Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

प्रचण्डले छिर्के हानेपछि बाबुरामको होश खुल्छ

\"Saugat_Sangharsha\"
यो राजनीतिमा पनि गज्जब खालको सौन्दर्य हुँदो  रहेछ । जहाँ मान्छेहरुलाई सुन्दर तरिकाले विचारको लेपन दिएर लडाउने गरिन्छ । लडेको केही समयमा नै अँगालो मारेर हिँड्दा रहेछन् । राजनीतिमा सबै कुरा जायज हुन्छ भनेको हो रैछ क्या हो ।  विपनामा भुँईमान्छेहरुलाई मुक्तिको सुन्दर सपना देखाईदिएर झन् भुँईतिर झार्ने संस्कृती अभ्यास भइरहेकै हुन्छ । सामाजिक विभेदको अन्त्य गर्ने योजनाका कारण थुप्रै मान्छेहरुले आन्दोलनमा ज्यान गुमाएका छन् । अंगभंग भएका छन् । कति त अहिले पनि न सास न लाशको अवस्थामा छन् । त्यही आन्दोलनको जगमा खडा भएको माओवादी आन्दोलन आजको सिनोको रुपमा रुपान्तरण भएको छ ।  एमाओवादी नामको सिनोलाई काँधमा हालेर दुईचार थान मान्छेहरु सिंहदरबारतिर लागेको छन् । यो कुरा सुन्दा मबाट पूर्वाग्रहको गन्ध पनि आउन सक्छ तर सत्य त्यहि हो ।
प्रचण्डहरु पार्टीको डाडु पन्निउँ समातेर बाबुरामहरुलाई पित्को पनि दिन तयार हुँदैनन् । बाबुरामहरु डाडु पन्निउँ हाम्ले पनि पाउनुपर्छ भनेर थाल ठटाउन थाल्छन् ।
माओवादी आन्दोलन चोटिएर क्लबमा रुपान्तर भएको सत्य हामी सामु छिपेको छैन । आन्दोलनमा देखिएको वैचारिक र सांगठानिक समस्याको दिगो समाधान दिन नसक्दाको परिणाम सायद यस्तै हुन्छ । प्रचण्डहरु पार्टीको डाडु पन्निउँ समातेर बाबुरामहरुलाई पित्को पनि दिन तयार हुँदैनन् । बाबुरामहरु डाडु पन्निउँ हाम्ले पनि पाउनुपर्छ भनेर थाल ठटाउन थाल्छन् । अनि कसरी एमाओवादी आन्दोलन बन्न सक्छ । मलाई पनि यो कुरा लेखिरहँदा साह्रै पिडा भएको छ । मैले पनि जीवनका दुईचार थान उर्जाशिल उमेरहरुको लगानी गरेको छु कुनै बेला । सत्य के भने अब माओवादी आन्दोलनको रुपमा रहेन बरु यो पद बार्गेनिङ्का लागी खोलिएको कार्यालय मात्र बन्यो । जहाँ इमान्दारहरुलाई पस्नका लागी निषेध गरिएको छ । माओवादी आन्दोलनमा सुरुदेखि नै बहस भएको कुरा कहिँ छिपेको छैन । बहस मात्र के भन्नु ? हानाहान भएर नेतृत्व हत्याको धम्की पनि नआएका होइनन् । देशका ७५ वटै जिल्लामा प्रचण्ड बाबुरामका समानान्तर संगठनहरु पनि बनेका छन् । त्यो संगठन प्रचण्ड बाबुरामको आवश्यकता अनुसार बन्ने र भत्कने क्रम चलिरहन्छ । हामी बा को जग्गा अंशाबण्डा बेला एक हातमा विवाद हुँदा अदालत धाउने संस्कृतिबाट हुर्किएका हौं । त्यो संस्कृतिबाट एमाओवादी  पनि अछुतो रहन सकेको छैन । पार्टी बरु सकिए पनि सकियोस् तर अध्यक्ष म  मात्र बनिरहनुपर्छ भन्ने प्रचण्डको दम्भ र विचार मेरो नेतृत्व प्रचण्डको हुनाको कारण पार्टी सेटमा जान सकेन भन्ने बाबुरामको गुनासोका कारण पार्टीले गति लिन सकेन । निर्माण प्राधिकरणको प्रमुख बन्न प्रचण्डले छिर्के हानेपछि रिसाएर हान्ने गोरुजस्ता भएका बाबुरामका संगठनहरु फेरी नयाँ शक्तिको झण्डा उठाएर तङ्ग्रीन खोजेको छ । तर त्यसको आयु कति हुन्छ, यसै भन्न सकिने अवस्थामा छैन । बाबुरामको योजनमा सक्रिय र निस्क्रिय हुने संगठन जो पर्यो ।
निर्माण प्राधिकरणको प्रमुख बन्न प्रचण्डले छिर्के हानेपछि रिसाएर हान्ने गोरुजस्ता भएका बाबुरामका संगठनहरु फेरी नयाँ शक्तिको झण्डा उठाएर तङ्ग्रीन खोजेको छ । तर त्यसको आयु कति हुन्छ, यसै भन्न सकिने अवस्थामा छैन । बाबुरामको योजनमा सक्रिय र निस्क्रिय हुने संगठन जो पर्यो ।
प्राधिकरणमा लात खाएपछि फेरी बाबुरामलाई यहि पार्टीले केहि गर्दैन भन्ने लागेको छ । जबजब प्रचण्डको लात खान्छन् । बाबुरामलाई यो लागिरहन्छ । माओवादी पार्टीको विघटन भएको कुरामा जबसम्म बाबुरामको बुझाई स्पष्ट हुँदैन तबसम्म नयाँ शक्तिको निर्माण हुँदैन । न बाबुरामले भनेजस्तो गरेर माओवादीलाई नै नयाँ शक्ति बनाउन सकिन्छ । प्रचण्डले पार्टी अध्यक्षको हरियो घाँस देखाउने बित्तिकै नयाँ शक्तिको गर्भपतन गराएर प्रचण्डलाई महान ठान्दै पेरिसडाँडा दौडने बाबुरामले उनको लात खाने बित्तिकै नयाँ शक्ति प्रजनन् प्रक्रियामा रहेको कुरा बताउन भने भुल्दैनन् । कुशल संगठन बनाएर मात्र राजनीतिक एजेण्डा स्थापित गर्न सकिन्छ भन्ने कुरा बाबुरामले नबुझेका हुन् या बुझ्न नचाहेका हुन् त्यो गर्भको विषय बनेको छ । यहाँ योजनाका आधारमा, मुद्दाका आधारमा संगठन बन्ने नबन्ने भन्दा पनि बाबुरामको आवश्यकताका आधारमा नयाँ शक्तिको बहस चल्ने र बन्द हुने गरेको छ । देशको आवश्यकता अनुसार योजनाहरुको निर्माण र त्यसको जगमा व्यवस्थित संगठन बन्ने वैज्ञानिक प्रक्रिया हो । तर यहाँ बाबुरामले चाहेको बखत बहस उठाउने र उनी हरियो घाँसका पछाडी लागेको बेला बहस नचल्ने भएको छ । जुनकारण उनका पछाडी लाग्ने नेता कार्यकताहरु सांगठानिक रुपमा पेलानमा परेका छन् । कुरा गर्दा साह्रै व्यवस्थीत गर्ने तर संगठन चाहिँ क्लब जत्तिको पनि व्यवस्थीत बनाउन नसक्ने बाबुरामको कमजोरीको कारण उनी सधैं ओझेलमा पर्दै आएको तथ्यलाई कसैले नर्कान सक्दैनँ । उनले नयाँ शक्तिलाई योजनामा, संगठनमा र काममा माओवादी भन्दा फरक र प्रगतीशिल बनाउने भन्दा पनि माओवादीजस्तै बनाउने योजनामा छन् । रेडक्रसमा एकपटक आजिवन सदस्यताको फर्म भरेपछि सधैंको सदस्य भए झै एमाओवादीका केन्द्रीय सदस्य, राज्य सदस्य र जिल्ला सदस्यहरु आजिवन भइरहने जस्तो भएको छ । के उनले बनाउन चाहेको संगठन वा शक्ति यहि प्रकारको हो ? अब उनको परिक्षा हुँदैछ । सधैं नयाँ नयाँ कुरा ल्याएर युवा पुस्तालाई भुलभुलैयामा पार्ने र प्रचण्डसँग चोचोमोचो मिलेपछि सबै कुराको अन्त्य हुने संस्कृतीबाट बाबुराम मुक्त नहुँदासम्म बाबुरामले चाहेर मात्र नयाँ शक्तिको निर्माण नहुने कुरा जबसम्म उनले बुझ्दैनन् । त्यो बेलासम्म नयाँ शक्तिको निर्माण हुनेवाला छैन । उबेलामा बुढीलाई तातोपानी तताईदे भनेर धम्क्याउने बुढाको जस्तै नियती बोकेर बाबुराम कतिन्जेल हिँडिरहन्छन् । त्यो भने हेर्न बाँकी छ । एकपटक बाबुरामले आफैंलाई पनि नढाँटी उत्तर दिनुपर्ने छ । नयाँ शक्तिको गर्भपतन भयो या प्रजनन् प्रक्रियामा छ । यो उनको राजनीतिक जीवनको महत्वपूर्ण प्रश्न हुनेछ । जसले अहिले तरल अवस्थामा रहेको माओवादी आन्दोलन र बजारका चिया पसलहरुमा चल्दै गरेको नयाँशक्तिको बहसबारे स्पष्ट धारणाको निर्माण गर्नेछ । होइन भने बाबुरामले नयाँ शक्तिको उखान हाल्दै थुतुनो बजाउनुको अर्थ भेटिंदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies