Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

ड्रगमा फसेर सुध्रिएका चर्चित अनुहारः रणबीर कपुरदेखि एन्जेलिना जाेलीसम्म

\"drug\'रिल लाइफ’ मा चम्किएका तर ‘रियल लाइफ’ मा कुलत (ड्रग एडिक्सन)मा फसेका बलिउड र हलिउड स्टारहरूको सूची लामै छ । उनीहरूमध्ये धेरै आफ्नो अतीत लुकाउन चाहन्छन् भने केहीले सार्वजनिक गरिसकेका छन् । बलिउडमा चम्किरहेका ‘यङ हिरो’ रणवीर कपुरदेखि हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीसम्मको अतीत दुव्र्यसनीको रूपमा जोडिन्छ । ड्रगमा फस्नेहरूका लागि तीन विकल्प छन् : पहिलो सुध्रिने, दोस्रो जेल जाने र तेस्रो ओभर डोज वा अन्य कारणले मृत्यु वरण गर्ने । तर, ड्रगमा फसेर पनि सुध्रिएका चर्चित अनुहार यस्ता छन् :
चुरोट रक्सीको अम्मली मनीषा कोइराला नेपालमा जन्मिएर बलिउडमा चर्चा बटुल्ने भाग्यमानी अभिनेत्री हुन्, मनीषा कोइराला । गत वर्ष पाठेघर क्यान्सरको सफल उपचारपछि फेरि फिल्मी क्षेत्रमा सक्रिय भइसकेकी कोइरालालाई बिबिसीले ‘इन्सपायरिङ वुमन’को रूपमा पनि समावेश गर्‍यो । तर, भारतको दैनिक भास्करले रणवीर कपुर र एन्जेलिना जोलीजस्तै मनीषा पनि कुनै वेला दुव्र्यसनी भएको लेखेको थियो । कुनै वेला चुरोट र रक्सी उनका प्रिय साथी थिए । जब क्यान्सर भयो, तब कोइराला सबै कुलतबाट टाढा रहिन् ।
हेरोइन र कोकिन लिन्थिन् एन्जेलिना जोली हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले पनि एक अन्तर्वार्तामार्फत आफू ड्रग एडिक्टेड भएको खुलासा गरेकी थिइन् । जोलीले लागूऔषध हेरोइन र कोकिनको प्रयोग गर्ने गर्थिन् । तर, जब बच्चा स्याहार्नुपर्ने भयो, तब उनले सब कुलत छोडिन् । उनले सिबिएस न्युजको अन्तर्वार्तामा भनेकी थिइन्, ‘म जवान छँदै मरिनँ, त्यसैले म भाग्यमानी हुँ ।’
जेल नै परेका थिए सञ्जय दत्त बलिउड अभिनेता सञ्जय दत्तका केही आपराधिक पाटोभित्र ड्रग पनि जोडिएर आउँछ । उनी ड्रगिस्ट थिए । सन् १९८२ मा ड्रगसहित पक्राउ परेका दत्तले पाँच महिना जेल सजाय भोगेका थिए । जेलबाट छुटेपछि केही समय पुनस्र्थापना केन्द्रमा राखिएका उनले पछि ड्रग सेवन छोडेको बताइन्छ ।
सुटिङअघि ड्रग्स लिन्थे रणवीर कपुर बलिउडका चर्चित अभिनेता रणवीर कपुरको अतीत खराब आदतले पोतिएको छ । रणवीर ‘चेन स्मोकर’ रहेको सबैले जान्दछन्, तर कुनै वेला उनी ड्रग्सको चर्को आदतमा फसेका थिए । रकस्टार फिल्म सुटिङका दौरान एउटा ‘सिन’ दिने क्रममा कपुर निकै काँपिरहेका थिए । तत्काल ड्रग्स लिएर मात्रै फेरि सुटिङमा सामेल हुनुपरेको थियो । यो कुरा कपुर आफैँले एक अन्तर्वार्तामा बताइसकेका छन् । स्कुले जीवनदेखि नै आफू ड्रग्सको आदतमा फसेको बताउने कपुर अहिले यो लतबाट उम्किसकेका छन् ।
कोकिन कारोबारी थिए फरदिन खान चर्चित निर्माता/निर्देशक फिरोज खानका एक्लो छोरो हुनुको दम देखाउन नसकेको आलोचना बलिउडमा फरदिन खानले खेप्ने गरेका छन् । उनका कुर्बानी, धर्मात्मा, जबाबलगायत कुनै पनि फिल्म चम्किन सकेनन् । बरु, ड्रगका कारण उनको जीवनमा दाग लाग्यो । ५ मे २००१ मा खान कोकिनसहित पक्राउ परे । डिलरसँग कोकिन खरिद गरेको आरोपमा मुद्दा खेपेका खान सन् २०१२ मा अदालतले मुद्दा अघि नबढाउने निर्णय लिएपछि जोगिएका थिए ।
६ वर्षमै कोकिन सेवन गर्थे रोबर्ट डाउनी जुनियर ‘आइरन म्यान’को भूमिकाले हलिउडमा थप चर्चित बनेका रोबर्ट डाउनी जुनियर जीवनको मोडमा सबैभन्दा बढी कमाइ गर्ने अभिनेताका रूपमा उभिन सफल भए । तर, डाउनी जुनियरको विगत ड्रगमा फसेको देखिन्छ । ६ वर्षको उमेरदेखि उनले ड्रग सेवन सुरु गरेका थिए । फिल्म निर्माता रहेका बुबासमेत ड्रग सेवक भएकाले डाउनी जुनियर हेरोइन र कोकिनको लतमा फस्न पुगेका थिए । सन् १९९६ अप्रिलमा उनी हेरोइन, कोकिन र पेस्तोलसहित पक्राउ परेका थिए । त्यसपछि पटक–पटक पुनस्र्थापना केन्द्रमा राखेर उनको लत छुटाइएको थियो ।
नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending