Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

मृत्युदण्डबाट बचेका अनिशले यसरी सुनाए अाफ्नाे बेदना

\"anilकान्तिपुर दैनिकमा अनिश खालिङ राईकाे व्यथा उनकै शब्दमा : वैदेशिक रोजगारको सिलसिलामा म यूएई गएँ, २०६८ माघमा । जाँदा नै खर्च धेरै भो लाख २० हजार रुपैयाँ । आफन्तले कम्पनीमा काम गर्ने हो भनेर भनेका थिए । उता पुगेपछि भेडीगोठमा पुगें । अहिले कम्पनीमा काम गर्ने भिसा ‘चेन्ज’ गर्न मिलेन, पछि गरौंला भनेपछि भेडीगोठ गएँ । म सुरुदेखि नै ठगिएँ, पैसा पनि त्यत्रो तिर्नुपर्‍यो । भेडीगोठ मरुभूमिमा थियो । यो यूएईका एक शेखको हो, उनको नाम, ठेगाना थाहा भएन । अल एइन भन्ने ठाउँको त्यो भेडीगोठमा हाम्रै गाउँका एक जना र एक बंगाली कामदार पनि थिए । बजारबाट सामान ल्याएर खाइन्थ्यो । कहिलेकाहीँ एक पाकिस्तानी ड्राइभरले ल्याइदिन्थे । उनीसँग दुई/तीन पटक भेट भइसकेको थियो । एक दिन म पनि उनीसँग बजार गएँ र सामान लिएर भेडीगोठ आयौं । ती पाकिस्तानी ड्राइभरले सामान झारे र मलाई कुदाएर मरुभूमि लागे । रातको ८ बजेको थियो होला । उनले अरूलाई पनि फोन गरेर बोलाउन थाले । मलाई डर लाग्यो । उनले दुर्व्यवहार (समलिंगी यौन हिंसा) गर्न थालेपछि मलाई मन परेन र प्रतिकार गरें ।  जबर्जस्ती गर्न खोज्दा साहस र आँट देखाएर लडेंं । उसले हान्दा मैले पनि हान्थें । बेस्सरी लडाइँ भो । ऊ भुईंमा ढलेपछि म भागें । मरुभूमिबाट अलि पर राजमार्ग थियो । दौडिँदै त्यहाँसम्म पुगें र गाडी चढेर भेडीगोठ आएँ । भोलिपल्ट त्यहीबेला पुलिस आएर मलाई पक्रेर लग्यो । बल्ल पो ऊ मरेको थाहा भो । मर्‍यो होला भन्ने लागेको थिएन । अस्पतालमा मर्‍यो वा मरुभूमिमै, मैले थाहा पाइन । अब बाँचिने भएन भन्ने लाग्यो । मेरै जस्ता समस्या अरूका पनि छन् । कोही त ३०, ३५ वर्षसम्म जेल परेका छन् । देश-विदेशबाट धेरैको सहयोगले म बाँचें । पाकिस्तानीको परिवारलाई ८१ लाख रुपैयाँ ब्लडमनी तिर्नुपथ्र्यो । त्यो रकम नेपालबाट गयो तर त्यहाँ पैसा अरू कसैले तिरिदिएछ । त्यत्रो रकम कसले तिर्‍यो, मलाई थाहा छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending