Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नामाकंन सीमाङकन टुंग्याएर संविधान जारी गर्न राष्ट्रपतिको आग्रह

\"Ram_Baran_Yadav\"२६ असार, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले संघीयताको विषय टुंग्याएर पूर्ण संविधान ल्याउन प्रमुख चार दलका शीर्ष नेतालाई आग्रह गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेतालाई शुक्रबार शीतलनिवास बोलाएर राष्ट्रपति यादवले प्रदेशको नामांकन र सीमांकनसमेत टुंग्याएर पूर्ण संविधान ल्याउन आग्रह गरेका हुन् । १६ बुँदे सहमतिपछि बनेको मस्यौदा संविधानका विषयमा जानकारी लिन राष्ट्रपति यादवले प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले उपाध्यक्ष विद्या भण्डारी, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई शीतलनिवास बोलाएका थिए । यादवले आफू राष्ट्रपति भएर बिताएको सात वर्षको अनुभवसमेत सुनाउँदै संघीयता संविधानको प्रमुख मुद्दा भएकाले यसमा ख्याल पुर्‍याउन आग्रह गरे । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार संघीयता टुंग्याएर संविधान जारी गर्नेसहितका विषयमा राष्ट्रपतिले दलका नेताहरूको ध्यानाकर्षण गराएका थिए । ‘मैले सात वर्षसम्म कार्यालयमा बसेर अनुभव गरेको छु, मेरा अनुभवका केही कुरा राख्छु,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै दाहालले भने, ‘संविधानमा संघीयता प्रमुख मुद्दा हो । संघीयताको विषय टुंग्याएर संविधान जारी गर्दा राम्रो होला ।’ संविधानका मस्यौदामाथि छलफलमा पर्याप्त समय नदिइएको गुनासो आएको भन्दै यादवले जनता र अन्य दललाई गुनासो गर्ने ठाउँ नदिन पनि नेताहरूलाई आग्रह गरे । ‘छलफलका निम्ति समय पर्याप्त भएन कि भन्ने गुनासो आएका छन् । यस्तो गुनासो आउने अवस्था नदिनुस्,’ यादवले भने, ‘छलफलका लागि समय पुगेन भन्ने गुनासो नरहोस् ।’ संविधानसभाबाट संविधान बनाउने सात सालदेखिको सपना रहेको र मस्यौदा आएपछि सपना साकार हँुदै जानु सन्तोषको विषय भएको उनले बताए । संविधानसभाबाट संविधान बनाउने सपना साकार पार्न लागेकामा उनले दलका नेतालाई धन्यवाद पनि दिए । मस्यौदामाथि पर्याप्त छलफल गराएर जनतालाई ‘मेरो संविधान हो’ भन्ने सन्देश दिन राष्ट्रपतिले सुझाए । उनले आफूले सबैको स्वामित्व हुनेगरी संविधान बनाउन गरेको आग्रहलाई कार्यकाल लम्ब्याउन खोजेको रूपमा नबुझ्नसमेत राष्ट्रपतिले आग्रह गरे । ‘सबैको भावना समेटियोस् भनेको मात्र हुँ, यस्तो भन्दा राष्ट्रपतिले कार्यकाल लम्ब्याउन खोजेको भन्ने नबुझ्नुस्,’ राष्ट्रपतिले भने, ‘संविधान जारी गर्ने मैले नै हो । संविधान जारी गरेलगत्तै म बिदा हुन तयार छु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending