Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

विश्वकपको सपना अघि नेपाली क्रिकेट

\"birat_raya\"टी–२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको २८ जुन आइतबार ठीक १ बर्ष पुग्दा नेपालले त्यसअवधिमा मात्र एउटा टी–२० अन्तर्राष्ट्रिय खेल्न सक्याे । २०१४ को टी–२० बिश्वकपमा खेलेको ३ सहित कूल ४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको नेपाललाई अन्तर्राष्ट्रिय टी–२० वरियतामा देख्ने सपना पूरा गर्न ४ वटा खेल बाँकी रँहदा मान्यता पाएको १ बर्षपछि नेपालको सपना पूरा हुने भएको छ । नेदरल्याण्डले टी–२० विश्वकप छनौट पूर्व ४ वटा टी–२० सिरिज आयोजना गरेपछि नेपालको टी–२० वरियतामा उभिने सपना पूरा हुन लागेको हो । नेपाली समय अनुसार आज राति ८ः४५ बजे एम्सटेल्भिन मैदानमा हुने खेलको लागि आजै बिहान नेपाली टोली बेलायतबाट प्रस्थान गरेको छ । नेपालले एम्सटेल्भिनमा आज र भोलि गरी २ वटा तथा रोटरडम मैदानमा २ वटा गरी लगातार ४ दिन ४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने कार्यक्रम रहेको छ । यही जुलाई ९ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा आयोजना हुने टी–२० बिश्वकप प्रतियोगिताको ठिक अघि खेलिन लागेको सिरिज दुवै टोलीको प्रतियोगिता तयारीको लागि निकै महत्वपूर्ण मानिएको छ । भारतमा आगामी बर्ष मार्चमा आयोजना हुने टी–२० विश्वकपमा छनौट प्रतियोगितामा पुग्न नेपालको लागि अब्बल एसोसियट रास्ट्र नेदरल्याण्डसँगको सिरिज मुकाबला सबैको चासोको बिषय बनेको छ । \"Nepal-cricket\" नेदरल्याण्डसँगको विगत नेदरल्याण्ड टी–२० विश्व वरियतामा १२ औ स्थानमा रहेको टोली हो भने नेपाल अधिकारिक रुपमा बरियतामा नभए पनि रेटिंग अंकको आधारमा हाल १५ औ स्थानमा रहेको छ । लामो क्रिकेट इतिहास बोकेको नेदरल्याण्ड २०१४ टी–२० विश्वकपको दोश्रो चरण प्रवेश गर्ने एसोसियटमा एकमात्र टोली बनेको थियो भने उसले दोश्रो चरणमा इंग्ल्यान्डलाई पराजित गर्दै सनसनी मचाएको थियो । नेदरल्याण्ड टेस्ट राष्ट्रलाई २ पटक पराजित गर्ने एकमात्र एसोसियट राष्ट्र पनि हो ।  जसले २००९ टी–२० विश्वकपमा पनि इंग्ल्यान्डलाई पराजित गरेको थियो । नेपालसँग नेदरल्याण्डले पछिल्लो पटक विश्व क्रिकेट लिग डिभिजन–२ मा प्रतिस्पर्धा गरेको थियो जसमा नेपालले २ विकेटको रोमान्चक जित हात पारेको थियो । टी–२० क्रिकेटमा भने हालसम्म नेपाल र नेदरल्याण्ड २ पटक आमने–सामने भएका छन् । सन् २०१२ टी–२० बिश्वकप छनौट प्रतियोगितामा र त्यसपछि २०१३ टी–२० बिश्वकप छनौट प्रतियोगितामा भेट हुने क्रममा दुवै खेलमा नेदरल्याण्डले सहज जितको नतिजा निकालेको थियो । २०१२ मा ६ विकेटले तथा २०१३ मा ५ विकेटले नेपाल पराजित हुन पुग्यो । नेदरल्याण्डबिरुद्ध नेपाली ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले २०१३ टी–२० विश्वकप छनौटमा प्रहार गरेको ४४ रन (५५ बल, १ चौका १ छक्का) नै सर्वाधिक रन हो । यस्तै बलिंगतर्फ बसन्त रेग्मीले नेदरल्याण्डसँग खेलेको दुवै खेलमा ३–३ विकेट हात पारेका थिए । नेदरल्याण्ड ब्याट्सम्यान स्टेफेन माइबर्गले प्रहार गरेको ३१ रन नै नेपालसँग नेदरल्याण्ड ब्याटसम्यानको सर्वाधिक रन हो भने मुदस्सर भुकारीको ३ विकेट (४–१–१५–३) नेपाल बिरुद्ध उत्कृष्ट बलिंग प्रदर्शन हो । २०१२ टी–२० विश्वकप छनौट : नेपाल ८५/७ (२०ओभर), नेदरल्याण्ड ८६/४ (१३.५ ओभर) २०१३ टी–२० विश्वकप छनौट : नेपाल १०७/६ (२० ओभर) , नेदरल्याण्ड ११०/५ (१६.२ ओभर ) नेपालको तयारी तयारीको लागि भारतको हिमान्चल प्रदेशमा २ हप्ता बिताएको नेपाली टोली दह्रो आत्मविश्वासका साथ युरोप पुगेको छ । हालसम्मकै स्तरीय सुविधामा अभ्यास पाएका नेपाली खेलाडीहरुले त्यहाँ राम्रो तयारी गर्ने मौका पाएका छ । भारतको हिमान्चल क्रिकेट प्रदेश क्रिकेट एसोसियसन टोलीसँग त्यहाँ ४ वटा टी–२० खेलेको नेपालले स्तरीय टोली बिरुद्ध २ वटामा जित निकाल्दा २ मा हार आत्मसात गर्यो । भारत यात्रा लगत्तै नेपाली टाली बेलायत पुग्यो र त्यहाँ ४ वटा अभ्यास खेल खेल्यो जसमा पनि नेपालले २ जित र २ हारको नतिजा निकाल्यो । क्रिकेटको कान्छो संस्करणमा वामे सर्दै गरेको नेपालको लागि युरोपको पिच तथा वातावरण सजिलो मानिने गर्दैन । त्यस हिसाबले प्रतियोगिता अघि नेपालले बेलायत र नेदरल्याण्डसँग खेल्ने अभ्यास खेल नेपालको तयारीको लागि निकै महत्वपूर्ण हुनेछ । नेदरल्याण्ड सिरिजपछि पनि नेपालले ६ र ७ जुलाईमा क्रमशः ओमान र युएईसँग अभ्यास खेल खेलेर आफूलाई तयार पार्ने छ । अनुभव र युवा मिश्रित नेपाली टिम नेपाली टालीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, शक्ति गौचन जस्ता अनुभवी खेलाडीहरु तथा राजेश पुलामी, करन केसी, सिद्धान्त लोहनी जस्ता युवा खेलाडीहरु पनि छन् । यस अघि बंगलादेश टिी–२० विश्वकपमा सहभागी प्रायः खेलाडीहरुनै नेपाली टोलीमा रहेका छन् । नेदरल्याण्डसँग मौका पाउने हो भने सिद्धान्त लोहनी, करन केसी र प्रदीप ऐरीको खेल जीवनको पहिलो अन्तर्रा्ष्ट्रिय टी–२० हुनेछ । कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, सुबास खकुरेल, बिनोद भण्डारी, सागर पुन जस्ता ब्याट्सम्यानहरुले नेपालको ब्याटिंग पक्ष मजबुत देखिएको छ भने शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, करन केसी, जितेन्द्र मुखियाबाट बलिंग तर्फ धेरै राम्रो हुने अपेक्षा गरिएको छ । लामो अन्तरलपछि टोलीमा स्थान बनाएका प्रदीप ऐरी, अनिल मण्डल, जितेन्द्र मुखियालाई आफ्नो प्रदर्शनबाट पुनः टोलीमा स्थायित्व त्व कायम गर्ने चुनौति छ । अर्को तर्फ टिमका सरप्राइज प्याकेज सिद्धान्त लोहनी जस्तो खेलाडीको प्रदर्शन पनि हेर्न लायक हुनेछ । बंगलादेश टि–२० बिश्वकपमा आफ्नो धारिलो बलिंगले विश्वभर प्रसंशा बटुलेका जितेन्द्र मुखियाको अन्तर्राष्ट्रिय क्रिकेटमा कम् ब्याक सबैको प्रतिक्षाको बिषय बनेको छ । भूकम्पपीडितको सहयोगका लागि नेदरल्याण्ड क्रिकेटको हातेमालो नेदरल्याण्ड क्रिकेट एसोसियसनले नेपालमा भूकम्पको राहत लागि सिक्सेस फोर नेपाल कार्यक्रम ल्याएको थियो  कार्यक्रम अन्तर्गत नेदरल्याण्डमा हुने घरेलु क्रिकेट प्रतियोगिता तथा नेदरल्याण्ड क्रिकेट टिमले खेल्ने खेलमा ब्याट्सम्यानले प्रहार गर्ने प्रत्येक छक्काको मूल्य ६ युरो नेपाललाई दिने बताईएको छ । करिब ४०० वटा छक्का हालसम्म हानि सकिएको नेदरल्याण्ड क्रिकेटको वेबसाइटले जनाएको छ । कार्यक्रमबाट उठेको कूल रकम नेपाल–नेदरल्याण्ड सिरिजमा हस्तान्तरण गरिने कार्यक्रम छ । यस्तो छ टिम नेपाल पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सागर पुन, सुबाश खकुरेल (विकेट किपर), शरद भेसावकर, बिनोद भण्डारी, प्रदीप ऐरी, अनिल मण्डल, सिद्धान्त लोहनी, राजेश पुलामी, शक्ति गौचन, बसन्त रेग्मी, करण केसी, सोमपाल कामी, जितेन्द्र मुखिया यस्तो छ टिम नेदरल्याण्ड पिटर बोरेन (कप्तान), वेसले बारेसी, रहिल एहमद, मुदस्सर बुखारी, बेन कुपर, एहसान मलिक, स्टेफेन माईबर्ग, म्याक्स ओ’डोड, मिचेल रिप्पोन, पिटर सीलार, मिचेल स्वार्ट, टिम गुगटेंन, पल मीकेरेन, थिजिस भान सेल्भेन, टोबियास भिसे (विकेट किपर)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies