Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

एमालेले इतिहासमै विवादित भनेका मन्त्रीको हर्कत यस्तो छ

\"Nppcn-uml\"२६ असार, कामठाडौं । पार्टीको तर्फबाट सरकारमा पठाएका अधिकांश मन्त्री विवादमा तानिएको भन्दै एमालेले संस्थागत रूपमै मन्त्रीहरूको समीक्षा गर्दै छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ मन्त्रीहरूको काम–कारबाही, आचरण र गतिविधि समीक्षा गर्नकै लागि शनिबार स्थायी समितिको बैठक बस्दै छ । मंगलबार बसेको स्थायी समिति बैठकमा सदस्यहरूले ‘एमालेका मन्त्रीहरू इतिहासमै धेरै विवादित भएको’ भन्दै समीक्षा गर्नुपर्ने माग गरेपछि शनिबार बस्ने बैठकको एजेन्डा बनाइएको हो । एमालेले सरकारमा १० मन्त्रालय सम्हालिरहेको छ । विवादकै कारण अहिलेसम्म चार मन्त्री फेरिएका छन् । तत्कालीन पर्यटनमन्त्रीद्वय भीमप्रसाद आचार्य र दीपकचन्द्र अमात्य तथा तत्कालीन उद्योगमन्त्री कर्णबहादुर थापालाई हटाउँदा र नयाँ पठाउँदा संस्थागत निर्णय नभएको भन्दै पार्टीभित्र नेतृत्वको आलोचना भएको थियो । बैठकमा हटाइएका मन्त्रीहरूको पनि समीक्षा हुने एमालेले जनाएको छ । १५ दिनअघि बसेको स्थायी समिति बैठकमा उपाध्यक्ष विद्या भण्डारीले अमात्यलाई हटाएर पर्यटनमन्त्री बनाइएका कृपासुर शेर्पाले छोरालाई नागरिकता नदिएको विषयमा छलफल गर्नुपर्ने अडान लिएपछि बैठकको एजेन्डा बनाइएको थियो । तर, पछि अध्यक्ष केपी ओलीकै पहलमा मन्त्री शेर्पाको छोराको नागरिकता विवाद सुल्झिएको थियो । धान दिवसका अवसरमा आयोजित कार्यक्रममा सोझा–सीधा महिलामाथि अभद्र व्यवहार गरेका तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीले पार्टीभित्र र बाहिरको दबाब थेग्न नसकेपछि राजीनामा दिएका थिए । राजीनामा दिए पनि उनको विषयमा पार्टीभित्र छलफल चलाउनुपर्ने भन्दै एमाले नेतृहरूले माग गर्दै आएका छन् । अधिकांश मन्त्री विवादित ‘यसपालि नेकपा एमालेले पठाएका मन्त्रीहरूद्वारा पार्टीलाई लाजमर्दो बनाउने क्रम बढ्दो छ । दुईजनासम्म चोखै फर्कन्छन् कि ?’ तीनपटक मन्त्री र १० वर्ष पार्टीको उपल्लो निकाय स्थायी समितिमा बसेर काम गरिसकेका नेता प्रदीप नेपालले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको माथिको स्टाटसले यसपटक सरकारमा सहभागी एमाले मन्त्रीहरूको चरित्र र गतिविधिको संकेत गर्छ । धान दिवसका अवसरमा मुलपानीमा आयोजित कार्यक्रममा तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीले महिलामाथि गरेको अभद्र व्यवहारपछि नेता नेपालले उक्त स्टाटस लेखेका हुन् । हुन पनि यसपटक एमाले मन्त्रीहरू पालैपालो विवादमा तानिए । १० मन्त्रालय भागमा परे पनि एमालेबाट यसपटक १३ जना मन्त्री भइसकेका छन् । डिभी, पिआर प्राप्त सरकारी अधिकारीलाई कारबाही गर्ने सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितबारे नकारात्मक टिप्पणी भएको छैन । कर्णबहादुर थापाको ठाउँमा गएका उद्योगमन्त्री महेश बस्नेतको पनि कामका सन्दर्भमा एमाले पंक्तिमा आलोचना हुने गरेको पाइँदैन । को कस्तो विवादमा  ? वामदेव गौतम, उपप्रधानमन्त्री सरकारमा पार्टीको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम सुरुमै नेपाल प्रहरीको एआइजी बढुवामा विवादमा मुछिए । विवादकै कारण सात हुनुपर्नेमा दुई दरबन्दी थपेर ९ एआइजी बनाइयो । त्यसमा पैसाको चलखेल भएको आरोप लाग्यो । भिसा प्रोसेसिङको जिम्मा विदेशी कम्पनीलाई दिन गौतमले चालेको कदमको पनि सर्वत्र विरोध भयो । चर्को विरोधपछि उक्त निर्णय हुन सकेन । बिना प्रतिस्पर्धा हतियार खरिदको जिम्मा चिनियाँ कम्पनीलाई दिने निणर्यले त गृहमन्त्री गौतमलाई झन् धेरै विवादित बनायो । हतियार खरिद गर्दा कम्तिमा तीन देशका कम्पनीविच प्रतिस्पर्धा गराउनुपर्ने पुरानो नियम उनले संशोधन गराएका थिए । देशको उपप्रधानमन्त्री र गृहमन्त्रीको रूपमा आफ्नो मर्यादा बिर्सेर ट्राफिक प्रहरीले सडकमा राखेको डोरी नाघेपछि गौतम सार्वजनिक आलोचनाको पात्र बने । राधाकुमारी ज्ञवाली, उर्जामन्त्री संवैधानिक व्यवस्था विपरित कानुन सेवाका राजेन्द्रकिशोर क्षेत्रीलाई ऊर्जा सचिव बनाएर मन्त्री राधा ज्ञवाली विवादमा तानिइन् । उनको निर्णयविरुद्ध प्रशासन सेवाका कर्मचारी विरोधमा उत्रिए । विद्युत प्राधिकरणको सहायक चिलिमे जलविद्युत कम्पनीका प्रवन्ध सञ्चालक कुलमान घिसिङलाई हस्तक्षेप गरेर हटाएपछि उनी थप विवाद मुछिइन । चिलिमेको प्रवन्ध सञ्चालक सहायक कम्पनीको अध्यक्ष हुने ब्यवस्था पनि उनले हटाउन लगाइन् । ज्ञवालीको निर्णय विरुद्ध आयोजना निर्माणस्थल रसुवाका बासिन्दा करिव २ महिना आन्दोलनमा उत्रिए । चिलिमेको अगुवाईमा निर्माण भइरहेका ३ आयोजनाको निर्माण पनि अवरुद्ध भयो । मन्त्री ज्ञवाली १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको परामर्शदाता छनौट प्रक्रियामा पनि विवादमा तानिइन् । ऋण लगानी गर्ने एसियाली विकास बैंक९एडिबी०को सुपरिवेक्षण परामर्शदाता छनोट मूल्यांकन प्रक्रियामाथि विश्वसनीयताको प्रश्न उठाउँदै उनले छनोट प्रक्रिया रद्द गरिन । ठेक्का प्रक्रियामा सहभागी कम्पनीको स्थानीय दलालको चलखेलमा छनोट प्रक्रिया रद्द गरेको आरोप उनीमाथि लाग्यो । लगानी जुटिसकेको आयोजनालाई अन्यौलमा पारेको भन्दै मन्त्री ज्ञवालीको चौतर्फी विरोध भएपछि उनको निर्णय मन्त्रिपरिषद्ले उल्टायो । एडिबीले गरेको मुल्याङकनै आधारमा परामर्शदाता छनौट गर्ने प्रस्ताव मन्त्रिपरिषद्ले स्विकृत गर्‍यो । कर्मचारी पठाउनु पर्ने कार्यक्रममा भाग लिन मन्त्री ज्ञवाली आफै २६ चैतमा बुढीगण्डकी जलविद्युत आयोजनाका ठेकेदारको खर्चमा फ्रान्स गएपछि निकै आलोचना भयो । निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको अलिहेसम्मकै सबैभन्दा बढी १ अर्ब ९ करोड ३८ लाख रूपैयाँको लागत स्विकृतिमा पनि उनी विवादमा तानिइन् । ज्ञवाली अध्यक्ष रहेको प्राधिकरण सञ्चालक समितिले कमजोर भु–वनोटका कारण साँघुरिएको सुरुङ खुलाउन एक अर्ब ९ करोड ३८ लाख रूपैयाँ ९भ्याट सहित०को लागत स्विकृत गरेको थियो । चलनचल्तीको भन्दा बढी दर स्वीकृत गरि अनियमितरूपमा लागत स्वीकृत गरेको भन्दै संसदको लेखा समितिले भुक्तानी रोक्न निर्देशन दिएको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि यसबारे छानबिन गरिरहेको छ । दलबहादुर राना, भुमिसुधारमन्त्री विद्यमान ऐन कानुनको अध्ययन नै नगरि सुकुम्वासी आयोग गठन गरेका कारण भूमीसुधार मन्त्री दलबहादुर राना एमालेभित्रै चर्को आलोचना भयो । आयोगका साथै जिल्ला–जिल्लामा गठन भईसकेको भूमिसुधार समित सर्वोच्च अदालतले खारेज गरिदियो । काम पाईसकेका सयौं एमाले कार्यकर्ता मन्त्रीको काँचो कामका कारण बेरोजगार भए । पुरुषोत्तम पौडेल, युवा तथा खेलकुदमन्त्री मन्त्री पौडेल राष्ट्रय खेलकुद परिषद्को सदस्य सचिव नियुक्ती प्रकरणले विवादमा तानिए । पार्टी अध्यक्ष केपी ओलीले नगर्नु भन्दा भन्दै उनले खेलकुद महासंघका कार्यबाहक महासचिव केशव विष्टलाई सदस्य सचिव नियुक्त गरे । त्यसले पार्टीभित्र ठूलै खैलाबैला मच्चियो । अध्यक्ष ओलीले मन्त्रीको राजीनामा नै मागे । त्यसको विरोधमा माधव नेपाल समुहले ओली विरुद्ध हस्ताक्षर अभियान नै चलायो । कृपासुर शेर्पा, पर्यटनमन्त्री मन्त्री नियुक्त भएकै दिनदेखि शेर्पा विवादमा तानिए । छोरा गणेश शेर्पालाई नागरिकता नदिएको विषयले उनको झण्डै मन्त्री पद नै फुस्किने अवस्थामा पुग्यो । पार्टी उपाध्यक्ष विद्या भण्डारीले स्थायी समिति त्यसलाई बैठकको एजेण्डा नै बनाईन । तर, अध्यक्ष केपी ओलीको पहलमा विवाद साम्य भयो । मन्त्री शेर्पा छोरालाई नागरिकता दिलाउन वाध्य भए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy