सबैभन्दा बढि सेल्फी आइफिल टावरमा, थाहा पाउनुस् संसारका शीर्ष १० सेल्फी लिइने स्थानहरु
आषाढ़ २२ गते, २०७२ मगलवार 7th July, 2015 Tue१४:२३:४४ मा प्रकाशित
२२ असार, काठमाडाैं । सेल्फी अर्थात आफूले आफ्नै फोटो खिच्ने कार्य । फेसबुक, इन्स्टाग्रामलगायत अन्य सामाजिक सञ्जालले यसलाई थप लोकप्रिय बनाएको छ । अहिलेको जमानामा सेल्फी खिचेर सामाजिक सञ्जालमा नराख्ने मानिस धेरै कम होलान् । अझ सुन्दर स्थानको अगाडि बसेर सेल्फी खिच्ने लहड नै चलेको छ ।
यसैबीच बेलायतस्थित attractiontix.co.uk ले भर्खर सेल्फी लिन विश्वको उत्कृष्ट स्थानहरुको सूची निकालेको छ । २ करोड १९ लाख मानिसहरुले सेल्फी शब्द राखेर इन्स्ट्राग्राममा राखिएका फोटोहरुको आधारमा यो कुरा पत्ता लगाइएको हो ।
१) आइफिल टावर–पेरिस (१०, ७०० फोटोहरु)
यो आश्चर्यलाग्दो कुरा भएन कि आइफिल टावर पहिलो स्थानमा रहेको छ । विश्वको नै सबैभन्दा लोकप्रिय पर्यटकिय स्थानमध्येको एक आइफिल टावर, सेल्फी लिन पनि उत्कृष्ट स्थानमा रहेको छ ।
२) डिज्ने वल्र्ड–फ्लोरिडा (९,८७० फोटोहरु)
सेल्फी लिन दोश्रो उत्कृष्ट स्थानमा पर्ने डिज्ने वल्र्ड हलिउड छायांकनको लागि पनि पहिलो रोजाईमा पर्ने गर्दछ ।
३) बुर्ज खलिफा–दुबई (८,८६०)
बुर्ज खलिफा विश्वको नै सबैभन्दा अग्लो भवनमा पर्दछ र पर्यटकीय गन्तव्य पनि । ८२८ मिटर अग्लो यो भवन भित्री र बाहिरी बनावट उत्कृष्ट रहेको छ ।
४) बिग बेन–लण्डन (८,८७० फोटोहरु)
सन् १८५९ मा बनेको बिग बेन लण्डनको पहिचानको रुपमा रहेको छ । सन् २०१२ मा महारानी एलिजावेथको हिरक महोत्सवको उपलक्ष्यमा महारानीको नाममा बिग बेनको नाम एलिजावेथ टावर राखिएको छ ।
५) एम्पायर स्टेट बिल्डिङ्ग– न्यूयोर्क (८,४३० फोटोहरु)
न्यूयोर्कको परिचित स्थानको रुपमा रहेको यो बिल्डिङ्ग न्यूयोर्कको पहिचानको रुपमा रहेको छ ।
६) साग्राडा फेमिलिया– बार्सिलोना (४,९७० फोटोहरु)
सन् १८८२ मा इन्जिनियर फ्रान्सिस्को डे पउल डल भिल्लारले सुरु गरेर सन् १९२६ मा अन्त्य भएको यो कार्य, बार्सिलोनाको प्रख्यात स्थानमा पर्दछ ।
७) डिज्नेल्याण्ड–पेरिस (४,७४० फोटोहरु)
यो स्थान पनि सेल्फी लिनको लागि उत्कृष्ट स्थानमा पर्दछ ।
८) कोलोस्सियम
प्राचीन रोममा थुप्रै लडाईं र प्रदर्शनी भएको यो स्थान रोमको धरोहरको रुपमा रहेको छ । ८० वटा कलात्मक ढोका भएको यस स्थानमा ५५,००० जनासम्म दर्शक अटाउने क्षमता रहेको छ ।
९) टप अफ द रक– न्यूयोर्क (४,२९० फोटोहरु)
मध्य म्यानह्याटनमा रहेको यो भवनमा मुख्यतया दृश्यावलोकनको लागि बनेको हो जहाँ ६७, ६९ र ७० तल्लाबाट एम्पायर स्टेट बिल्डिङ्ग र सेन्ट्रल पार्कको सुन्दर दृश्य हेर्न सकिन्छ र सेल्फी लिन उत्कृष्ट स्थान ।
१०) लण्डन ब्रिज– लण्डन (३,८२० फोटोहरु)
लण्डन ब्रिज लण्डनको सबैभन्दा आकर्षक स्थानमध्येमा पर्ने गर्दछ जसको कुल लम्बाई २६९ मिटर रहेको छ । ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: