कलेज भरतपुरमा छ’ भन्दै पीडित परिवारलाई भनेपछि उनको परिवार र संगै भएका छिमेकीहरु चितवन अस्पतालमा पुगेको र अस्पतालमा पुगेर ओसिमको शरिरमा यत्रतत्र घाउचोटहरु देखेपछि आत्महत्या नभई ‘हत्या’ भएको हुन सक्ने अनुमान गरेका थिए ।
पत्रकार सम्मेलनमा ओसिमका हजुरवुवा रुद्र बहादुर गुरुङले भावुक हुँदै भने, ‘अस्पताल पुग्दा मृतक नातिनीको घाँटीमा घाउचोट, खुट्टामा चोट, देब्रे औंलाको चोक्टा गएको, कञ्चट र गालामा चोट लागेको, ढाडमा ददारिएको र हातसमेत ददारिएकाले त्यो आत्महत्या नभई मनोज गुरुङसहितको परिवारले नै हत्या गरेको हो ।’ अर्को प्रसंगमा गुरुङले हत्यारा मनोज र नातिनी ओसिमको सम्बन्धका बारेमा परिवारमा कसैलाई पनि थाहा नभएको बताए । उनले मनोजले पहिले पनि यस्तै गरेको र पैसामा न्याय किनेको भन्दै आफू कुनै पनि लालचमा नपर्ने र न्यायका लागि संघर्ष गर्ने बताए ।
उक्त घटना पश्चात पीडित परिवारले कावासोतीका डिएसपी नवराज अधिकारी, इन्स्पेक्टर हरि बहादुर बरुवालले हत्या भएको र अनुसन्धान भइरहेको बताए पनि प्रहरीले पैसाको लालचमा अनुसन्धान फितलो पार्दै हत्यारा दोषी मनोज गुरुङलाई उम्काउन खोजिएको बताएका छन् ।
पत्रकार सम्मेलनमा ओसिमका छिमेकी प्रेमबहादुर ढकालले भने, ‘न्याय हराउने, न्याय महंगो पर्ने तथा न्याय किनबेच हुने अवस्था आएकाले पीडित परिवारलाई न्यायका लागि सबै पक्षले सहयोग गर्नुपर्छ ।’ पीडित पक्षले जाहेर दिँदा हत्यारा मनोज गुरुङ्को सम्पूर्ण परिवारको नाम राख्न खोज्दा इन्पेक्टर हरिबहादुर बरुवालले नमानेको बताए । पीडितहरु ‘आत्महत्या’ गरिएको भनिएको स्थानमा पुग्दा चुकुल कुच्चाइएको, तन्ना बनावटी रुपमा झुन्डाइएको, तन्नामा झुन्डिएको गाँठो परेको फुकाइएको कुनै आकृति नभएको, मनोज गुरुङ र ओसिम गुरुङ सुतेको भनिएको कोठामा सामानहरु लथालिंग छरपष्ट अवस्थामा भेटिएकोले ओसिमको हत्या नै भएको ढकालले बताए ।
उनले छतमा पूरै संघर्ष भएर निर्मम तरिकाले पिटिएको, कुचोको आकृति विग्रेको, मकैका खाइलाहरु छरपष्ट भएको र ओसिमका चप्पल र कपडाहरु छरपष्ट अवस्थामा भेटिएकोले ओसिम ‘हत्या’ को थप प्रमाणहरु भएको दाबीसमेत गरे । पत्रकार सम्मेलनमा उनले भने, ‘छतबाट भ¥याङमा झर्दा रगतको टाटा पुछ्दा पुछ्दै बाँकी रहेको देखिएको थियो, पछि पीडक र पीडितका आफन्त बीच खसीको रगत र मान्छेको रगतमा विवाद भएपछि रगत परिक्षण गर्न लगियो’ उनले भने, ‘त्यो परिक्षण गर्न दिइएको रगत के को हो भन्ने बारेसमेत अहिले सम्म खुलाइएको छैन ।’
ओसिमको शव अहिले भरतपुर जिल्ला अस्पतामा भएको र मिसिलमा जवरजस्ती बुझिएको बनाईएको पिडित पक्षको भनाई छ । पीडित परिवारले हत्याको अनुसन्धान फितलो गरेको भन्दै अनुसन्धानमा संलग्न प्रहरी कार्यालय चितवनका सुरेन्द्र धमाला, असई पूर्ण बहादुर बस्नेत, कावासोती प्रहरी कार्यालयका अनुसन्धान अधिकृत हरि बहादुर बरुवाल, सई बावुराम पुरी, पोष्ट मार्टम गर्ने डा. पवन शाह, डा. केशवराज भुर्तेल, डा. खेमराज पौडेललाईसमेत कानुनी कारबाही गर्न माग गरेका छन् ।
प्रहरी प्रशासन र पीडकहरुको मिलेमोतोमा पिडित पक्षलाई ‘फलानाको नाम झिकिदेउ, फलानाको नाम राखीदेउ’ भनी उल्टै फोनबाट दबाब दिएको कल रेकर्ड गरिएको सिडी उपलब्ध हुँदा समेत अझै न्याय नपाएको परिवारको भनाई छ ।
स्रोतका अनुसार हत्यारा मनोज गुरुङ नेपाली कांग्रेस निकट भएकाले घटनालाई दबाउन कांग्रेसलगायत केही राजनीतिक पार्टीहरुले चलखेल गरेकोसमेत बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: