Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नेकपाभित्र बहस : प्रदेश सभा अधिकारमाथि पार्टी हस्तक्षेप ठिक कि बेठिक ?

काठमाडौं । प्रदेशसभा गठन भएको झण्डै तीन बर्षपछि प्रदेश ३ ले औपचारीक रुपमा आफ्नो नाम र स्थायी राजधानी पाएको छ । आइतबार हेटौंडामा बसेको प्रदेशसभा बैठकले मतदान प्रकृयाबाट प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको थियो । देशको नाममा एउटा मात्र प्रस्ताव बागमती दर्ता भएको थियो । कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाले राखेको प्रस्तावमा नेकपा प्रमुख सचेतक रामेश्वर फुयाँल, विवेकशील साझाका रमेश पौडेल र शोभा शाक्य, राप्रपाकी रीता माझी र राप्रपा संयुक्तकी रीना गुरुङ समर्थक थिए । प्रस्तावको पक्षमा १ सय ८ मत परेको थियो भने विपक्षमा कुनै मत परेको थिएन । यस्तै, स्थायी राजधानी हेटौंडा कायम गर्ने प्रस्ताव दुई तिहाइ बढि मतले पास भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले दर्ता गरेको प्रस्तावमा कांग्रेस र राप्रपा घटकले समर्थन गरेका थिए । प्रस्तावको पक्षमा १ सय ४ मत परेको थियो भने विपक्षमा तीन मत परेको थियो । विवेकशीलका तीन सदस्यले काभ्रेको धुलीखेललाई राजधानी बनाउने प्रस्ताव गरेका थिए । यसअघि राजधानी सम्भाव्यता अध्ययन गर्न प्रदेश सांसद दिपक निरौलाको संयोजकत्वमा बनेको समितिले प्रतिवेदनसमेत बनाएको थियो । निरौलाको संयोजकत्वमा बनेको समितिले प्रदेश सभामुखलाई बुझाए पनि प्रतिवेदनमाथि कुनै बहस भएन । समितिले बुझाएको प्रतिवेदनमाथि कुनै छलफल नभई दलहरुभित्रै प्रदेशको नाम र राजधानीको विषयमा अनेकन बहस सिर्जना भएको थियो ।
काभ्रेको पक्षमा पनि दुई तिहाइ पुर्याउन नसक्ने र हेटौंडाको पक्षमा पनि दुईतिहाइ पुर्यान नसक्ने अवस्थामा मत विभाजन भयो । संघीयता कार्यान्वयन, संविधान कार्यान्वयनको शुरुको अवस्था भएकोले समयमै कार्यान्वय गर्नु पर्ने नैतिक दवावमा हामी थियौं । हामी आन्तरिक रुपमै विभाजित भएर बस्दा ५ बर्षमा समेत प्रदेशको स्थायी नाम र राजधानीको विषय टुंग्याउन नसक्ने अवस्था सिर्जना भयो । स्थायीरुपले नाम पनि नटुंगिने, राजधानी पनि नटुंगिने स्थिति पैदा भयो । अन्त्यमा केहि सिप नलागेपछि बाध्यताले पार्टीले एउटा सहजिकरण गरिदियो ।
मुख्यत: एक सय १० सदस्य रहेको प्रदेश सभामा सत्तारुढ दल नेकपाभित्रै यस मुद्दा पेचिलो बन्दै गएको थियो । प्रदेशको नाम बागमती राख्ने सवालमा खासै अन्र्तविरोध नभएपनि स्थायी राजधानी तोक्ने सवालमा धेरै पापड बेल्नु परेको थियो । बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुबीच राजधानी काभ्रे वा हेटौंडा कसलाई बनाउने भन्नेमा मत विभाजन भएपछि करिब तीन बर्षसम्म प्रदेशसभा अनिर्णयको बन्दी बन्यो । सत्तारुढ दल नेकपाकै अधिकांश सदस्य हेटौंडाको विपक्षमा उभिएपछि गत पुष १३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो । नेकपाको सो निर्णयपछि नेकपा नेता राजेन्द्र पाण्डे, पशुपति चौलागाई, शालिकराम जमकट्टेल, केशव स्थापित, युवराज दुलाल लगाय अधिकांश सदस्यहरुले तिब्र असन्तुष्टि जायर गर्दै पार्टी छोड्नेसम्मको धम्की दिएका थिए । उनीहरुले प्रदेश सभाको अधिकारमाथि केन्द्रले ठाडो हस्तक्षेप गरेको भन्र्दै सो निर्णय नसच्याए पार्टीले ठुलो मुल्य चुकाउनु पर्ने धम्कि दिएका थिए । तर, बालुबाटारमा शिर्ष नेतृत्वसँग छलफल पछि नेताहरु एकाएक आफ्नो निर्णयबाट व्याक भए । उनीहरुलाई साथ दिएका अधिकांस सदस्यहरुले नेतामा आएको एकाएक परिवर्तनले आश्चर्यचकित भएका थिए । पार्टी नेतृत्वले गैह्रन्यायीक निर्णय गर्दा दोस्रो तहका नेता चुक्क नबोले पछि पद जोगाउनको लागि नेताहरु खुट्टा लरबराएको आरोप लगाएका थिए । यसै बिषयमा खबर डबलीको तर्फबाट बागमती प्रेदशका आन्तरिक मामिला मन्त्री एंव नेता शालिकराम जमकट्टेल, सम्भाव्य राजधानी अध्ययन समितिका संयोजक दीपक निरौला र प्रदेश सभा सदस्य हिरानाथ खतिवडासँग गणेश पाण्डेले कुराकानी गरेका थिए । जमरकट्टेल, निरौला र खतिवडासँग गरिएको कुराकानीको सम्पादित अंश :

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies