Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

झोलामा राखेर बागमतीमा शिशु फाल्ने आमा पक्राउ

२५ असार, काठमाडौं । पाँच दिनको शिशुलाई झोलामा राखेर पशुपतीस्थित बागमतीमा फाल्ने काभ्रे गोकुले– ५ घर भएकी २२ वर्षीया कान्छीमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ । खोलामा फालिएको बच्चाको उद्धार गरी प्रहरीले उपचा गराएको छ । आजको नयाँ पत्रिकामा खबर छ – तामाङले बिहिबार बिहान पशुपति परिसरको सूर्यघाटस्थित खोलामा झोलाभित्र राखेर बच्चालाई फालेकी थिइन् । अनैतिक सम्बन्धबाट बच्चा जन्मिएकाले फालेको उनले बताएकी छिन् । उनले झोला फालेको देखेपछि स्थानीयले बागमतीमा फोेहोर फालेको  भन्दै प्रहरीलाई खबर गरेका थिए । झोला निकालेर हेर्दा जिउँदो बच्चा फेला परेको थियो । तत्कालै बच्चालाई उद्धार गरी अस्पताल पुर्याइएको थियो । युवतीलाई भने थुनामा राखिएको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी राकेश सिंहले बताए । विवाहित तामाङका श्रीमान् वैदेशिक रोजगारीका क्रममा खाडीमा छन् । गत वर्ष काठमाडौं आउँदा बसक चालकसँग सम्बन्ध भएको र त्यहि सम्बन्धबाट बच्चा जन्मिएको युवतीले बताएकी छिन् । केही दिनअघि मात्र काठमाडौं आएर जंगलमा बच्चा जन्माएको उनले प्रहरीलाई बयान दिएकी छिन् । तामाङलाई ज्यान मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending