Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सप्तरीमा हात्ती आतङ्क

राजविराज । सप्तरीको उतरी भेगका बस्तीमा दैनिक हात्ती आतङक बढेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई हैरान पार्ने गरेको पाइएको छ ।

पछिल्लो पटक जङ्गली हात्तीले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको कार्यालयसँगै जोडिएको बस्तीमा पसेर तीन घरमा तोडफोड गरेको छ । मध्यरातमा आएको हात्तीले गाउँपालिका कार्यालयसँगै जोडिएको वडा नं २ मा १ र वडा नं ४ का २ घर गरी तीन घरमा तोडफोड गरी क्षति गरेको पीडितहरुले जनाएका छन् ।

तीन वटाको समूहमा आएको ती हात्तीले आक्रमण गरी चामल, तोरी, तरकारी दाल, फर्निचर, घर र तरकारीबाली गरी रु ६० हजार बढीको धन सम्पत्ति खाएर र कुल्चेर नष्ट गरेको जनाइएको छ । उनीहरुले घरमा खानका लागि जोहो गरेर राखेको अन्नपातसमेत हात्तीले खाइदिएको छ ।

जिल्लाको उत्तरपूर्वी क्षेत्रमा अझैसम्म हात्तीको आतङ्क नरोकिएपछि स्थानीयवासी दैनिक चिसोको बेला राति जाग्राम बस्नुपरेको पीडित बताउँछन् । पछिल्ला केही दिनदेखि लगातार जिल्लाको शम्भुनाथ नगरपालिका तथा अग्निसाइर कृष्णसवरन गाउँपालिकामा जङ्गलबाट आएको हात्तीको समूहले घर भत्काउँदा लाखौंँको क्षति भएको छ ।

जङ्गली हात्तीद्वारा अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का दीपक खड्का र ४ का राजन पौडेल तथा टङ्क पौडेलको घरमा तोडफोड गर्दा घनमाल क्षति हुनुको साथै घरभित्र रहेको विभिन्न अन्न, चामल, धान, फर्निचर नष्ट गर्नुका साथै विभिन्न सामग्री कुल्चिएर तोडफोड गरेको पीडितहरुले बताएका छन् ।

हात्तीको समूहले शम्भुनाथ नगरपालिका–२ स्थित मोहम्मद सहादत मियाँका छोरा मो। हजरत मियाँ र मो। असरफ मियाँको घर भत्काई चामल, अन्न, धान, फर्निचर र घर भत्काई लाखौँंको क्षति गरेको छ ।

विचल्लीमा हात्तीपीडित

हात्तीको समूहले घर भत्काउँदा सप्तरीको रुपनी र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा छ घरपरिवार अहिले विचल्लीमा परेका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट सात वटाको समूहमा आएको जङ्गली हात्तीको समूहले रुपनी गाउँपालिकाका बालकृष्ण खुलाल मगर, सुरज राई, दिनेश राई, चतुरमान राई र अग्निसाइर कृष्णासवरन गाउँपालिकाका डुब्जसिंह तामाङको घर भत्काउँदा उनीहरु विचल्लीमा परेका हुन् ।

छ परिवारलाई हातमुख जोड्न समस्या भएको स्थानीयवासी मिलन चौधरीले बताउनुभयो । एक दिन अगाडि मात्रै मध्यरातमा आएको हात्तीको समूहले घरभित्र रहेको टेलिभिजन, चामल, फर्निचर, लत्ताकपडा र दुई घरसहितमा तोडफोड गर्दा उनीहरु विचल्लीमा परेको स्थानीय बृजमान तमाङले बताए । हात्तीले दुई वटै घर भत्किएकोले छिमेकीको घरमा शरण लिएर बसेको पीडित बालकृष्ण खुलाल मगरले बताए ।

यस्तै चतुरमान राईको घरको टाटी भत्काउनुका साथै अन्नपात खाएर फर्निचर तोडफोड गर्दा रु ५० हजार भन्दा बढीको क्षति गरेको पीडितले बताए । हात्तीले दिनेश राई र सुरज राईको घरमा तोडफोड गर्दा रु ३० हजार भन्दा बढी क्षति गरेको स्थानीयवासीले जनाएका छन् ।

चिसोमा रात काट्न कठिनाई भइरहेको पीडितले दुःखेसो पोखेका छन् । विगत पाँच वर्षदेखि हात्तीले दिनहुँ दुःख दिँदासमेत कसैले नियन्त्रणमा चासो नदिएको स्थानीयवासीले गुनासो गरेका छन् । पटकपटक सम्बन्धित निकाय र सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको हात्ती प्रभावित क्षेत्रका बासिन्दा बताउँछन् ।

हात्तीबाट जोगिन मौरीपालन योजना

सप्तरीको उत्तरपूर्वी भेगमा हात्तीले गर्दै आएको क्षति कम गर्न स्थानीय सरकारले मौरीपालनको योजना ल्याउन लागेको छ । कानून अभावका कारण दीर्घकालीनरूपमा जङ्गली हात्ती नियन्त्रण गर्न समस्या थपिएपछि विज्ञहरुको सुझावमा मौरीपालनको आयोजना अघि बढाइएको अग्निसाइर कृष्णसवरन गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताए ।

विज्ञहरुसँग सुझाव सङ्कलन गर्दा विश्वकै परिप्रेक्षमा जङ्गली हात्ती नियन्त्रण गर्न कुनै पनि ठोस विकल्प नरहेको भन्दै प्रभावित क्षेत्रमा मौरीपालन गरेर क्षति कम हुने भएकोले सोही योजना कार्यान्वयन गर्न लागिएको उनले बताए ।

उनले भने, “धेरै ठाउँमा मौरीपालन गरेरै जङ्गली हात्ती नियन्त्रण गर्न सकिन्छ । गाउँपालिकाबाट सकेसम्म आर्थिक सहयोग दिएर भए पनि मौरीपालन गर्न लगाउनुपर्छ”, उनले भने, “एकातर्फ हात्ती नियन्त्रण हुन्छ भने अर्कोतर्फ मौरीपालनले स्थानीयवासीको आय पनि वृद्धि हुन्छ ।” सोही सुझावअनुसार प्रस्तावनासहित अनुमानित बजेटको खाका तयार पार्न लगाइएको उनले जानकारी दिए ।

हात्ती पीडितलाई राहत

हात्तीले घर भत्काएर खेतबारीमा लगाइएको अन्नबाली खाएर क्षति गर्दा पीडितलाई राहत उपल्बध गराइएको छ । अग्निसाइर कृष्णसवरन गाउँपालिकाले डेढ वर्षको अवधिमा रु १५ लाख वितरण गरेको अध्यक्ष चौधरीले जानकारी दिए।

उनले भने, “गाउँपालिकामा हात्ती पीडित परिवारलाई तत्काल रु पाँच हजारको दरले राहत वितरण गरिएको छ ।” डेढ वर्षको अवधिमा हालसम्म विपद्सँग जोडिएका घटनामा रु १५ लाख राहतस्वरूप वितरण गरिएको उनले बताए । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले जिल्लाको अग्निसाइर कृष्णसवरनसहित रुपनी, तिरहुँत र महादेवा गाउँपालिका तथा सप्तकोशी, कञ्चनरूप, खड्क, शम्भुनाथ र सुरुङ्गा नगरपालिकासहितका ठाउँमा वर्षौ देखि आतङ्क मच्चाउँदै आएको छ ।

हात्तीको आक्रमणबाट थुप्रै व्यक्तिले ज्यान गुमाउँदा पनि हात्ती नियन्त्रणतर्फ सङ्घीय सरकार र प्रदेश सरकारसमेत उदासीन देखिएकाले सो क्षेत्रका बासिन्दा पलायन हुने चिन्ता थपिएकोे छ । पछिल्लो तथ्याङ्कअनुसार हात्तीको आक्रमणबाट हालसम्म सप्तरीमा १९ व्यक्तिले ज्यान गुमाउनु परेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy