Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

काठमाडौंका पर्खालः सधैं कालसँग जोरी खोजेजस्तो

\"wall\"१३ असार, काठमाडौं । राज्यका नियमकानुन मिचेर बनाइएका कतिपय अग्ला व्यापारिक भवन र व्यक्तिका घर र पर्खाल गत वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पले ढलेर सर्वसाधारणको अकालमा ज्यान लिएपछि भवनसंहिताका बारेमा चर्चा हुन थालेको छ । त्यस्ता भवनका वरिपरि बनाइएका कमजोर पर्खाल र प्रवेशद्वार पनि सर्वसाधारणका लागि खतरा बनेका दृष्टान्त पाइएका छन् । नेपालमा घरवरिपरि पर्खाल बनाउने प्रचलन मल्लकालदेखि नै आरम्भ भएको मानिन्छ । त्यस समय सहर तथा बस्तीको सुरक्षाका लागि अग्ला तथा फराकिला पर्खाल बनाइन्थे । राणाकालमा ठूलठूला दरबार बनाउने र त्यसलाई घेर्न अग्ला पर्खाल बनाएर प्रवेशद्वारसमेत बनाउन थालियो । त्यसैको सिको राणाका अन्य भाइभारदार र उच्च तहका कर्मचारीले पनि गर्न थाले । विसं २००७ को राजनीतिक परिवर्तनपछि भने सम्पन्न व्यक्तिबीच पर्खाल निर्माण गर्ने होडबाजी नै चल्न थाल्यो । त्यति मात्र होइन तीन–चार आनामा बनेको घरमा पनि पर्खालले घेरिँदा हिजोआज सहरबजारमा पर्खालै पर्खाल देखिन थालेको नेपाल वास्तुविद् समाजका अध्यक्ष किशोर थापा बताउँछन् । गोरखा भूकम्प र परकम्पका कारण हालसम्म आठ हजार ८४४ को मृत्यु भएको र २२ हजार ३०७ घाइते भएको गृह मन्त्रालयले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोख्रेलका अनुसार काठमाडौँमा वैशाख १२ गते ११ जना र वैशाख २९ गते एक जनाको पर्खाल भत्किएर मृत्यु भएको छ । वैशाख १२ गते मीनभवनस्थित शान्तिनगर प्रवेशद्वार भत्केर छको मृत्यु भयो । अन्य जिल्लाको यकिन विवरण प्राप्त नभए पनि भूकम्पले भत्काएका पर्खाल र प्रवेशद्वारबाट झन्डै १०० को हाराहारीमा हताहत भएको हुन सक्ने अनुमान प्रहरीको छ । सिंहदरबारक्षेत्र, शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालय, नारायणहिटी दरबार, प्रधानमन्त्री निवास बालुवाटार, अधिकांश राणाकालीन दरबार, सेनाको ब्यारेक तथा प्रहरी परिसर, दूतावास, विभिन्न कलेज, निजी विद्यालय, होटल र सम्पन्न व्यक्तिका भवनको सुरक्षाका लागि बनाइएका पर्खाल भूकम्पबाट सुरक्षित रहेनन् । निजी घर राम्रैसँग बनाइए पनि अधिकांशतः पर्खाल बनाउँदा घर बनाउँदा खेर गएको सामानको प्रयोग गर्ने, जग राम्रोसँग नखन्ने, कमसल इँटा र ढुङ्गाको प्रयोग गर्ने, छड र सिमेन्टको प्रयोग कम गर्नेजस्ता प्रवृत्ति अद्यापि राजधानीका पर्खालमा देख्न सकिन्छ । ती धराप पर्खाल बटुवाका लागि सधैँ कालसँग जोरी खोजेजस्तो भइरहेका छन् । महाङ्काल मन्दिरसँगैको टुँडिखेल प्रवेश गर्ने द्वार, मीनभवनस्थित शान्तिनगर प्रवेशद्वार, ललितपुरको लुभु बजारको पूर्वपश्चिमकै प्रवेशद्वार पनि भग्नावशेषमा परिणत भएका छन् । अब यी प्रवेशद्वार पुनः निर्माण गर्दा निश्चित मापदण्ड अपनाउनु जरुरी छ । राजधानीमा नयाँ घर बनाउँदा नक्सा पास अनिवार्य गर्नुपर्ने भए पनि पर्खाललगायत अन्य संरचनाको नक्सा पास गर्नुपर्ने नियम भने सरकारको कमजोरीका कारण प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । ‘सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सिंहदरबारको वरिपरि जालीसहित पाँच फि छ इन्चको पर्खालमा साढे दुई मिको जाली राख्नुपर्ने मापदण्ड बनाएको बर्षौं भइसक्यो तर त्यसको पालना सिंहदरबारमै हुन सकेको छैन’, काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त भाइकाजी तिवारी भन्छन् । अझ पर्खालमाथि राखिने भाला र काँडेतार भूकम्पपछि त्रस्त बटुवालाई सधैँ गिज्याएजस्तो हुन थालेको उनको कथन छ । ‘कारागारमा कैदी थुन्नका लागि ठुल्ठुला पर्खाल बनाएझैँ सुरक्षाका लागि भन्दै बनाइएका अग्ला र बाक्ला पर्खाल त हाम्रा लागि ज्यानमारा हो’ – स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डे भन्छन् । अमेरिका, युरोपलगायतमा जालीको पारदर्शी पर्खाल देख्न पाइन्छ तर नेपाललगायत दक्षिण एसियाका केही मुलुकमा देखिने यस्ता अजङ्गका पर्खाल मानवीय सुरक्षाको दृष्टिले राम्रो नहुने उनको कथन छ । वास्तुविद् समाजका अध्यक्ष थापा भन्छन्, ‘पर्खालको निर्माणले सरकार र जनताबीचको दूरी बढायो । सरकार पर्खालभित्र र जनता पर्खालबाहिर रहन थाले, पर्खालकै कारण दुई छिमेकी बीचको आत्मीयतामा कमी हुन थाल्यो, बोलचाल कम हुँदा छरछिमेकमा भैपरी अवस्थामा पनि मानवीय सहयोग पनि कम हुँदै गएको छ, घर जतिसुकै राम्रो बनाए पनि पर्खालमा त्यति ध्यान नदिँदा भूकम्पजस्ता प्राकृतिक प्रकोपमा अनाहकमा सयौँ व्यक्तिले ज्यानसमेत गुमाउनुपरेको हो । ‘युरोप, अमेरिकालगायत विकसित महादेशमा सुरक्षाका लागि दुई तीन फि उचाइको पर्खाल बनाएर त्यसमाथि जाली राख्ने गरिन्छ, त्यस्तै व्यवस्थाका लागि हाल निर्माण गरिएका पर्खालको केही भाग हटाएर जाली राखेर विद्यमान संरचनालाई व्यवस्थित गर्नु राम्रो हुन्छ’, तिवारीको भनाइ छ । स्थानीय विकास मन्त्रालयले अहिले संशोधित मापदण्डमा तीन फिट तीन इन्च उचाइको पर्खालमा दुई फिट छ इन्च उचाइको जाली राख्न पाइने व्यवस्था गरेकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याइनुपर्ने र अबका दिन घरको नक्सा पास गर्दा पर्खालको नक्सालाई अनिवार्य गराउनुपर्नेमा उनी जोड दिन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies