Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बाढीले पावर हाउस बगाउँदा पूरै गाउँ अन्धकार, करोडौंको क्षति

\"Khotang\"२२ असार, खोटाङ । बाढीले जिल्लाका तीन लघुजलविद्युत् आयोजनाको पावर हाउस बगाउँदा खिदिमा र टेम्मामा विद्युत् अवरुद्ध भएको छ । शनिबार राति आएको बाढीले खिदिमा–७ स्थित १७ किलोवाट क्षमताको तावा खोला तेस्रो लघुजलविद्युत् आयोजना, खिदिमा–२ सोल्मास्थित ९।५ किलोवाटको खोबुखोला लघुजलविद्युत् आयोजना र टेम्मा–९ मा रहेको नौ किलोवाटको सञ्चहिरा साना लघुजलविद्युत् आयोजनाको पावर हाउस बगाएपछि विद्युत् अवरुद्ध भएको हो । दातृ निकायको आर्थिक सहयोगमा स्थानीयवासीले सञ्चालनमा ल्याएको तावाखोला तेस्रो लघुजलविद्युत् आयोजनाको पावर हाउस बगेपछि खिदिमा–४, ५, ६, ७ र ८ तथा मात्तिम–९ र छितापोखरी–९ का २४३ घर विद्युत्विहीन बनेको आयोजनाका कोषाध्यक्ष युवराज कट्वालले जानकारी दिए । यस्तै खोबुखोला लघुजलविद्युत् आयोजना ध्वस्त भएपछि खिदिमा–१ र २ का ७५ घर अन्धकार छाएको छ । सञ्चहिरा साना लघुजलविद्युत् आयोजनाको पावरहाउस बग्दा टेम्मा–९ का करिब सय घर उपभोक्ता अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासी पञ्चुकुमार राईले जानकारी दिए । बाढीका कारण ध्वस्त भएको पावर हाउस बनाउन र पुनः विद्युत् सञ्चालन गराउन उत्तिकै समय र खर्च लाग्ने स्थानीयवासीले बताएका छन् । भीषण वर्षासँगै आएको बाढीले मेवाखोला हाइड्रोपावर बगाउँदा रु ४० लाख बराबरको क्षति भएको आयोजना प्रमुख ललितकुमार राईले जानकारी दिए । जिल्लालाई विद्युतभार कटौतीमुक्त बनाउने लक्ष्यका साथ उत्पादन गर्न लागिएको मेवाखोला हाइड्रोपावरको सर्वे मेसिन, मकी जेम्पर, वल्डिङ सामान, गिट्टी, बालुवा, सिमेन्ट, फलामको रडलगायत सामान बगाएको छ । विसं २०७१ मङ्सिरबाट सुरु गरिएको हाइड्रोपावर आगामी असोजसम्ममा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य थालिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies