Ntc summer Offer
Khabar Dabali १३ भाद्र २०८२ शुक्रबार | 29th August, 2025 Fri
Investment bank

बागलुङको असारे मेला मंगलबारदेखि

\"Baglung\"२१ असार, बागलुङ । जिल्लाको ताराखोलामा मनाइने परम्परागत मगर संस्कृतिमा आधारित असारे मेला मङ्गलबारदेखि सुरु हुँदैछ । पाँच दिनसम्म लाग्ने मेलाको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । स्थानीय तारामी मगरले पुस्तौँदेखि असारे मेला मनाउँदै आएका छन् । धार्मिक मान्यता र आस्थाका आधारमा वैदिक विधिपूर्वक मनाइने असारे अहिले फेरिँदै गएको छ । परम्पराको जगेर्नासँगै मेलालाई नयाँपन दिने प्रयास गरिएको आयोजक असारे युवा क्लबका अध्यक्ष प्रकाश रोकाले बताए । असारे मेला बर्सेनी असार तेस्रो सातादेखि मनाउने गरिएको छ । \'हाम्रा अघिल्ला पुस्ताले जोगाउँदै आएको संस्कृति, कला संरक्षण गर्न आवश्यक छ\', रोकाले भने, \'ताराखोलाकै पहिचानका रुपमा रहेको असार मेला बर्सेनि गर्दै आएका छौँ ।\' मेला आयोजना गर्ने संस्थाको नेतृत्व पनि युवा पुस्ताले गरेका छन् । स्थानीयवासीले भने मेलालाई असारे बस्ने भनेर पहिचान दिलाउने गरेका छन् । \'असारे बसेको समयमा खेतीबालीको काम गर्न नहुने मान्यता पनि रहिआएको छ\', रोकाले भने । बर्सात्को समयमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट बच्न सकियोस्, रोगब्याधी नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै विधिपूर्वक पूजाआजा गरी असारे मनाइने स्थानीयवासी झकबहादुर घर्तीले बताए । मेलाको सुरुआत सोमबार या मङ्गलबार पारेर गर्ने प्रचलन रहेको घर्तीले जानकारी दिए । मेला सुरु हुँदा तारा–९ तारागाउँमा रहेको मन्दिरमा विधिपूर्वक पूजाआजा गरेपछि तारा–७ करिमेलामा मेलाको अन्य कार्यक्रम गर्ने गरिएको छ । स्थानीयवासीले खेतीपातीको काम पछि विश्राम लिने, जमघट हुने, आफन्तसँग भेटघाट गर्ने अवसरका रुपमा पनि मेलालाई लिने गरेका छन् । मेलाको अवसरमा खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, खुल्ला लोकदोहोरी गीत प्रतियोगिता र रस्साकस्सी प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । मेला अवलोकनका लागि ताराखोला, हिल अर्गल, हटिया हरिचौर, तमान, रणसिंहकिटेनी, खुङ्गा, म्याग्दीको रुम, निस्कोट, किमचौरलगायत ठाउँबाट सर्वसाधारण आउने गर्दछन् । तारामी मगरले आफ्ना पुर्खाहरु डोल्पाको ताराभोटबाट तारा–९ को तारागाउँमा आएर बसेपछि असारे बस्ने प्रचलन सुरु भएको दाबी गर्छन् । मगरकै संस्कृतिमा आधारित असारे बस्ने र सिस्नो खोस्ने नाच ताराखोलामा प्रख्यात छ । विगतमा मगर समुदायले मात्रै मनाउँदै आएको भए पनि असारे मेला अहिले आएर सबै खाले वर्ग र समुदायको साझा बन्दै गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending