Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

एमसीसी सम्झौताबारे नेकपा बहस : राष्ट्रियता ठुलो कि पैसा ठुलो ?

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र अमेरिकी विकास तथा सहयोगसम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)बारे बहस पेचिलो बन्दै गएको छ । नेकपाको शीर्ष तहमै एमसीसी सम्झौता गर्ने कि नगर्ने भन्ने विषयमा विवाद निस्किएपछि बहस पेचिलो बन्दै गएको हो । एकातिर प्रधानमन्त्री एवं अध्यक्ष केपि शर्मा ओली एमसीसी सम्झौतालाई तत्कालै संसदबाट पारित गराउने मनस्थितिमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थप अध्ययन आवश्यक रहेको बताउँछन् । नेकपाका बरिष्ठ नेता झलनाथ खनाल, विदेश विभाग प्रमुख माधवकुमार नेपाल, बामदेव गौतमलगायतका नेताहरु एमसिसि इण्डो–प्यासिफिक कार्यक्रमअन्तर्गत आएको कार्यक्रम भएकोले सूक्ष्मरुपले अध्ययन नगरी स्वीकार्न नहुने पक्षमा छन् ।
हाम्रा नेताहरु एमसीसीलाई इन्डो–प्यासिफिक रणनीतिअन्तर्गतको अंग होइन भनेका छन्, तर अमेरिकी अधिकारीहरु एमसीसी इन्डो–प्यासिफिक रणनीतिअन्तर्गतकै अंग भएको बताईरहेका छन् । शंकाको सूई यहिनेर घुमिरहेको छ । एमसीसीलाई इन्डोप्यासिफिकअन्तर्गत ल्याएको हो भने यसलाई कुनै हालतमा स्वीकार गर्न सकिँदैन । त्यसरी सम्झौता गर्दा नेपालको राष्ट्रियता नै जोखिममा पर्छ ।
नेपाल असंलग्न र पञ्चशिलताको सिद्धान्त अबलम्बन गरेको राष्ट्र भएकोले यसमा सहभागि हुने नहुने पक्षमा उनीहरु रहेका छन् । विदेश विभाग प्रमुखसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले बिना शर्त एमसीसी नेपालले स्वीकार गरे राष्ट्रियता नै खतरामा पर्न सक्ने सार्वजनिक रुपमै टिप्पणी गरेका छन् । गत महिना बसेको नेकपा स्थायी समिति बैठकले एमसीसी इन्डोप्यासिफिक रणनीतिको अंग भए/नभएको भनेर अमेरिकाले प्रष्ट नपारेसम्म स्वीकार गर्न नहुने निर्णय गरेको थियो । शर्तसहित एमसीसीबारे निर्णय लिने जिम्मा पार्टी सचिवालयलाई दिइएको थियो । सो बैठकमा स्थायी समिति सदस्य भीम राव, देव गुरुङ, मणि थापा, रघुजी पन्त, लिलामणि पोखरेललगायतका नेताहरुले एमसीसी इण्डो–प्यासिफिक रणनीतिकै अंग भएकोले स्वीकार्न नहुने धारणा राखेका थिए । स्थायी समिति सदस्य एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एमसीसी नेपालको हितमा नै रहेकोले तत्कालै सम्झौता गर्नुपर्ने बताइरहेका छन् । सम्झौतामार्फत आउने ५५ अर्ब रकमले नेपालको विद्युतीय प्रशारण लाइन र भौतिक पूर्वाधार बिकास ठूलो टेवा पुग्ने दाबी गर्दै आएका छन् । उनले उक्त रकम कुनै सैन्य गठबन्धन वा कुनै देशविरुद्धको रणनीति तर्फ लक्षित नभएको भन्दै एमसिसिलाई संसदबाट अनुमोदन नगरे अन्तर्राष्ट्रिय रुपमा नै नेपालले विश्वासनियता गुम्न जाने तर्क अगाडि सारेका छन् । तरपनि एमसिसिबारे नेकपाभित्र ठोस निष्कर्षमा पुग्न नसक्दा संसदबाट पारित हुने नहुनेमा अन्योल भने कायमै छ । एमसीसी सम्झौता बारे नेकपाको दृष्टिकोण, पार्टीभित्र भएको बहस–छलफल र सम्झौता गर्दा दिर्घकालिन रुपमा पर्ने प्रभावको विषयमा खबर डबलीले नेकपाका नेता बेदुराम भुषाल, देवेन्द्र पौडेलमणि थापासँग कुराकानी गरेको छ । नेकपाका नेता भुषाल, पौडेल र थापासँग एमसीसी सम्झौताबारे गरिएको कुराकानीको सम्पादित अंश :

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies