Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बाढी पहिरोबाट जनधनको क्षति

\"landslide\"१२ असार,काठमाडौं । अबिरल बर्षाको कारण देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पहिरोमा परी केही विष्थापित भएका छन् भने धनमालसमेत क्षति भएको छ । सोलुखुम्बु चौरीखर्क–५ टोकटोकमा अबिरल बर्षाको कारण कोङदे हिमालबाट गएराति आएको खहरे खोल्साको बाढीले लुक्लाबाट नाम्चे जाने फलामे पुल बगाएको छ । स्थानीय निमा वाँछु शेर्पाको घरभित्र बाढीको लेदो ढुंगा पस्दा निमा र उनकी श्रीमती घाइते भएकाले उपचारको लागि जिलला अस्पताल पठाइएको छ । यसैगरी डडेल्धुरा परशुराम नगरपालिका–५ परिगाउँमा गएराति परेको अविरल बर्षाको कारण रंगुन खोलाले स्थानीय रामदल बिस्टको २० मिटर, जगत बिस्टको ३० मिटर, लालबहादुर कार्कीको २० मिटर, परशुराम–४ बस्ने मदन दानीको ५० मिटर खेत कटान गरेको छ । यसैगरी बाग्लुङ हिल गाबिस–३ स्थित ताराखोला–हिल कच्ची सडकमा शुक्रबार पहिरो खस्दा मोटरसाइकलसहित पुरिएर घाइते भएका सोही गाबिस–६ घुस्मेनी बजार बस्ने ३२ वर्षीय श्याम चोखालको प्राथमिक स्वास्थ्य केन्द्र हरीचौरमा उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी अछाम बिरपथ–१ ओडारखेत बस्ने कमल खड्काको घर शुक्रबार वर्षाको कारण भत्कँदा उनका ९ वर्षीय छोरा लालबहादुर खड्काको पुरिएर घटनास्थलमै मृत्यु भएको छ । साथै पुरिएकी उनकै ५ वर्षीया छोरी लक्ष्मी खड्कालाई सकुशल उद्धार गरिएको छ । यसैगरी बर्षाको कारण बाँके साईगाउँ–५ बस्ने ४२ वर्षीय मेराज कपडियाको घरको पालि शुक्रबार भत्केर लाग्दा मेराज सामान्य घाइते भएका छन् । उनलाई उपचारको लागि वेस्टर्न अस्पताल नेपालगंज पठाइएको छ । यसैगरी कास्की पोखरा उपमहानगरपालिका–८ बगालेटोल बस्ने भगवान खाँडको भूकम्पले चर्किएको कच्ची घरको पछाडीको पुरै भाग वर्षाको कारण शुक्रबार भत्किएको छ । परिवारका सदस्य छिमेकीको घरमा बसेका छन् । यसैगरी बझाङ दंगाजी–५ स्थित शिवनगर मजुवाबगर बजारमा चक्रप्रसाद जोशीको कच्चीघरमा रहेको किराना पसल वर्षाको कारण शनिबार भत्कीएर क्षति भएको छ । यसैगरी अर्घाखाँची हंशपुर–९ रखलेस्थित सन्धिखर्क–ढोरपाटन सडक शुक्रबार वर्षाले चिरा परेको कारण रखले गाउँमा रहेका १४ वटा घर जोखिमपूर्ण अवस्थामा रहेका छन् । सोही ठाउँ बस्ने नबिन बिष्टको घरका ५ जना विष्थापित भई आफन्तको घरमा बसेका छन् । प्रहरी टोली खटी गई स्थानीयलाई सचेत गराएको छ । यसैगरी बैतडी सर्माली–८ मा गएराती परेको अविरल बर्षाको कारण सोही ठाउँ बस्ने श्रीराम तिरुवाको घरमा पहिरो आई घर आंशिक रुपमा क्षति भएको छ भने पहिरोले पुरिएर १ भैसी मरेको छ । सबै स्थानमा स्थानीय प्रहरी पुगेर उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies