Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

जनयुद्धमा चर्चबाट पैसा खाएकोले अहिले धर्म विवादमा

२६ असार, काठमाडौं । बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाले जनयुद्धमा एमाओवादीले चर्चबाट पैसा लिएकाले अहिले धर्म विवादमा परेको बताएका छन् । उनले धर्मलाई विवादमा ल्याउन नाटक रचिइरहेको दाबी गरे । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ बृहत् आध्यात्मिक परिषद् गोरक्षपीठ मृगस्थली, बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ श्रम देवघाट र ओम् वासुकीचौर गोरक्षपीठ भुवनेश्वरी कोटीहोमस्थल संरक्षण समिति बल्खुले शुक्रबार मृगस्थलीमा आयोजना गरेको संयुक्त अभिनन्दन कार्यक्रममा देवकोटाले भने, ‘आन्दोलनताका चर्चहरूले माओवादीलाई लगानी गरे । नेपाल सायद विश्वको एकमात्र राष्ट्र होला, जहाँ कम्युनिस्ट आन्दोलन चर्चको सहयोगले सफल भयो ।’ उनले नेताहरूले राष्ट्र के हो भन्ने नबुझेको तर्क गरे । उनले थपे, ‘नेपाललाई कहिले प्रचण्डले मेरो राज्य भन्छन् कहिले ज्ञानेन्द्रले । यो नेपाल आखिर कसको हो ? १८ हजार मानिस मार्ने अन्धाहरू विदेशी उक्साहटमा आँखामा पट्टी बाँधिएका अवस्थामा छन् । तिनबाट देशमा केही हुनेवाला छैन । यही कारण अहिले धर्मबारे विवाद सुरु भएको हो ।’ देवकोटाले कुनै धर्म, शासक र अन्य कसैलाई पनि हस्तक्षेप नगर्ने हिन्दु धर्ममाथि किन यसरी प्रहार भइरहेको छ भनी प्रश्न गरेका थिए । उनले हिन्दु धर्म अरूजस्तो कठोर नभएको, सबै धर्मलाई उत्तिकै आदर गरिरहेको र प्रतिरोधसमेत नगरेकाले कमजोर ठानिएको बताए । उनले भने, ‘यो हिन्दुहरूको कमजोरी होइन, विशेषता हो । हिन्दुले कुनै धर्मको मन्दिर वा भवनको एउटा पनि इँट उप्काएका छैनन् तर अरूले किन उप्काइरहेका छन् ?’ योगी नरहरिनाथले ४५ वर्षअघि नेपालका बारेमा बोलेको सन्दर्भ यतिबेला सार्थक भइरहेको उनको भनाइ छ । उनले भने, ‘नरहरिनाथले त्यतिबेलै पनि राजनीतिका कारण नेपाल धमिलो भयो भनेर नेपाल कर्मवीर पार्टी खोली नुवाकोटबाट आन्दोलन सुरु गरेका थिए । निर्भीक उनका बारेमा सहकर्मी जर्मन डाक्टरले नरहरिनाथले जति नेपाललाई गम्भीर ढंगले कसैले अध्ययन नगरेको बताएका थिए ।’ कार्यक्रममा गृहसचिव सूर्यप्रसाद सिलवालले २०५४ सालमा प्रकाशित योगी नरहरिनाथ अभिनन्दन ग्रन्थ प्रकाशन गर्ने डा. स्वामी प्रपन्नाचार्य, डा. गोविन्द टन्डन, डा. घटराज भट्टराई, डा. चिन्तामणि योगी र डा. मुकुन्दराज अर्याललाई अभिनन्दन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending