Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

तगडा भएर फर्किए प्रधानमन्त्री ओली : सक्रियता दोब्बर

काठमाडौं । स्वास्थ्योपचारका लागि १५ दिन सिंगापुरमा बिताएका प्रधानमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष नेपाल फर्केपछि पनि उत्तिकै तन्दुरुस्तीका साथ दैनिक भेटघाटमा सरिक भइरहेका छन् ।

डाक्टरले आराम गर्न दिएको सुझाव विपरित प्रधानमन्त्री ओलीले आफ्नो सक्रियता व्हात्तै बढाएका छन् । २० गते सिंगापुरबाट फर्किएका ओलीको स्वास्थ्यस्थिति कमजोर रहेको छ ।

गत २० गते शुक्रवार नेपाल फर्किएलगत्तै प्रधानमन्त्री ओलीले बालुवाटारमै बसेर राजनीतिक भेटघाट तीव्र पारेका छन् । सोमवारमात्रै ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले एक घण्टा भन्दा बढी समय भेटवार्ता गरेका थिए ।

पार्टीको एकीकरण प्रक्रिया पूरा भइसकेको छैन भने सरकारविरुद्ध जनताको आवाज बढ्दो छ । ओली आफैं पनि कतिपय मन्त्रीहरूको काममा सन्तुष्ट छैनन् । पार्टी भित्रैका नेताहरूले सरकार परिणाममुखी नभएको भन्दै आलोचना गरिरहेका छन् । यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा पटकपटक छलफल हुने गर्थ्यो । तर अहिले त्यो विषय सेलाएको देखिन्छ ।

प्रधानमन्त्री ओलीको सम्भावित कदमका रूपमा मन्त्रिमण्डल पुनर्गठनको विषय पनि छ । तर त्यसका लागि निर्णय मात्र गरिदिएर पुग्दैन । पार्टीभित्र ठूलो छलफल हुन जरुरी छ । यसले ओलीको शारीरिक स्वास्थ्यलाई असर त पार्ने नै छ, थप मानसिक तनाव पनि दिनेछ ।

प्रधानमन्त्री ओली फर्किए लगत्तै नेकपाभित्र राजनीतिक सरगर्मी पनि बढेको छ । पछिल्ला चार दिनमा अध्यक्षद्वयबीचका भेटघाट सामान्य भन्दा बढी भइरहेका छन् । प्रचण्ड निकट स्रोतका अनुसार यसबीचमा दुई अध्यक्षबीच करीब आधा दर्जन पटक भेट भए । भेटघाटमा के छलफल भए भन्ने विषय अहिलेसम्म बाहिर आएको छैन । यसबाट नेकपामा ठूलै केही हुँदैछ भन्ने अनुमान लगाउनेहरूको कमी छैन ।

सिंगापुरबाट फर्केको दिन नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव विष्णु पौडेलसँग सरकार र पार्टीका कामबारे ओलीले परामर्श तथा छलफल गरेका थिए । ओलीले महासचिव पौडेलसँग त शनिबार र आइबार पनि लामै छलफल गरे । शनिबार बेलुकी अर्का अध्यक्ष प्रचण्डसँग पार्टीको अबको रणनीतिबारे लामो छलफल गरेका थिए । प्रचण्डसँगको छलफल आइतवार र सोमवार पनि चल्यो ।

ठूलै निर्णय हुनसक्ने सम्भावना छ ?

प्रधानमन्त्री ओली निकट एक नेताले प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुवैका सन्दर्भमा केही न केही निर्णय लिन सक्ने बताउँछन् ।

‘प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा उहाँको अहिले ठूलो जिम्मेवारी देखिएको छ,’ उनले भने,– ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गर्नु छ, संसदमा विचाराधीन विधेयकहरूका सन्दर्भमा कुनै न कुनै निर्णय लिनुपर्ने छ, पार्टी एकताका सम्पूर्ण काम पूरा भएका छैनन्, स्थायी र केन्द्रीय कमिटिको बैठक बोलाउन माग भइरहेको छ । यी कामहरूको सन्दर्भमा उहाँले कुनै न कुनै रूपमा ठोस कदम चाल्न सक्नुहुनेछ ।’

मन्त्रिमण्डल पुनर्गठनका सवालमा भने प्रधानमन्त्री ओलीले अहिल्यै केही नसोचेको उनको दाबी छ । उनले उल्लेख गरेका कामहरू प्रधानमन्त्री सिंगापुर जानुभन्दा पहिला नै पटक(पटक छलफलमा आएका विषय भएपनि कुनै निष्कर्षमा पुग्न सकेका विषय थिएनन् ।

प्रधानमन्त्री निकट स्रोतले आगामी बुधवार या बिहीवार सचिवालय बैठक बस्न सक्ने सम्भावना औंल्याएको छ । सोही बैठकबाट पार्टी एकताका सम्पूर्ण कामहरू पूरा हुनेछन्,’ स्रोतले भन्यो, –‘त्यसपछि आफूले सरकारमात्र हेर्ने र प्रचण्ड कमरेडलाई पार्टी हेर्ने जिम्मेवारी दिने गरी कार्यविभाजन हुने सम्भावना छ ।’

यद्यपि प्रधानमन्त्री ओलीले अध्यक्ष पद भने छोड्ने सम्भावना कम देखिन्छ । कार्यविभाजनमा आन्तरिक सहमति गर्ने तर महाधिवेशनसम्म प्रधानमन्त्री र अध्यक्ष पद दुवै छोड्न ओलीले चाहेका छैनन् ।

कसको अध्यक्षतामा पार्टीको बैठक बस्ला ?

प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराइरहेका बेला यता अध्यक्ष प्रचण्डले आफ्नो अध्यक्षतामा बस्ने गरी सचिवालय बैठक बोलाए । बैठकबाट केही महत्त्वपूर्ण निर्णय पनि गराए ।

तर प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको चिन्ताभन्दा पनि प्रचण्डको सक्रियताको चिन्ता बढी लिए भनेर उनीमाथि आरोप लाग्यो । आफू उपचार गरेर स्वस्थ भइसकेपछि सिंगापुरमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र महासचिवलाई बोलाएर ब्रिफिङ लिनुलाई साविक माओवादी नेताहरुले राम्रो मानेका छैनन् ।

प्रचण्डमाथि दवाव बनाउने रणनीति स्वरूप ओलीले वामदेव गौतमलाई अघि सारेको बुझ्न कठीन छैन । तर वरिष्ठ नेता माधवकुमार नेपाललाई रिझाएर प्रचण्डले आफूमाथि आउने अवरोधको हल निकालिसकेका छन् ।

‘अबको सचिवालय बैठक प्रचण्डको अध्यक्षतामा बस्ने सम्भावना निकै कम छ,’ प्रचण्डनिकट एक नेताले बताए, ‘यसअघि पनि एकताका बेलामा भएको सहमतिलाई पालना नगरिकन सबै बैठकहरू कमरेड ओलीकै अध्यक्षतामा बसे । अब पनि ओलीले प्रचण्डलाई बैठकको अध्यक्षता गर्न दिने सम्भावना न्यून छ ।’

यद्यपि दुई अध्यक्षहरू निरन्तर संवादमा भएकाले सहमतिमै सबै कुराको निकास निस्कने उनले दाबी गरे ।

प्रधानमन्त्री ओली कति स्वस्थ ?

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे आम जनतालाई ठूलो चासो रहेको छ । कतिपय मृगौला रोग विशेषज्ञले मृगौला प्रत्यारोपणपछि कति वर्ष आयु हुन्छ भनेर यकिनका साथ भन्न नसकिने बताउँछन् । चिकित्सक पुकारचन्द्र श्रेष्ठ एक कुराकानीका क्रममा आफूले मृगौला प्रत्यारोपण गरेको व्यक्ति ४३ वर्षसम्म स्वस्थ रहेको देखेको उदाहरण दिए ।

प्रधानमन्त्रीको निजि चिकित्सक डाक्टर दिव्या सिंहले शुक्रवार नै एक विज्ञप्ति निकालेर प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जानकारी दिइन् । तर आम जनता त्यतिले मात्र विश्वस्त छैनन् ।

प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले त प्रतिनिधि सभा बैठकमै प्रधानमन्त्रीले अब विश्राम लिनुपर्ने र नेकपाबाट अर्को कोही प्रधानमन्त्री हुनुपर्ने धारणा नै सार्वजनिक गरिसकेका छन् ।

मृगौला प्रत्यारोपण गर्ने जो कोहीले पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्ने औषधि खानुपर्छ । डाक्टरहरूका अनुसार शरीरको रोग प्रतिरोधात्मक संयन्त्रले बाह्य अंगलाई स्वीकार्दैन । १२ वर्षसम्म निरन्तर औषधि खाएपछि प्रधानमन्त्रीको रोग प्रतिरोधात्मक क्षमता थप कम हुन नसक्ने गरी तल्लो विन्दुमा झरेको थियो । रोग प्रतिरोधात्मक क्षमता नभएपछि सामान्य संक्रमणले पनि ठूलै चुनौती निम्त्याउन सक्छ ।

रोग प्रतिरोधात्मक क्षमता थप कम हुन नसकेपछि र मृगौला प्रत्यारोपणको समय बढ्दै गएपछि प्रधानमन्त्री ओलीको शरीरमा थप स्वास्थ्य चुनौती देखा पर्यो । त्यसपछि सिंगापुरमा ‘प्लाज्मा फेरोसिस’ गर्नुपर्ने अवस्था आएको डाक्टरहरू बताउँछन् । प्लाज्मा फेरोसिस भनेको रगतमा रहेका प्लाज्मालाई हटाउने प्रक्रिया हो ।

रगतमा रहेको प्लाज्माले रोग प्रतिरोधात्मक क्षमता बोक्ने काम गर्छ । प्लाज्मा नै हटाइदिएपछि रोग प्रतिरोधात्मक क्षमता थप कमजोर बन्ने भयो जुन मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको शरीरलाई आवश्यक थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending