Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

अधिवेशन सार्न कांग्रेस जिल्ला सभापतिहरूको माग

\"congress१८ असार, काठमाडौं ।  कांग्रेसका जिल्ला सभापतिहरूले भूकम्प र बाढीपहिरोका कारण गाउँदेखि जिल्लासम्मको अधिवेशन गर्न समस्या भएको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ उनीहरूले अधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्न मागसमेत गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारबाट सुरु भएको कांग्रेस जिल्ला सभापतिहरूको भेलामा महाधिवेशन, भूकम्पपछिको राहतसहितका विषयमा छलफल भएको थियो । कांग्रेसको १३औँ महाधिवेशन आगामी २४ देखि २८ भदौमा काठमाडौंमा गर्ने निर्णय छ । भूकम्पले घर, बस्ती भत्किने, बाटो बिग्रने, वर्षाको बाढीपहिरोले समस्या भएका कारण बागमती अञ्चल र अन्य केही जिल्लामा गाउँदेखि जिल्लासम्मको अधिवेशन केही समय सार्ने विषयमा भेलामा छलफल भएको धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारी जानकारी दिए । ‘भूकम्पको विनाश र बाढीपहिरोका कारण गाउँदेखि जिल्लाको अधिवेशन केही पछि सार्नुपर्ने विषय उठेको छ,’ अधिकारीले नयाँ पत्रिकासित भने, ‘महाधिवेशन गर्नैपर्ने बाध्यता छ । तर, भूकम्पपछिको संकटपूर्ण अवस्थालाई देखाउँदै केन्द्रीय महाधिवेशन के गर्ने भन्ने विषयमा पनि कुरा उठेका छन् । छलफल भइरहेको छ । शुक्रबार धारणा तय गर्छौँ ।’ कांग्रेसले गाउँ र नगरको अधिवेशन १४ साउनमा, प्रत्येक निर्वाचन क्षेत्रको अधिवेशन २२ साउनमा गर्ने तय गरेको छ । त्यस्तै २६ साउनमा ७५ वटै जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ । सिन्धुपाल्चोक कांग्रेसका सभापति मोहनबहादुर बस्नेतले महाधिवेशनका विषयमा पार्टी केन्द्रले निर्णय लिने भन्दै भूकम्पका कारण आन्तरिक कार्यतालिका केही हेरफेरको प्रस्ताव आएको बताए । ‘महाधिवेशनको विषयमा पार्टी केन्द्रले निर्णय गर्ने हो । भूकम्पको क्षति, वर्षायामलगायतका कारण भूकम्प प्रभावित जिल्लाका गाउँ, क्षेत्र, जिल्लाको अधिवेशनलाई अलिकति सारौँ भन्ने प्रस्ताव आएका छन्,’ उनले भने, ‘शुक्रबार पुनस् बैठक बसेर पार्टीलाई औपचारिक प्रस्ताव गर्छौँ ।’ जिल्ला अधिवेशन भदौको दोस्रो हप्तासम्म गरिसक्ने गरी कार्यतालिका परिवर्तनको प्रस्ताव गर्ने विषयमा छलफल चलेको उनले जानकारी दिए । राहत प्रभावकारी भएन भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण र अस्थायी बसोबासको काम सरकारले प्रभावकारी रूपमा गर्न नसकेको कांग्रेस जिल्ला सभापतिहरूले गुनासो गरेका छन् । बर्खा लागिसके पनि अझै धेरै भूकम्पपीडित समस्यामा परेको उनीहरूको भनाइ छ । ‘भूकम्पपीडित र बाढीपीडितलाई राहत सहयोग प्रभावकारी नभएको भन्ने सभातिहरूको भनाइ छ,’ धादिङका सभापति रामनाथ अधिकारीले भने, ‘सरकारले घोषणा गरेको दुई लाखले घर बन्दैन । यसलाई वृद्धि गर्नुपर्छ भन्ने माग पनि उठेको छ ।’ भूकम्प प्रभावित क्षेत्रमा अझै पनि राहत र वर्षाका वेला बस्ने अस्थायी टहरासमेत राम्रो बन्न नसकेको पनि जिल्ला सभापतिहरूले उठाएका थिए । यस विषयमा पनि भेलाले सरकारको ध्यानाकर्षण गराउने भएको छ । नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले भूकम्पका कारण बजेट खर्च हुन नसकेको बताए । बजेट फ्रिज हुन नदिई पुनस् तीन महिनामा खर्च गर्न पाउने व्यवस्थाका लागि सरकारलाई आग्रह गरिने उनको भनाइ छ । सबैले चुनाव लड्नुपर्ने व्यवस्था माग कांग्रेसका जिल्ला सभापतिहरूले महाधिवेशन प्रतिनिधिमा केन्द्रीय नेताहरू पनि निर्वाचित हुनुपर्ने माग गरेका छन् । हरेक वर्ष जिल्ला सभापतिहरूको भेला गराउनुपर्ने पनि उनीहरूको माग छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending