Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

उसो भए प्रचण्डलाइ ‘चोरीको मुद्दा’ लगाउ

\"Sarojअहिले समग्र राजनीति प्रति नै वितृष्णा छाइरहेको छ । माओवादीको ठूलो पङ्ती निराशाको चरम बिन्दुमा छ । पार्टी, संगठन, विचारको दृष्टिमा नयाँ अन्वेषण गर्न माओवादीहरु असफल प्रायः छन् । एमाओवादी मात्र होइन, आफूलाई क्रान्तिप्रति सचेत र एमाओवादीलाई लाल गद्दार दलाल जस्ता कयौं संगिन आरोपले आरोपित गर्दै खुट्टा उचालेर उछिट्टिएको किरण समूह अहिले ओल्लो घाट न पल्लो तिरको बनेको छ । करिब ४० प्रतिशत बराबरको संगठन बोकेर गएको उक्त शक्ती अहिले यति धेरै क्षीण बनेको छ कि त्यो जनर्मोचासँग तुलना गर्न पनि योग्य देखिंदैन । जनयुद्ध लडेर अकल्पनीय परिर्वतनको नेतृत्व गरेर आएको पार्टी संक्रमणकालको सुरुवात या पहिलो संविधानसभा चुनावमा असाध्यै भरोसाका साथ जनताको साथ पाएको पार्र्टी थियो । आन्तरिक पार्र्टी  व्यस्थापनदेखी सरकार सञ्चालन र अन्य कयौं ठाउँमा चुक्दा संविधान निर्माण आफ्नै पालामा गराउने महत्वपूर्ण अवसरमा आफैंले हात धोएर गराएको  दोस्रो चुनावताका पार्र्टीले गम्भीर क्षति  व्यहोर्यो । यद्यपी अनेकौं  प्रयत्नका बिच यहि दोस्रो संविधानसभा मार्फत यो संक्रमणकालको कोर्स या संविधान निर्माणको कोर्सलाई अन्त्य गरेर मुलुकलाई आर्थिक आन्दोलनको नयाँ बाटोतिर मार्गदर्शन गराउनु पार्र्टीको लागि सर्वोत्तम विकल्प थियो र अहिले १६ बुँदे सम्झैतामार्फत जे गरियो त्यसमा कयौं प्रगतिशील मुद्दाहरु छुटेका छन्, त्यो धेरै अपुरो छ, त्यसका बाबजुत संशोधनको लचिलो प्रस्ताव पनि संविधानमा समेटिएको छ । अहिलेलाई यो कार्सलाई निकास दिनु हाम्रो निम्ती पनि सर्वोत्तम हितकारी थियो र भूकम्पको ऐठनले पनि यसलाइ मद्दत नै गर्यो । \"Prachanda_Next\"त्यसमाथि संविधानको मस्यौदा बनेको र संविधान बन्ने ग्यारेण्टीतिर मुलुक अगाडि बढेकाले अब चाहे पनि नचाहे पनि राजनीतिले फरक ठाउँ हिँड्न सुरु गरिसक्यो । त्यो परिस्थीतीमा हामी आफूलाई अनुकुलित गराउँदै बहुमत मान्छेको आस्थाको पार्टी मात्र नभई  भरोसाको पार्र्टी निमार्ण गर्न सक्छौं या सक्दैनौं, यो अहिलेको हाम्रोे अगाडि देखिएको गम्भीर चुनौतीको विषय हो । संगठनमा देखिएका निराशालाई अन्त्य गर्ने मात्र होइन संसारमा देखिएका नयाँ–नयाँ परिवर्तन र त्यसलाई अंगाल्दै युग सुहाउँदो प्रतिस्पर्धामार्फत फेरी जनताको भरोसा बन्न सक्ने संगठन, पार्टी या सांगठनिक पद्धती र विचारको विकास गराउन सक्छौं या सक्दैनौं त्यो सम्भवतः यो राजनैतिक कालखण्डको जटिल प्रश्न हो । त्यसभन्दा पहिले यो पार्र्टी नै त्यसको निम्ती योग्य रहन्छ या रहँदैन भन्ने प्रश्न पनि कम चुनौतीपूर्ण सवाल होइन  । पछिल्लो पटक सबैभन्दा तिव्र गतिमा सम्पन्न भएको सूचना तथा संचारको परिर्वतन र विकास र प्रविधिले मारेको फड्कोले हाम्रा कयौं मान्यताहरु भत्काइदिएको छ । ती मान्यता राजनीतिक मात्र छैनन्, सामाजिक आर्थिक उत्पादनका आधार फेरिएका छन् ।  मानिसहरु बिचको तीब्र घुलन बढाएको छ । प्रविधीमा आएको यो विकास र विज्ञानले विकास गरेको क्वान्टम सिद्दान्तले नै यसभन्दा अगाडिका कयौं वैज्ञानिक मान्यताहरुलाई नै फरक ठाउँमा पुर्याएको छ । त्यसले स्वभाविक रुपमा हाम्रा राजनैतिक मान्यताहरुमा नयाँ खोजको आवश्यकता मात्रै होइन, हामी आफैंले विकास गरेको मूल्य मान्यताबाट अगाडि छलाङ मार्न नसक्ने हो भने हामी निकै पछाडि पर्ने वाला छौं  । विचारको विकास मात्रै होइन फेरिएको राजनीतिका बाटोमा त्यो विचारको विकासलाई इम्लीमेन्ट गर्न सक्ने नेतृत्व स्थापित गर्नु हाम्रो अगाडिको अर्को चुनौती हो । त्यो चुनौतीलाई पार गर्ने लक्ष्यले होस् या अन्य कुनै ध्येयले केही समय अगाडि प्रचण्डले माओवादीको नेतृत्व बाबुरामलाई दिने प्रस्ताव गरेका थिए । त्यो कुनै प्रयोगको राजनीतिको कार्ड थियो या के थियो उनै जानुन् तर अहिले फेरिएको बाटोमा माओवादीलाई डोर्याउन सक्ने सामथ्र्य भएका नेता भट्टराई नै हुन् । मुलुक उयष्तिष्अब ि–भअयलयmष्अ बउउचयबअज बाट भअयलयmष्अ( उयष्तिष्अब िबउउचयबअज को बाटो मा कजषत हुन लागेको यो बेलामा माओवादी आन्दोलनलाई नयाँ ऊर्जा दिएर निराशा र विचार अर्कमण्यतालाई अन्त्य गर्ने सन्जिवनी बुटि हुन्, बाबुराम  । यो बाबुरामको सवाल मात्रै होइन यो अरु राष्ट्रका आन्दोलनमा पनि यस्तो भएको छ । दुई फरक परिस्थीतीको नेतृत्व एउटै व्यक्तिले गर्न सक्दैन किनकी नेतृत्व भनेको केवल एउटा मनुष्य मात्रै होइन त्यसको पछाडि धेरै प्रश्न जोडिएको हुन्छ । नेतृत्व केही नहुँदा नहुँदै पनि त्यो सपनाको केन्द्रविन्दु हो, त्यो एउटा मनोविज्ञानको केन्द्रीकरण पनि हो  । माओवादीले यो बोध गर्छ या गर्दैन त्यो सवाल भिन्नै हो । प्रचण्ड, नेपालको राजनैतिक आन्दोलनको एउटा सफल नेता हुन् । उनको नेतृत्वमा राजनैतिक आन्दोलनले एउटा उचाई पनि लियो तर राजनैतिक आन्दोलनको बाटोबाट मुलुक आर्थिक आन्दोलनको बाटोमा लम्कीरहँदा त्यो मनोविज्ञान बाबुराममा केन्द्रीत भएको छ । त्यसलाई स्वीकार्दै प्रचण्डले बाबुरामलाई यो आन्दोलनको नेतृत्व दिनको निम्ती तयार हुँदा उनको राजनैतिक उचाइ कम हुने होइन अझ बढी बढ्छ । यो बिचमा,  एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई फेरिएको नयाँ परिस्थतीमा नयाँ विचारको विकास र त्यसलाई बोक्न सक्ने संगठन र त्यो संगठन निर्माणको आधारबारे बाबुरामले आधारपत्र बुझाए, त्यसले एमाओवादीमा पछिल्लो पटक  हलचल पैदा गर्यो । प्रचण्डको प्रचण्ड वर्चस्व रहेको संगठन र पार्टी कमिटीका नेताहरु हल्ला गर्न थाले, कसैले ‘प्रचण्ड, बाबुराम सम्बन्ध तोड’ भने कसैले बाबुराम नेतृत्वको लागी लोभीपापी देखिएको त कसैले मिलेर बस्नुपर्ने बेलामा बाबुरामले अनावश्यक बखेडा झिकेको भनेर फेसबुक ट्वीटर तथा अन्य अनलाइनमा लेखसमेत छपाउन थाले । अक्सर माओवादीमा बाबुरामले केही नयाँ विषय प्रवेश गराउँदा बित्तिकै यस्ता हल्लाहरुको चर्को डम्फु बजाउने  गरिन्छ । पार्टी भत्केको दोष जति बाबुरामको मात्र दोष हो भने झैं गरी अनेक आरोप लगाइने कुरा सामान्य जस्तै भइसक्यो । कुनै नयाँ प्रस्ताव ल्याइँदा बितिकै त्यसको सारतत्वमा बहस भन्दा धेरै उनीमाथी आरोपको बिष बमन चलाइन्छ । अनेक गह्रौ  शब्दको सहायताले त्यसमाथि आरोपित गरीन्छ र अन्त्यमा परिस्थितबस् त्यही बिषय पास गर्नुपर्ने हुन्छ त्यसबेला फेरी त्यही आरोपित प्रस्ताव ताली बजाएर पारित गरिन्छ  माओवादी आन्दोलनका कयाँै मोडमा यी खालका प्रयोग सदैब भइराखेकै छन् । तसर्थ यो माओवादी चरित्र जस्तै भइसक्यो । अन्त्यमा बाबुरामले अगाडी सारेको विचारको विषयलाइ लिएर एमाओवादीकै एकजना युवा नेता शैलेन्द्र घिमिरेले ‘प्रचण्ड बाबुराम सम्बन्ध विच्छेद गर’भन्ने शिर्षकमा लेखेका छन ‘अहिलेपनि बाबुरामको सबैभन्दा ठूलो डर किरण हुन् । यो आशिंक ढँगले  ठिक नै हो र सरसर्ती हेर्दा एजेण्डा र विचारका हिसाबले बाबुराम र किरणमध्ये किरण नै प्रचण्डका निकट हुन्’ प्रचण्ड निकट मानिने उनको यो भावको लेखले नै बुझ्न सकिन्छ कि अहिले माओवादी हिँडेको यस बाटोको आर्किटेक प्रचण्ड हैनन् बाबुराम नै हुन् । यदि यो नै सत्य हो भने, अहिलेसम्म प्रचण्डले आफ्नो भनेर यो विचारको दावि गरेका छन , अरुको विचार या सिर्जनालाइ आफ्नो दावि गर्ने प्रचण्डलाई ‘कपी राइट एक्ट’ लगाउन उनी तयार छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending