२०६४ को चुनावमा तेस्रो शक्तिमा खुम्चिएको तत्कालीन एमाले निकट युवासंघले गठन गरेको युथफोर्सका संयोजक महेश बस्नेतकै कारण सो पार्टी २०७० सालमा माओवादीभन्दा दुई गुणा शक्तिशाली भयो ।
आजको साँघु साप्ताहिकमा खबर छ–महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरी देशभर वाईसीएलसँग टक्कर लिएपछि एमालेका कार्यकर्ताहरूको मनोबल उठेको विश्वास गरिन्छ । त्यही युथफोर्समा लडाकू भूमिका देखिएपछि महेश बस्नेतको राजनीतिमा उदय भयो । उनलाई केपी ओलीले दोस्रो संविधानसभामा भक्तपुरबाट पराजित भए पनि सुशील कोइराला प्रधानमन्त्री हुँदा उद्योगमन्त्री बनाइदिए ।
महेश बस्नेतको संरक्षण पाएपछि डनको आरोप लागेका कृष्ण बस्नेत उर्फ परशुराम बस्नेतलाई पनि राजनीतिक संरक्षण प्राप्त भएको थियो । महेश बस्नेतको छत्रछायाँमा रहेका परशुराम बस्नेतको पछिल्ला दिनमा उनीसँग सम्बन्ध बिग्रिएको छ ।
महेश बस्नेतसँग सम्बन्ध बिग्रिएकै पेरिफेरीमा परशुरामको घरबारमा पनि समस्या आएको छ । युवासंघका एक केन्द्रीय सदस्यका अनुसार परशुराम बस्नेतको श्रीमतीसँग सम्बन्धविच्छेद भएको छ ।
परशुरामसँग ठूलो रकम लिएर केही महिनाअघि श्रीमतीले सम्बन्धविच्छेद गरेको ती केन्द्रीय सदस्यले बताए । करिब पौने २ करोडकै कारोबार भएको स्रोतको दाबी छ ।
डनगिरी गरेको आरोप लागेका परशुराम बस्नेतलाई पत्रकार खिला ढकाललाई आक्रमण गरेको काण्डमा महेश बस्नेतले संरक्षण गरेका थिए । नेपाल पत्रकार महासंघले महिनौँ आन्दोलन गरी बस्नेतलाई कानुनी कारबाही गर्न माग गर्दा पनि प्रहरीले उनलाई पक्राउ नगर्नुमा महेशकै संरक्षण रहेको आरोप लागेको थियो ।
परशुराम बस्नेतमाथि स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विभागले उनीहरूसँग ११ करोड ६१ लाख ४१ हजार १ सय ४७ रुपैयाँ बिगो दाबी गरेको थियो । परशुराम र उनकी श्रीमतीको नाममा विभिन्न बैंकमा रहेको रकम, सेयर, सवारी साधन र घरजग्गा जफत गर्न माग गरिएको थियो । तर, उनले विशेष अदालतबाट सफाइ पाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: