गोरखाबजार, गण्डकी क्षेत्रकै ठूलो आयुर्वेदिक औषधालय गोरखामा सञ्चालनमा आउने भएको छ । गोरखकाली अकुप्रेसर केन्द्र (प्रशिक्षण केन्द्र) ले रु ६० लाख लगानीमा सदरमुकामको शक्तिचोक क्षेत्रमा औषधालय सञ्चालन गर्न लागेको हो । विभिन्न शारीरिक समस्याले थलिएका बिरामीलाई व्यायामको माध्यमबाट उपचार सुरु गरेको केन्द्रले औषधालय सञ्चालन गर्ने तयारी सुरु गरेको छ ।
“रोगले थलिएका अधिकांश बिरामीलाई व्यायामबाटै निको बनाएका छौँ”, केन्द्रका व्यवस्थापक राजु थापाले भभने, “अब औषधालय पनि सञ्चालन गछौँ ।” गोरखा, तनहुँ, धादिङ जिल्लाका बिरामीलाई सेवा दिने उद्देश्यले औषधालय सञ्चालनको निर्णय गरिएको थापाको भनाइ छ । विभिन्न किसिमका साना रोगको पहिचान गर्ने प्रयोगशाला सहितको औषधालय आउँदो नयाँ वर्षसँगै सञ्चालनमा आउने जानकारी उनले दिए ।
“विशेषज्ञ चिकित्सकहरु रहने औषधालय गण्डक क्षेत्रकै ठूलो हुनेछ,” थापाले भने, “नङ दुखेकोदेखि कपाल दुखेको रोग पनि औषधालयमा उपचार गरिन्छ ।” पक्षघातका रोगीलाई पनि केन्द्रले उपचार गर्दै आएको छ । औषधालय सञ्चालनका लागि कोठाहरुको सजावट सुरु गरेको उहाँले बताउनुभयो । गोरखामा २०औँ शाखाका रुपमा औषधालय स्थापना हुन लागेको केन्द्रले जनाएको छ । केन्द्रमा निलम श्रेष्ठको नेतृत्वमा आठजनाको टोलीले सेवा दिइरहेका छन् । औषधालय सञ्चालनका लागि नेपाल औषधि विभागबाट प्रक्रिया सुरु गरिएको केन्द्रले जनाएको छ । केन्द्रमा पुगेर दिनहुँ ३० जनाभन्दा बढी बिरामीले व्यायाममार्फत आफ्नो रोगको उपचार गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: