Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

राजनीतिको भारी चटक्कै बिसाएर पूर्वमन्त्री ड्रागनखेतीमा

दाङ् । कुनै समय उजाड रहेको दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गा अहिले हरियाली बनेको छ । “यो उजाड जग्गामा गाडिएका पिल्लर कहिले फल्ने हुन् ?” भन्दै खिसिट्यूरी गर्नेहरु भने चकित परेका छन् । खाली जग्गा सदुपयोग गरेर पूर्वमन्त्री लोकेन्द्र विष्टमगरसहित तीनजनाले ड्रागनखेती गरेपछि त्यो ठाउँ अहिले हरियाली बनेको हो । “ड्रागन फ्रुटको बिरुवा लगाएको दुई/तीन वर्षपछि मात्रै फल दिन्छ”, मगरले भन्नुभयो, “तर हामीहरुले छिप्पिएका बिरुवा लगाएर होला, नौ महिनामै फल दियो ।”

नौ महिनामै फलेपनि अझै परिपक्क भएको छैन । पहिलो चरणमा थोरै फल दिए पनि आगामी असार, साउन, भदौमा राम्रो उत्पादन दिने मगरको भनाइ थियो । “एउटै बोटबाट तीन/चार केजी फल लाग्छ”, उनले भने, “त्यतिबेला करिब चार/पाँच टन उत्पादन होला ।”

दाङमा अहिले आफूले ६६ कट्ठामा ड्रागन फ्रुटखेती गरेको भन्दै केही अनुसन्धानकर्ताले नेपालमा यो नै सबैभन्दा ठूलो क्षेत्रफलमा गरिएको खेती भएको बताउने गरेको मगरले बताए। उनले भने, “अझै ठूलो क्षेत्रफलमा यो खेती हुन सकेको छैन, तर आकर्षण बढ्दै गएको छ ।” अहिले फार्ममै आएर धेरैले यो खेतीका बारेमा बुझ्ने गरेका छन् भने केहीले बिरुवा लैजाने गरेका छन् ।

रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको खेती वस्तार गर्न ध्यान दिनुपर्ने उनको सुझाव छ । “यो फल किन्न महँगो पर्छ, स्वास्थ्यका हिसाबले एकदमै महत्वपूर्ण भएकोले यो खेती विस्तार गर्ने सोेच बनाएका छौँ”, मगरले भने । नेपालमा यो फ्रुट उत्पादन हुन सकेको छैन । न्यून मात्रामा भियतनामलगायतबाट आउने यो फ्रुट बजारमा पाइन्छ ।

विदेशी ड्रागन फ्रुट रु ७०० देखि १९ सयसम्म किनबेच हुने गर्छ ।

आफू मन्त्री हुँदा चीन गएको बेला उनले ड्रागन फ्रुट खाने अवसर पाएपछि यसबारेमा चासो लिँदै आए । पूर्वमन्त्री मगरले भने, “त्यतिबेला यो फललाई नेपालमा उत्पादन गरे कस्तो हुन्छ होला भन्ने सोच बनाएको थिए ।” नेपालमा यसको खेती भित्रिएको करिब १८ वर्ष जति भएको बताइन्छ । आफूले १५ वर्षदेखि यस खेतीका बारेमा जानकारी लिँदै आएको उहाँको भनाइ थियो ।

तराईमा यो खेतीका लागि हावापानी उपयुक्त भएकाले दाङमै आएर खेती गरेको उनले बताए । पूर्वमन्त्री मगरले लामो समय बाँझो रहेको तीन बिघा छ कट्ठा जग्गालाई १५ वर्षसम्मका लागि भाडामा लिएर खेती थालेका हुन् । जग्गा १५ वर्षका लागि रु ४० लाखमा भाडामा लिएको हो । धेरै वर्षदेखि बाँझो जग्गालाई ‘फिलिङ’ गरेर साढे दुई फिट गहिरो पिल्लर गाडिएको र दुई मिटरको दूरीमा बिरुवा रोपिएको छ । त्यही डिप बोरिङ बनाएर हप्तामा दुई÷तीन पटक सिँचाइ गर्ने गरिएको छ ।

यसले ग्याष्ट्रिक, कब्जियत, क्यान्सर, मुटुरोगलगायत मानव शरीरमा लाग्ने विभिन्न रोगसँग लड्न सक्ने क्षमता राख्छ । ड्रागनका तीन प्रकारका बिरुवा भए पनि आफूले बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पनि रातो र भित्र पनि सेतो हुने दुई प्रकारका बिरुवा लगाएको उनको भनाइ थियो ।

रातमा मात्रै फल्ने ‘रातकी रानी’

यसको फूल रातमा मात्रै फुल्ने र रातमा मात्रै फल लाग्ने भएकाले रातकी रानी भन्ने गरिन्छ । यसमा जेठको १५ देखि कात्तिकको १५ गतेसम्म फुलेर फल लाग्छ । फूल फुलेको चार÷पाँच दिनपछि फूलका पात सुकिसक्ने र सुकेको फूलको चिया बन्ने उहाँको भनाइ छ । फूल फुलेको ४५ दिनमा फल तयार हुने र त्यो १५० ग्रामदेखि एक किलोसम्मको हुन्छ । राम्रो सिँचाइ, मल तथा स्याहारसुसार पाएमा २० देखि ३० वर्षसम्म फल दिन्छ । ड्रागन सिउँडी प्रजातिको फल हो । दाङमा ड्रागन नौलो फल मानिएको छ । अन्य मुलुकमा व्यावसायिक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ । गर्मी ठाउँमा खेती गर्न सकिने यसमा १२ प्रकारका खनिज तथा भिटामिन पाइन्छ । जस्तोसुकै माटोमा गमला, छत तथा करेसामा लगाउन सकिन्छ । फल खाँदा मीठो नभए पनि औषधि गुुणले भरिपूर्ण रहेको छ ।
यसको फलबाट आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको तरकारी बन्ने पूर्वमन्त्री मगरले बताए । लामो समयको अध्ययन र अनुसन्धानपछि यो खेतीतर्फ आकर्षित भएको उनको भनाइ थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy