Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

वामदेवलाई फेरि ‘ब्याक फायर’

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने तथा उनी प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधनसमेत गर्ने गृहकार्य विवादमा परेपछि सत्तारुढ नेकपा रक्षात्मक बनेको छ । थप छलफल गर्न बुधबार सचिवालय बैठक बोलाइएको छ ।

संविधान संशोधन गर्ने निर्णयले जनमत नै पार्टीको विपक्षमा जान सक्ने बुझाइ नेताहरूमा छ । त्यसैले अघिल्लो निर्णयबाट पार्टी ‘ब्याक’ हुने सम्भावना छ । उपाध्यक्ष गौतमले संविधान संशोधन नगरी राष्ट्रिय सभामा जान तयार भए उनलाई लैजाने विषयमा भने नेताहरू सकारात्मक छन् ।

‘हामीले ब्याक फायर होस् भन्ने नियतले उहाँ (गौतम)को विषयमा निर्णय गरेका थिएनौँ, तर जनमत विपक्षमा देखियो । यो स्थिति विश्लेषण गरी पार्टीले निर्णय फेरबदल गर्न सक्छ, त्यसबारे बैठकमै औपचारिक छलफल हुनेछ,’ सचिवालयका एक नेताले नयाँ पत्रिकासँग भने, ‘तर, संविधान संशोधनविनै उहाँले राष्ट्रिय सभामा जान चाहनुभयो भने पार्टीले पठाउने निर्णयलाई निरन्तरता दिन सक्छ । यो उहाँको प्रस्ताव र रुचिमा पनि भर पर्ने कुरा भो ।’

कार्यदल बनाउने निर्णयसँगै नेता गौतम पनि विवादमा परेका छन् । प्रत्यक्ष निर्वाचनमा पराजित भएपछि पटक–पटक झ्यालबाट संसद् प्रवेश गर्ने प्रयास गरेर पदलोलुपता देखाएको आरोप उनीमाथि लाग्दै आएको छ । विपक्षीहरूले मात्रै होइन, पार्टीकै शीर्ष नेताहरूले समेत सार्वजनिक रूपमा आलोचना गर्न थालेका छन् ।

यस्तो अवस्थामा उनीसँग कि राष्ट्रिय सभामा मात्रै भए पनि जाने अथवा पूरै प्रक्रियाबाट ‘ब्याक’ दुई विकल्प मात्रै बाँकी छन् । हक्की र अस्थिर स्वभावका गौतम जुनसुकै परिस्थितिमा पनि अघि बढ्न सक्ने र पछि पनि हट्न सक्ने भएकाले सचिवालयले उनकै प्रस्तावअनुसार निर्णय गर्नसक्ने नेताहरू बताउँछन् ।

कार्यदल गठनको निर्णय गोप्य राख्ने सचिवालयको सहमतिविपरीत एकथरी नेताले आफूलाई रोक्न षड्यन्त्रमूलक ढंगले सूचना बाहिर ल्याएको गौतमको बुझाइ छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल र उनीनिकट नेताहरूले नियोजित रूपमै गोप्य निर्णय सार्वजनिक गरेको आशंका गर्दै गौतमले त्यसबारे सचिवालय बैठकमा कारबाहीकै मागसहित आफ्ना धारणा राख्ने तयारी गरिरहेको उनीनिकट स्रोत बताउँछ ।

वरिष्ठ नेता झलनाथ खनालले बुधबार सचिवालय बैठक बोलाइएको र त्यहीँ छलफल हुने बताए । ‘बैठकमै औपचारिक छलफल हुनेछ,’ उनले संक्षिप्त प्रतिक्रिया दिए ।संसदीय दलका उपनेता सुवास नेम्वाङले भने पार्टीले संंविधान संशोधन गर्नै खोजेको भए पहिले त्यसको औचित्य पुष्टि गर्नुपर्ने बताए । ‘पार्टी यदि संविधान संशोधनतर्फ अघि बढ्न खोजेको हो भने अहिलेसम्म भनेजस्तै आवश्यकता र औचित्यका आधारमा अगाडि बढ्नुपर्छ र त्यससँग सम्बन्धित सबै पक्षसँग छलफल गर्दै सही निष्कर्षमा पुग्नका लागि आधार तयार गर्नुपर्छ । त्यसका निम्ति पारदर्शी प्रक्रिया अपनाउनुपर्छ,’ नेम्वाङले सचिवालय र नेता गौतमलाई सुझाब दिँदै भने, ‘प्रधानमन्त्री बन्न उहाँका लागि दुई बाटा छन्, तर अहिले बजारमा चर्चा आएको बाटो गलत छ । त्यसैले सुल्टो बाटो अपनाउने हो भने निरन्तर पार्टीको सेवा गर्ने, तीन वर्ष क्रियाशील भएर चुनावबाट प्रतिनिधिसभामा प्रवेश गर्ने ।’

शनिबार बसेको सचिवालय बैठकमा नेता गौतमलाई मन्त्रिपरिष्दको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट राष्ट्रिय सभामा लैजाने सहमति भएको थियो । बैठकले गौतमको प्रधानमन्त्री बन्ने बाटो पनि खोल्न संविधान संशोधनको गृहकार्यका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल पनि बनाएको थियो । तर, यो विषय गोप्य राख्ने सहमति भएको थियो । सोमबार नेता नेपालले कार्यदलको बैठक बस्न नेम्वाङ र देवकोटालाई घरमै बोलाएका थिए । तर, नेम्वाङले सदस्य बस्न अस्वीकार गरेपछि कार्यदल नै अलपत्र परेको छ ।

कार्यदल बनाउने विषयमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको पनि सहमति थियो । कार्यदललाई प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यहरूको भूमिका र अधिकार बराबर हुने व्यवस्था गर्न आवश्यक संशोधनका विषयबारे गृहकार्य गर्न टास्क दिइएको थियो । तर, सोमबार कार्यदल गठनबारे समाचार बाहिरिएपछि पार्टीभित्रैबाट चर्को विरोध सुरु हुँदै जाँदा गौतमविरोधी जनमत निर्माण भएको छ । नेकपाकै शीर्ष नेताहरूले समेत सार्वजनिक रूपमा विरोध जनाउन थालेका छन् ।

सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सोमबार मध्यराति ट्विट गर्दै छलढाँटको राजनीति धेरै दिन नचल्ने बताएका छन् । ‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुन सक्ने कुरा गर्दै आएका भित्रैबाट यतिवेला एकाएक संविधान संशोधनको कुरा सुनिँदै छ । मानिसहरू उदेक मान्दै छन् ! केका लागि संशोधन ! खराखरी बहस गर्ने वेला आएजस्तो छ । कुरा लुकाएर, ढाँटछल गरेर कति दिन चल्छ ? कसरी चल्छ ? राजनीति गरिन्छ, जुवा खेलिन्न,’ पोखरेलको ट्विटमा उल्लेछ ।

त्यस्तै, स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार राति ट्विटमार्फत विरोध जनाएका छन् । ‘कमरेडहरू, गत निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो– स्थिरता र समृद्धिको अपिल । तर, कहिले आलोपालो प्रधानमन्त्री त कहिले शासन प्रणाली परिवर्तन, अनि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस । के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?’ उनले लेखेका छन् ।

https://twitter.com/IshwarPokhrel/status/1232012825226141696?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1232012825226141696&ref_url=https%3A%2F%2Fwww.nayapatrikadaily.com%2Fnews-details%2F37184%2F2020-02-26
https://twitter.com/PradeepgyawaliK/status/1232344308126187521?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1232344308126187521&ref_url=https%3A%2F%2Fwww.nayapatrikadaily.com%2Fnews-details%2F37184%2F2020-02-26
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE