Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अनुसन्धानका लागि सल्लाको रुख काटिँदै

\"salla\"२३ असार, बनेपा । काभ्रेपलाञ्चोकका सामुदायिक वनमा कृषि प्रणाली सुदृढीकरणका लागि आलोचित हुँदै आएको सल्लाको रुख केही दिनदेखि काट्न थालिएको छ । अन्तर्राष्ट्रियस्तरको कृषि अनुसन्धानका लागि अर्स्ट्रेलिया र अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहकार्यमा जिल्लाको तीनवटा सामुदायिक वनमा ४० वर्षअघिदेखि रोपिएको रुख काट्न थालिएको जिल्ला वन कार्यालयले जनाएको छ । रित्ता डाँडालाई हरियाली बनाउन तत्कालीन अवस्थामा नेपाल–अस्ट्रेलियन परियोजनाले काभ्रेपलाञ्चोकका विभिन्न ठाउँमा सल्लाको बिरुवा रोपेपछि अहिले घना जङ्गलको रुप लिएको तर त्यसले जैविक विविधता र पानीको स्रोतमा नकारात्मक प्रभाव पारेको भन्दै आलोचना हुँदै आएको छ । त्यतिबेला सबै चरन क्षेत्र थियो र हरियाली सौन्दर्य पनि थिएन, रित्ता डाँडालाई हरियाली बनाउने भन्नेमात्रै अवधारणाले काम गरेको थियो वन क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका खड्ग खरेलले बताए । उनले त्यस्ता डाँडा अनुत्पादक भएकाले त्यतिबेला रोजगारीको समेत सिर्जना भएको जानकारी दिँदै छिटो हुर्कने विश्वासका साथ सल्ला नै उपयुक्त ठानेर वृक्षरोपण भएको बताए । यो कम पानी भएको ठाउँमा पनि हुने र गाईबस्तुले पनि नखाने भएकाले सल्लोलाई छनोट गरिएको उनको भनाइ छ । जिल्ला वन कार्यालयका प्रमुख गणेश रायले अनुसन्धानका लागि सल्लाको रुख कटान हुन लागेको जानकारी दिँदै अब पनि यसको कटान नभए कुहिएर जाने समस्या आउन सक्ने बताए । उनले सल्लोसँगै अन्य जातका रुख बचाउन पनि वन व्यवस्थापन आवश्यक भएको कुरामा जोड दिँदै अहिले सो परियोजनाले वृक्षरोपण गरेको वन जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा भएको बताए । फरेस्टी एक्सनका गोविन्द पौडेलले वन अनुसन्धानका लागि विभिन्न ब्लक छुट्याइएको जानकारी दिँदै एकै साइजका रुख भएको वनमा एक हेक्टरमा २०० सल्लाका रुख कटान भएपछि त्यहाँ चिलाउने र उत्तीसको वृक्षरोपण हुने जानकारी दिए । उनले सल्लाको रुखलाई कटान भएपछि जैविक विविधता र माटोको संरचनामा के असर पर्छ भन्ने विषयको समेत अनुसन्धान हुने जानकारी दिँदै रुख काट्नको लागत पनि बढ्न सक्ने बताए । अनुसन्धानमा खासगरी ३० सेन्टिमिटर गोलाइ भएको सल्लाको रुख काट्न योग्य मानिन्छ । जिल्लाको सामुदायिक वनको साढे तीन हेक्टर क्षेत्रफलमा सल्लाका रुख काटिनेछ । जिल्लामा गोब्रे, पाटेलगायतका सल्ला छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies