Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

विप्लवले भने, ‘तिम्रो बन्दुकको एकलौटी दास भएर बस्दैनौं’

\"IMG_4354\"२५ असार, काठमाडौं । उद्घोषकले मौसमको चापका कारण भन्दै कार्यक्रम निकै छोटो गर्ने संकेत गर्दै थिए ।  विप्लव माओवादीका नेता धमेन्द्र बास्तोला बोल्दै थिए । आइचरको माथि दुई कुर्सी थिए । एउटामा विप्लव थिए, सँगै तिलक परियार । वास्तोलाले बोलेपछि सञ्चालकले विप्लवतिर इशारा गर्दै गर्दा रत्नपार्कमा छुट्टै उत्साह छायाे । रक्तरन्जित भेषमा सजिएका उनका कार्यकर्तालाई विप्लवले संबोधनको सुरुवात गर्दै गर्दा ताली पिट्न हतार हुन्थ्यो । भाषणको सुरुवातमै राज्यमाथी तिखा शब्दहरुको प्रहार गर्न थालेका उनले करिब पौने घण्टा सम्म सम्बोधन गरे । ‘नेपालको राष्ट्रियता माथि प्रश्न उठेको छ । नेपाली जनताको अधिकार माथि प्रश्न उठेको छ ।’ विप्लव बोल्दै चार दलबीच भएको १६ बँदे सहमति माथि खबरदारी गर्दै थिए, ‘जनताको अधिकारमाथि सिंहदरबार र विआईसीसीमा बसेर षड्यन्त्र हुँदैछ ।’ विप्लवले यसो भन्दै गर्दा कार्यकर्तामा तालीको पारो बढ्दै जान्थ्यो ।  विप्लव झनै जोसीदै जान्थे । ‘हाम्रो देशको अस्मिता माथि कुनै पनि देशले आँखा लगाउन पाउँदैन । हाम्रो पुर्खाहरुले टिकाएको हाम्रो देश माथि कसैले गिद्धे दृष्टि नलगाओस्,’ विप्लव भन्दै थिए, ‘हामी युवाहरु  देशको सार्वभौमिकताको पक्षमा लड्दै छौं । तर सरकारले सुनीरहेको छैन । सरकारले देखिरहेको छैन ।’ विप्लवको यस्तो वाक्य फूट्दै गर्दा उनका कार्यकर्ता सिटि फूक्थे । उनी झनै जोसिदै थिए । पसिना आउँदै थियो । विप्लव एक हातले औंला ठाडो पार्दै अर्को हातले पसिना पुछ्दै भन्दै थिए, ‘ राज्यले जनतालाई माग्ने बनायो, रैती बनायो ।’ निकै आक्रमक बनेका उनी राज्यलाई रत्नपार्क बाटै चुनौति दिँदै थिए, ‘नेपालीहरुलाई हेप्नेहरु माथि रत्नपार्कको राता माओवादीहरु राज्यका लागि चुनौती हो, ।’ सेतो सर्ट, र हाप ज्याकेटमा देखिएका उनी पटक पटक जोसीन्थे ।  भारत र चीनले गरेको लिपुलेक सम्झौतामा नेपाली भूमिको अतिक्रमण भएको भन्दै उनले रत्नपार्कबाटै चुनौति दिए, ‘नेपाली जनतालाई एक बचन पनि नसोधीकन जसरी लिपुलेक सम्झौता गरियो, भारत चीन तिमीहरु धनि हौला, शक्तिशाली हौला तर बेइजिङ र दिल्लीमा नेपाली जनताको स्वाधिनताको निर्णय गर्ने अधिकार तिमीहरुसँग छैन ।’ उनले भारत र चीनले लिपुलेक सम्झौता गरेको दुई महिना सम्म सरकार नबोल्नुले राज्य गुलाम तिर लागेको स्पष्ट पारे । ‘नेपाली जनतालाई दमन गर्न नेपाली जनतामाथि षड्यन्त्र गर्न राती कानुन बनाउने, विदेशी हेप्ता राज्य चुपो लागेर बस्ने ?’ उनले प्रश्न गरे, ‘तिमीहरुलाई देशको माया छ भने किन बोल्दैनौ ? सरकार तिमी के भिकारी हौ ? के तिमीलाई सत्ता जान्छ भन्ने डर छ ?’ उनले आफूहरुले सिमानामा झण्डा गाडेरै छाड्ने उद्घोष गरे ।  सरकारले सशस्त्र प्रहरीलाई गोली हान्न दिएको अधिकार माओवादी विरुद्ध परिचालीत गर्ने कुत्सीत उद्देश्यले आएको भन्दै उनले आफूहरु त्यसका विरुद्ध १० औं वर्ष लडेर देखाइदिने चुनौति दिए । ‘स्वाधिनता र नागरिकको पक्षमा बोल्न पाउने अधिकार छ । हामी देशको बारेमा चिन्तीत छौं ।’ भाषण अवधिभर  कार्यकर्ता निकै उत्साहित भएर सुन्दै थिए । अधिकांश उनको भाषण रेकर्ड गर्न व्यस्त थिउ । विप्लवले माओवादी नेताहरुको समेत आलोचना गर्न भ्याए । ‘एक दुइ जना माओवादीलाई दुई तिन करोडको बिल्डिङ बनाइदिएर माओवादी सकिँदैन ।’ संसदवादीलाई चुनौती दिँदै विप्लवले भने, ‘कांग्रेस एमालेले नेपाली जनता विरुद्ध षड्यन्त्र गर्यौ भने तिम्रो बन्दुकको एकलौटी दास भएर बस्दैनौं ।’ भूकम्प पछिको पूनर्निमार्णमा दलीय नाटकको विप्लवले चर्को विरोध गरे । ‘हामीले १५ सय घर टहरा बनायौं । तर काठमाडौंमा पत्रकार बोलाएर टोपी लगाएर देखाउनेहरु २७ हजार घर बनाएको डाटा देखाउँछन् ।’ विप्लवले भने, ‘तिमीहरुले २७ हजार टहरा होइन २७ हजारको रक्सी खायौ ।’ भूकम्पपछिको राहत बेचेर खानेहरु विप्लव खरो रुपमा उत्रिए । ‘त्रिपाल बेचेर खानेहरु, राहतको चामल लुकाउनेहरु यहि हो प्रजातन्त्र ?’ उनी भन्थे, ‘यस्तो प्रजातन्त्रलाई बुटले कुल्चेर हिड्नुपर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending