Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

कामपाका कर्मचारीलाई सरसफाइ उत्प्रेरणा तालिम

२२ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिका ९कामपा०ले नगरको सरसफाइ क्षेत्रमा संलग्न कर्मचारीको स्वास्थ्यलाई ख्याल गर्दै आज यहाँ सचेतना तथा सरसफाइ उत्प्रेरणा तालिम दिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको फोहरमैला व्यवस्थापन सहयोग केन्द्रसँगको सहकार्यमा आयोजित कार्यक्रममा कामनपाका सहभागी करिब ५०० कर्मचारीलाई हिक्मतसिंह लेकाली, युवराज भट्ट, सौनक भट्टलगायतले पेसागत सचेतनासम्बन्धी ज्ञान दिनुका साथै उत्प्रेरणा जगाउने कार्यक्रम गरेका थिए । कर्मचारीलाई सम्बोधन गर्दे सहरी विकास मन्त्री डा नारायण खड्काले विश्वका धेरै देशमा फोहरमैला उचित व्यवस्थापन गरेर आम्दानीको स्रोत बनाएकाले नेपालमा पनि त्यसको सिको गर्नुपर्ने बताउँदै भने, “हामी पनि चक्रीय प्रविधिद्वारा फोहरमैलाको व्यवस्थापन गर्नेछौं, त्ससका लागि चाँडै यससम्बन्धी नीति आउनेछ ।” कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले फोहर व्यवस्थापनमा सहरी विकास मन्त्रालयसँगै, अन्य नगरपालिका तथा निजी क्षेत्रसँग सहकार्य गर्दै उपत्यकालाई फोहररहित स्थान बनाउने योजना रहेको जानकारी दिए । कार्यकारी अधिकृत तामाङले गत वर्ष भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सम्मेलनमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै कर्मचारीलाई भत्ता दिने घोषणा गरेका थिए । फोहरमैला व्यवस्थापन सहयोग केन्द्रको कार्यकारी निर्देशक डा सुमित्रा अमात्यले अर्काको स्वास्थ्य बनाउन काम गर्ने कर्मचारी आफू पनि स्वस्थ रहनुपर्ने भएकोले मास्क, पन्जा लगायत सामग्री अनिवार्य प्रयोग गर्ने आग्रह गरे । सोही कार्यक्रममा कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि गाइएको ‘सभ्यता र सुन्दरतालाई विकृत गर्ने फोहोर...’ बोलको चेतनामूलक गीतको विमोचन गरिएको थियो । क्षेत्रीय प्रशासक दिनेश थपलियाको शब्द रहेको सो गीतलाई राजेशपायल राई र मिलन अमात्यले स्वर दिएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending