Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

रोपाइँ गर्न गएका वामदेव माला लगाएर फर्किए

\"ropai-At-Dharmasthali-18\"१५ असार काठमाडौं । असार १५ अर्थात धान दिवसको अवसरमा राजनीतिक दलका नेताहरुले विभिन्न तरिकाले शुभकामना दिने प्रचलन छ । कतिपय नेताहरु हिलोमै पसेर सांकेतिक धान रोप्ने गर्छन् । त्यस्तै उद्देश्य सहित गृहमन्त्री वामदेव गौतम धान दिवसको अवसरमा मंगलबार धर्मस्थलीतिर हानिए । एमाले निकट किसानहरुको संगठन अखिल नेपाल किसान संघको निमन्त्रणामा १० बजेको लागि रोपाइँ कार्यक्रम राखिएको थियो । गृहमन्त्री वामदेव गौतमले सांकेतिक रुपमा रोप्ने कार्यक्रम आयोजकले तय गरेका थियो । तर वामदेवले धानको विउको माला र डीलमा बसेर भाषण मात्रै गरेर फर्किए पछि आयोजक जिल्ल परे । निर्धारित समय भन्दा झण्डै एक घण्टा ढिला पुगेका उनले खेतमा सांकेतिक आलि लगाएको हेर्नेको भिड थियो । तर उनले कोट पाइन्टमै खेतको डिलबाट भाषण लगाउँदै भने, ‘भविष्यमा हाम्रो पार्टीको नेतृत्वमा गठन हुने सरकार किसानको हकको लागि काम गर्नेछ । तपाईंहरुलाई म यो विश्वास दिलाउन चहान्छु । एमाले किसानहरुको पार्टी हो ।’ कार्यक्रममा पुगेकी उर्जामन्त्री राधा ज्ञवालीले भने केहि समय सांकेतिक रुपमा धान रोपेकी थिइन् । रोपाइँमा आएका गृहमन्त्री गौतमले दुवो र विउको माला लगाएर सिंहदरबार तिर हानिएपछि कार्यकर्ता भित्र तिब्र असन्तुष्टी भएको थियो । ‘हाम्रा नेता विग्रिसके अनि जनताले कसरी पत्याउँछन् ।’ एक कार्यकर्ता भन्दै थिए, ‘किसानका नेता भन्ने वामदेव कमरेडको असली रुप यस्तै बेला देखिन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending