Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

सिरियामा बन्धक चेलीलाई छाड्न सात लाखको सर्त

२४ असार, काठमाडौं । हाम्रो पहिलाको घर नवलपरासी हो । हाल रूपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरमा भाडाको घरमा बस्छौँ । घरमा अहिले बुबा, आमा र दाजु हुनुहुन्छ । दाजु मजदुरी गर्नुहुन्छ । बुबा–आमा किसानी गर्नुहुन्छ । तर, आफ्नै जग्गा छैन । अधियाँमा डेढ बिघाजति जग्गामा खेती–किसानी गर्दै गुजारा चलाउँदै आएका छौँ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ –हामी पाँच दिदीबहिनी हौँ । दिदीहरू तीनजनाको विवाह भइसकेको छ । घरको आर्थिक अवस्था बलियो नभएकाले हामी दुईले बुटवलमा पसल राखेका थियौँ । पसल खोल्दा दिदीहरूले लगानीमा सहयोग गर्नुभएको हो । पसलमा डेढ लाख रुपैयाँ लगानी छ । त्यहीबीचमा दलाल (पर्वतका शोभाकान्त भट्टराई)ले दिदीलाई विभिन्न आश्वासन दिएर विदेशमा गएर धेरै पैसा कमाउने कुरा ल्यायो । यस क्रममा पासपोर्ट बनाउने, काठमाडौं जाने–आउने भयो । काठमाडौं जाँदा, पासपोर्ट बनाउँदा तथा अन्य दौडधुप र हवाई टिकटसमेत गरी दिदीको ६० हजार रुपैयाँजति खर्च लागेको छ । दिदी दुबई पुगेपछि नै समस्यामा परेको बुझिएको थियो । दिदीले दुबई पुगेपछि एक महिना कामका लागि सिरिया जाने र पुनस् दुबई फर्किने भन्दै दलालले सिरिया पुर्‍याएको बताउनुभएको थियो । सिरिया पुगेपछि दिदीका दुस्खका दिन सुरु भए । मैले थाहा पाएपछि दलाललाई फोन गरेर दिदीलाई दुबई फर्काउन भनेकी थिएँ । एक महिनापछि आउँछिन् भन्दै टार्‍यो । तर, पछि–पछि फोन नै उठाउन छाड्यो । उता सिरियामा दिदीलाई मोबाइलमा सिम राख्न नै दिएनछन् । दिदीले आफ्नो मोबाइलमा वाइफाई प्रयोग गरेपछि मसँग कुरा हुन थाल्यो । दिदीले त्यहाँको समस्या बताएपछि उद्धार गर्न पुसदेखि नै विभिन्न ठाउँमा धाउने गरेकी हुँ । तर, न्याय पाउन निकै कठिन भएको छ । दिदीले निकै दुस्ख पाउनुभएको छ, दिदीलाई पठाउने दलाल त्यही (शोभाकान्त) हो, पक्राउ गरेर कारबाही गर्नुहोस् र दिदीलाई उद्धार गर्नुहोस् न भन्दा प्रहरीले सुन्दै सुनेन । इलाका प्रहरी कार्यालय बुटवलमा दुई–तीनजना साथी लिएर गएकी थिएँ । हाकिमलाई त भेट्नै सकिनँ । अरूले पनि अनेक दुस्ख दिए । कतिवेला कुन कोठामा जानुहोस् भन्छन्, कतिवेला कुन कोठामा । यता–उता गराउने काम मात्र भयो । पछि त प्रहरीले यहाँबाट हुँदैन बसपार्कमा वैदेशिक रोजगारमा गएकालाई हेर्ने संस्था छ, त्यहाँ जानुहोस् भने । त्यहाँ जाँदा प्रमुख जिल्ला अधिकारी (सिडिओ) सँग कुरा राख्न भने । त्यसपछि सिडिओलाई भेटेर समस्या राखेमा दिदीको चाँडै उद्धार होला भनेर भैरहवास्थित प्रशासन कार्यालयमा गएँ । त्यहाँ जाँदा ठूला मान्छे (सिडिओ) रहेनछन्, सानो मान्छेले यहाँबाट हूँदैन, काठमाडौं जानुस् भने । यता–उता गर्दागर्दा खर्च धेरै भयो । काठमाडौंमा पनि गइनँ । पछि सामाजिक सञ्जालमार्फत समस्या राखेपछि न्याय पाइन्छ कि भनेर सबैतिरबाट सुझाब आयो । यो कुरा दिदीलाई भनेँ । यस काममा मनोज श्रेष्ठले सहयोग गर्नुभएको छ । सामाजिक सञ्जालमा दिदीले समस्या राखेर नेपाल फर्कन पाउँ भनेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले चासो दिएको थाहा पाएकी छु । उहाँहरू सक्रिय भएकाले अब दिदीलाई उद्धार गर्न सकिन्छ कि भन्ने आशा पलाएको छ । तर, फेरि समस्या पैसामा गएर रोकिएको छ । दिदीकी मालिक्नीले एक साताभित्रमा सात लाख रुपैयाँ दिएर लैजाओ भनेकी छ रे । अब त्यो रकम कसरी जुटाउने भन्ने समस्या छ । हुन त पछिल्ला दिनमा आशा एच फोर फाउन्डेसन र संघीय युवा समाजले सहयोगका लागि पहल गरेका छन् । उहाँहरूले रकम जुटाएर दिदीलाई फिर्ता ल्याउन पहल गर्नुभएको छ । यता कानुनी बाटोबाट पनि उद्धारको पहल भइरहेको छ । कानुनी बाटो कुर्ने हो भने दिदीलाई नेपाल ल्याउन ढिला हुन्छ । अहिले दिदीलाई एक साताभित्र छुटाएर ल्याउनु छ । न्याय पाउनु छ । यसैका लागि प्रयास गरिरहेका छौँ । सबै क्षेत्रबाट सहयोग भएमा न्याय पाउन सकिने आशा छ । दिदीले उता धेरै दुस्ख पाए पनि घरमा बाबाआमालाई सबै कुरा थाहा छैन । बाबाआमालाई सबै कुरा बताउँदा थप पीडा हुन्छ भनेर बताएका छैनौँ । सुरु–सुरुमा राम्रै छ भनेका थियौँ । तर, अहिले हल्ला भएपछि छरछिमेकीले सोध्न थालेकाले अलि–अलि समस्या भएको छ मात्र भनेका छौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending