आषाढ़ १८ गते, २०७२ शुक्रवार 3rd July, 2015 Fri०७:४०:५४ मा प्रकाशित
१८ असार, काठमाडौं । कांग्रेस सभासद्हरूले संविधानको मस्यौदामा आफ्ना मुद्दा राख्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ मस्यौदामा बहुलवाद नराखिएको र अदालतको आदेशलाई बेवास्ता गरिएकोप्रति कांग्रेस सभासद्हरूले नेतृत्वको आलोचना गरेका हुन् । कांग्रेस संसदीय दलको बिहीबार बसेको बैठकमा सर्वोच्च अदालतको आदेशलाई बेवास्ता गर्ने र ‘फास्ट ट्रयाक’मा संविधान जारी गरेमा मुलुक द्वन्द्वमा फस्ने चेतावनी पनि सभासद्हरूको चेतावनी छ । भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधि, सभासद्हरू डा. शेखर कोइराला, मनमोहन भट्टराई, अमरेशकुमार सिंह, मीन विश्वकर्मा, मानबहादुर विश्वकर्मालगायतले नेतृत्वको आलोचना गरेका हुन् । केही नेताले प्रजातान्त्रिक कांग्रेस एमालेको पुच्छर भएको आरोप पनि लगाए ।
मन्त्री निधिले १६ बुँदे सहमति तत्काल कार्यान्वयन नगर्नू भनी अदालतले दिएको आदेशलाई बहुदलवादी पार्टी कांग्रेसले अवज्ञा गरेर गल्ती गरेको बताए । ‘बहुदलवादी पार्टी, विधि मान्ने पार्टी कांग्रेसले नै अदालतको आदेशको अवज्ञा गर्यो,’ बैठकमा निधिले भने, ‘आदेशका सम्बन्धमा भ्याकेटमा जान सकिने थियो । अहिले मधेसी राष्ट्रपति, मधेसी प्रधानन्यायाधीश छन् । भोलि पहाडिया आएपछि त्यसको म्यासेज के हुन्छ ? ख्याल गर्नुहोस् ।’
अन्तरिम संविधानलाई बेवास्ता गर्दै प्रदेशको सीमांकन र नामांकन नै नगरी फास्ट ट्रयाकका नाममा छिटो संविधान जारी गर्न खोज्दा भविष्यमा ठूलो संकट आउनसक्ने पनि मन्त्री निधिले बताए । प्रदेशको सीमांकन तथा नामांकनलाई छिटो आयोग बनाएर टुंग्याउनुको सट्टा अदालतको आदेशलाई पनि बेवास्ता गरेर कांग्रेस अगाडि बढ्न नहुने उनको भनाइ थियो ।
सभासद् डा. शेखर कोइरालाले विधि र कानुनी शासन मान्ने कांग्रेस अदालतको आदेशपछि एमालेको पुच्छर भएको आरोप लगाए । ‘सुप्रिम कोर्टको निर्णय नमान्ने भनेर हामी एमाले र एमाओवादीजस्तै भयौँ । हामीहरूले विज्ञप्ति पनि निकाल्न हुने थिएन । भ्याकेटमा जानुपथ्र्यो,’ कोइरालाले बैठकमा भने, ‘अहिले मधेसी राष्ट्रपति र प्रधानन्यायाधीश छन् भन्ने मानसिकताले सोचेर अगाडि बढ्नुहुन्न । कानुनी शासन र विधिको शासनको दुहाइ दिने हामी एमालेको पुच्छर भयौँ ।’ १६ बुँदे सहमति कार्यान्वयन नगर्नू भन्ने अदालतको आदेश चित्त नबुझेमा भ्याकेटमा जानुपर्ने कोइरालाको भनाइ थियो ।
‘कोर्टको आदेश चित्त बुझेको छैन भने पुनरावेदनका लागि जाने छँदै छ, यसैगरी तिक्तता उत्पन्न भए संविधान निर्माणमा अप्ठ्यारो पर्छ,’ उनले भने, ‘विधिको कुरा अरूलाई सिकाउने कांग्रेस अहिले चुकेको छ । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सुप्रिम कोर्टलाई मात्रै छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: