Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

मध्यरातमा यसरी चल्यो सभामुख–सभासद् सबालजवाफ

\"Subashnemwang\"१६ असार, काठमाडौं । संविधानसभामा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानको मस्यौद पेस गर्नुपूर्व नै सभामुख सुवास नेम्वाङ र सभासद्बीच सवालजवाफ भयो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ संविधानसभा बैठक सुरु भएलगत्तै समय लिएर तीन सभासद्ले नियमापत्ति जनाएका थिए । बैठक सुरु भएलगत्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत मस्यौद पेस हुनुपूर्व नै जनमतसंग्रहमथि छलफल गर्न माग गरे । राप्रपाले राजतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विषयमा जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव राखेको छ । अध्यक्ष थापाले सर्वोच्च अदालतले १६ बुँदेका विषयमा दिएको अन्तरिम आदेशबारे पनि निक्र्योल गर्न माग गरेका थिए । थापापछि नियमापत्ति गर्न उठेका बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले दलहरूबीचको आन्तरिक वैमनश्यपछि अतिवादीहरूको भाँडभैलो मच्याउने किताब (मस्यौदा) छलफलमा ल्याउन लागिएको बताए । उनले मस्यौदा सर्वोच्च अदातलको अन्तरिम आदेशविरुद्ध र सबै क्षेत्रका विभेदमा पारिएकाहरूको विरोधमा आएको भन्दै मस्यौदा पेस हुनुपूर्व नै च्यात्ने घोषणा गरे । तर, सभामुख नेम्वाङले मस्यौदा पेस नभएको भन्दै पासवानलाई प्रतिप्रश्न गरे । उनले भने, ‘माननीय सदस्यज्यू, मस्यौदा समितिका सभापतिले मस्यौदा पेस गर्ने कार्यसूची छ । मैले उहाँलाई मस्यौदा पेस गर्ने अनुमति दिएको छैन । अर्थात् यो हाउसलाई माननीय सिटौलाको समितिले के पेस गर्‍यो भन्ने थाहा छैन । तपाईंले के कागज बोक्नुभएको छ ? यहाँ पेस नभई कसैले पाउँदैन ।’ फेरि पासवानले भने, ‘अध्यक्ष महोदय, तपाईंले बुझेपछि त्यो (मस्यौदा) सार्वजनिक भएको छ ।’ नेम्वाङले भने, ‘तपाईंको नियमापत्ति केमा हो ?’ पासवनले भने, ‘यो सर्वोच्चको आदेशविपरीत छ ।’ त्यसपछि पासवान बसे । पासवान बसेलगत्तै संघीय लोकतान्त्रिक मञ्च (थरुहट) की सभासद् रुक्मणी चौधरीले नियमापत्ति जनाइन् । उनले संविधानसभाको नियमावलीअनुसार बैठक नचलेको बताइन् । सभामुख नेम्वाङले सोधे, ‘म तपाईंलाई सोध्दै छु, नियमापत्ति केमा हो ? तपार्इंले जे कुरा राख्न चाहनुभएको छ । त्यो मस्यौदामा छ–छैन अझै स्पष्ट भएको छैन । तपाईंले आफ्ना कुरा छलफलका क्रममा राख्नुहोला ।’ मस्यौदा समिति सभापति सिटौलाले मस्यौदा राख्नुपूर्व सभामुख नेम्वाङले सभासद्हरूले उठाएका प्रश्नको जवाफसमेत दिए । राप्रपा नेपालका अध्यक्ष थापालाई जवाफ दिँदै नेम्वाङले भने, ‘संविधानसभाका दुईतिहाइ सदस्यले अनुमोदन गरेपछि मात्र जनमतसंग्रहमा जान सकिन्छ भन्ने कुरा माननीय सभासद्हरूले बुझ्नुपर्‍यो ।’ सर्वोच्चको आदेशका विषयमा पनि सभामुखले संविधानसभा सार्वभौम रहेको बताए । उनले भने, ‘संविधानसभाले विगतका सर्वोच्च अदालतका फैसलालाई पनि ध्यानमा राख्यो । संविधानसभाले कुनै ढिलाइ नगरी संविधान बनाउनुपर्छ भन्ने सर्वोच्चको आदेश पनि छ । कतिपय प्रक्रियाबारे ध्यान दिइनेछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending