Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

के भन्छन् छाँया सरकारका मन्त्री ? न बैठक, न कामकाज !

प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठन गरेको चार महिना बितेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको संयोजकत्वमा गत ६ जेठमा कांग्रेसले छाया सरकार गठन गरेको थियो । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका कामको निगरानी र खबरदारी गर्न छाया सरकार बनाइएको हो । तर, घोषणा गरेअनुसार छाया सरकार सशक्त रूपमा प्रस्तुत हुन सकेको छैन । पार्टीभित्रै यस विषयमा प्रश्न उठ्न थालेको छ । जब कि छाया सरकारका मन्त्री भने जिम्मेवारीअनुसार काम गरेको दाबी गर्छन् ।


ऊर्जामन्त्री ज्ञानेन्द्रबहादुर कार्की

जलविद्युत् आयोजनामा भइरहेको ढिलाइले लागत बढेको छ । बुढीगण्डकीमा पनि विलम्ब भइरहेको छ । यो विषयमा मैले संसद्मा खबरदारी गरेको छु । विज्ञसँग छलफल गरेको छु । मन्त्रालयसँग पनि जानकारी लिने तयारीमा छु ।

अर्थमन्त्री डा. मीनेन्द्र रिजाल
इतिहासमै पहिलोपटक हाम्रै कारणले बजेट संशोधित भएर आयो र बजेट–पुस्तिका नयाँ बाँडियो । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासम्बन्धी विधेयक र राजस्व चुहावटका सम्बन्धमा संशोधन हालेँ । हाम्रो मागअनुसार संशोधन गर्न सरकार बाध्य भयो ।

गृहमन्त्री दिलेन्द्रप्रसाद बडू
संघीय र प्रदेश प्रहरीको कार्यसञ्चालन सम्बन्धी विधेयकमा अर्थपूर्ण भूमिका खेलेँ । हाम्रै मागअनुसार विधेयक पारित भएको छ । शान्तिसुरक्षाका विषयमा ध्यानाकर्षण गराएको छु ।

श्रममन्त्री डा. डिला संग्रौला
मलेसिया रोजगारी रोकिनुहुँदैन भनेर संसद्मा कुरा उठाएँ । यससम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पनि दर्ता गराएँ । फ्री भिसा, फ्री टिकटका कुरा उठाएँ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई तालिमको माग गरेँ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्का
परराष्ट्र मामिलाका विषयमा संसद्मा कुरा उठाएको छु । नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा परराष्ट्रमन्त्रीसँग छलफल पनि गरेको छु । पार्टीको विदेश नीतिसम्बन्धी धारणाबारे बोलिरहेको छु ।

शिक्षामन्त्री गगन थापा
शिक्षासम्बन्धी संसद्मा आएका विधेयकहरूमा पार्टीको धारणा राख्ने र आवश्यक परेमा संशोधन हाल्ने कामको नेतृत्व मैले गरेको छु । पहिला यो काम कसले गर्ने भन्नेमा अलमल थियो । अहिले यो विषयमा पार्टीकोतर्फबाट मैले बोल्ने गरेको छु ।

रक्षामन्त्री भीमसेनदास प्रधान
संसद्मा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी कुरा उठाएँ । सार्वजनिक खरिदमा निगरानी राखेको छु । सेनाबारेका छलफलमा सहभागी छु । रक्षा मन्त्रालयका कामकारबाहीमाथि सूक्ष्म ढंगले निगरानी राखिरहेको छु ।

भूमि व्यवस्थामन्त्री लक्ष्मी परियार
गुठी विधेयकबारे विज्ञसँग सुझाब लिएँ । भूमिसम्बन्धी आठौँ संशोधनको विधेयकमा सरोकारवाला र मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गरेँ । तर, संसद्मा हाम्रो कमजोर उपस्थितिका कारण हामीले हालेको संशोधन पास हुन सकेन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्–छायामन्त्रीका कारण संसद्मा पार्टीको प्रभावकारिता बढेको छ

मन्त्रालयपिच्छे फरक–फरक विधेयक आउँछन् । त्यसमा अध्ययन गरेर सकारात्मक कुरा भए सहयोग तथा संविधानविपरीत भए विरोधको आवाज उठाउन छायामन्त्रीहरूलाई जिम्मा दिइएको छ । परराष्ट्र, अर्थलगायत मन्त्रालयमा काम गर्न सजिलो भएको छ । संसद्मा हाम्रो पार्टीको प्रभावकारितालाई बढाउन यसले भूमिका खेलेको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाण भन्छन्–सरकारका राम्रा/नराम्रा कामप्रति गम्भीर हुन निर्देशन दिएका छौँ
छायामन्त्रीहरूले प्रगति विवरण पनि बुझाउँदै हुनुहुन्छ । यद्यपि, त्यसको मिति तोक्न बाँकी छ । संसद्का विषयगत समिति, विधेयकको अध्ययन, मन्त्रालयभित्रका नीतिगत कार्यक्रमबारे अनुगमन र निगरानी गर्न भनेका छौँ । सरकारले गरेका राम्रा र नराम्रा प्रावधानप्रति गम्भीर हुन निर्देशन दिएका छौँ ।

देउवालाई वास्ता छैन, मन्त्रीले पनि भेटेका छैनन्
छाया सरकारको नेता स्वाभाविक रूपमा कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा हुन् । यही सरकारको मन्त्री बन्न सुरुमा सांसदहरूले निकै दौडधुप पनि गरे । तर, ६ जेठमा छाया सरकार गठन भएपछि नेता र मन्त्रीको सम्पर्क कमै भएको छ । देउवाले चासो दिएका छैनन्, मन्त्रीहरू पनि भेट्न कमै गएका छन् ।

छाया सरकारकी मन्त्री नै भन्छिन्, ‘अलमलमा परियो’

छाया सरकारकी स्वास्थ्य तथा जनसंख्यामन्त्री पार्वता डिसी बैठक नै नबस्दा मन्त्रीहरू अलमलमा परेको बताउँछिन् । ‘सरकार गठन भएको चार महिना बित्दा एकपटक पनि बैठक बसेको छैन । छाया सरकारका प्रधानमन्त्रीले अहिलेसम्म बैठक बोलाउनुभएको छैन । प्रगति विवरण बुझाउने मितिसमेत नतोकिँदा मन्त्रीहरू अलमलमा छौँ,’ उनले भनिन् ।

पर्यटनमन्त्री देवेन्द्रराज कँडेल
मन्त्री योगेश भट्टराईसँग अहिलेसम्म भेट भएको छैन । भेट्ने योजना छ । संसद्मा जहाज खरिदबारे कुरा उठाएको छु । मन्त्रालयका कमी–कमजोरीलाई बाहिर ल्याउने हो । नकारात्मक मात्रै होइन, सकारात्मक पक्षमा पनि बोलेको छु । पर्यटन वर्ष २०२० लाई कसरी सफल बनाउन सकिन्छ भन्नेतर्फ ध्यानकेन्द्रित छ ।

सञ्चारमन्त्री बहादुरसिंह लामा
मिडिया काउन्सिल विधेयकमा असहमति राखेको छु । विधेयकका विषयमा पत्रकारहरूसँग छलफल गरेँ । उपसमितिमा छलफल भएको छ । दफावार छलफल गर्दा स्वतन्त्रता नियन्त्रण गर्ने प्रावधान हटाउनुपर्‍यो भनेको छु । विज्ञापन विधेयकमा पनि छलफल भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले गर्ने हरेक काममा निगरानी गरिरहेको छु ।

खानेपानीमन्त्री सुजाता परियार
विशेष गरी विधेयकमा जोड दिएँ । संशोधन राखेकी छु । संसद्मा दफावार छलफल गरेकी छु । मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न जोड दिएकी छु । यसबारे सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराएकी छु । खानेपानीमन्त्रीसँग भने मेरो समन्वय भएको छैन ।

सामान्य प्रशासनमन्त्री अतहर कमाल मुसलमान
सरकारले ल्याएका विधेयकको अध्ययन गरेको छु । कर र कर्मचारीका विषयमा कुरा उठाएको छु । स्थानीय तहमा प्रतिनिधिले जितेका ठाउँमा के कसरी काम भएको छ, त्यसको निगरानी राखेको छु । पार्टीमा जानकारी गराउने र संसद्मा पनि कुरा उठाउने काम भइरहेको छ । तर, सम्बन्धित मन्त्री लालबाबु पण्डितसँग समन्वय गरेको छैन ।

कृषिमन्त्री पद्मनारायण चौधरी
संसद्मा कृषिका कुरा उठाएको छु । मलखादको अभाव, सिँचाइको समस्यालगायत विषयमा बोलेको छु । कृषिसम्बन्धी आएका विधेयक अघि बढेका छैनन् । अर्को, सदनमा छलफल हुन्छ । विधेयकका सम्बन्धमा मन्त्रीसँग छलफल गर्नुपर्छ । विधेयकमा संशोधन प्रस्ताव राख्छु ।

युवा तथा खेलकुदमन्त्री किशोरसिंह राठौर
मैले निगरानी गर्नुपर्ने मन्त्रालयको जिम्मा कांग्रेस नेतृ तथा सांसद रंगमती शाहीलाई दिएको छु । आवश्यक निगरानी उहाँले नै गर्नुभएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी
म संसद्को अन्तर्राष्ट्रिय समन्वय समितिमा थिएँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका सम्बन्धमा आएका विधेयकको अध्ययन गरेर आवश्यक संशोधन हालेको छु । विधेयकको टुंगो लागेको छैन । मन्त्रालयका गतिविधिमा संलग्न हुँदै आएको छु । राष्ट्रपति महिला उत्थान कार्यक्रमको कार्य समितिमा पनि छु । निर्देशक समितिमै बसेर कार्ययोजना बनाउनेदेखि सबै काममा सक्रिय छु । मन्त्रालयका सचिव, विभागीय प्रमुख सबैसँग बसेर काम गरेको छु ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सञ्जयकुमार गौतम
छाया सरकारले निर्णय गरेर त्यसको कार्यान्वयन गर्न सक्दैन  । किनभने, हामी प्रतिपक्षमा छौँ । हाम्रो कर्तव्य सरकारको कामकारबाही निगरानी गर्ने, सल्लाह, सुझाब दिने मात्र हो । त्यसैअनुसार मैले पनि जिम्मेवारी पाएको मन्त्रालयले गरेका कामको निगरानी गर्दै आएको छु ।

वन तथा वातावरणमन्त्री राजेन्द्रकुमार केसी
विज्ञहरूसँग सल्लाह गरेँ । ४/५ वटा विधेयकमा संशोधन राखेँ । वातावरण विधेयक र वन विधेयकमा संशोधन राखेँ । विधेयकबारे वनमन्त्रीलाई नै सुझाब दिएको छुु । वन जंगल संरक्षण र यसबाट रोजगारी बढाउन सकिनेबारे सुझाब दिएको छु ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री राधेश्याम अधिकारी
विधेयकतर्फ मात्रै ध्यानाकर्षण गरेको छु । कानुनमन्त्रीले सहकार्य गर्नुुपर्छ भन्नुभएको छ । नयाँ कुरा केही भएको छैन । अर्को सत्रका लागि संसदीय दलभित्र एउटा कमिटी बनाउँछौँ । विधेयकबारे त्यसमा छलफल गर्छौँ । सकेसम्म विधेयकलाई आलोचनारहित बनाएर पूर्णता दिनेछौँ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending