Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सिस्नोले रोजगारी सुरक्षित

\"bajura_district\"२५ असार, बाजुरा । मानाकोट–८ की राजदेवी रोकाया अहिले घरको कामधन्दाबाट बचेको समयमा सिस्नो टिपेर सुकाउने गरेकी छन् । उनले घरमै बसेर फुर्सदमा गरिएको कामले मनग्य आम्दानी हुने देखेपछि सो काम सुरु गरेकी हुन् । गाईभैंसीलाई पकाएर खुवाउने काममा मात्र काम लाग्ने र प्रयोगविहीन सिस्नो मान्छेले खाँदा स्वास्थ्यलाई फाइदा हुने र बजारमा यसको खोजी हुने कुरा थाहा पाएपछि अहिले गाउँमा सिस्नो सुकाएर जम्मा गर्ने चटारो चलेको हो । छतारा गाविसका केशव बुढा पनि गाउँमा आफू पनि सिस्नो टिप्छन् र गाउँलेलाई समेत यहीँ काम गर्न अनुरोध गर्ने गरेका छन् । गाउँमा पहिले पहिले सिस्नो खानेलाई हेपिन्थ्यो । घरमा खान नपुगेकाले सिस्नो खान्छन् । यस्ता कुराले यसभन्दा अगाडि गाउँमा सिस्नोको प्रयोगमा कमी आएको थियो । केही महिनायता जुगाडाका भीमबहादुर रोकायासमेत सिस्नो टिपेर सुकाउने अभियानमा लागेका छन् । गाउँभरि सार्वजनिक जग्गा, खेत, बारीको कान्ला र वनमा हुने सिस्नो सङ्कलन गरेर यहाँका स्थानीय बजारमा बिक्री हुने देखेपछि आफू पनि यसमा लागेको रोकायाले बताए । चालीस केजी हरियो ९काँचो० सिस्नो सुकाएर पाउडर बनाउँदा जम्मा तीन केजी मात्र हुने गरेको छ । सिस्नोका मोटो र कडा पात सुकाउन नमिल्ने र मुनाहरु मात्र सुकाएकोलाई उद्योगले खदिर गर्ने सर्त राखेकाले पनि यसो हुने गरेको छ । ‘सिस्नोको मुना मात्र सङ्कलन गरेमा गुणस्तरीय हुन्छ । स्वादिलो पनि हुन्छ’, दहकोट गाविसका रामचन्द्र शार्कीले भने । गाउँमा पाइने सिस्नो सङ्कलन गरेर गुस्तरीयता ल्याउनमा केही समस्या भएको सृजना मसला उद्योगका सञ्चालक अमर खड्काले बताए । ‘हामीले सङ्कलन गरेका सिस्नोलाई मेसिनमा पिस्ने गरेका छौँ । सङ्कलनकर्ताले सिस्नो सङ्कलन गरेर राम्रोसँग सुकाएन भने हाम्रो सामानमा गुस्तरीयताको प्रश्न हुन्छ ।’ यसको सङ्कलनपछि गुस्तरीयतामा समेत सचेत रहन जरुरी छ । गाउँमा सिस्नो सङ्कलन गर्ने प्रचलन थिएन अहिले हामीले किन्न सुरु गरेका छौँ । त्यस कारण केही गाउँलेले सुरु गरेको खड्काले बताए । स्थानीय बजारमा प्रतिकेजी २०० का दरले बिक्री हुने गरेको छ । ‘सङ्कलनकर्ताबाट आएको सिस्नोलाई पिसेर प्याकिङ गरेर बजारमा लिने गरेका छौँ । ’ स्थानीयवासीले आफ्नै मुट्ठीमा हिरा भए पनि चिन्न नसकेकाले आम्दानी हुन सकेको छैन । नत्र जिल्लाले सिस्नोबाट मात्र थुप्रो आम्दानी गर्न सक्ने अवसर रहेको छ । बहुसरोकारवाला वन कार्यक्रमले उद्यमीलाई र उद्यमशीलतामा उन्मुखका लागि केही सहयोगी कार्यक्रम ल्याएको जानकारी मिस बाजुराका अध्यक्ष तुलसी रोकायाले दिए । जिल्लामा अबका दिनमा बहुसरोकारवाला वन कार्यक्रमले सङ्कलनका लागि चिम्टा, चक्कु र पञ्जा सहयोग गर्ने बताएको छ । कार्यक्रमका जिल्ला संयोजक पवीन्द्र शाहीले बजारसँग सम्बन्ध विस्तार, लेबलिङलगायतका काममा सहयोग गर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending