Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

प्रस्तावित नियमावलीप्रति एमालेमा रडाको

२७ असार, काठमाडौं । एमालेको प्रस्तावित नियमावलीप्रति स्थायी समिति सदस्यले असन्तुष्टि राखेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ नियमावलीका केही प्रावधान विधानभन्दा बाहिरबाट आएको उनीहरूले बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको स्थायी समिति बैठकमा प्रस्तावित नियमावलीबारे छलफल भएको थियो । सचिवालयका तर्फबाट महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत नियमावलीमाथि शनिबार युवराज ज्ञवाली, अमृत बोहरा, योगेश भट्टराई र किरण गुरुङले धारणा राखेका थिए । नेताहरूले सचिवालय संख्या बढाउनेलगायतका प्रावधानप्रति असन्तुष्टि राखेका हुन् । अहिले सचिवालय नौ सदस्यीय हुने प्रावधान छ । नियमित बैठक बस्नुपर्ने निकाय त्योभन्दा ठूलो बनाउँदा बैठक बसाउन नै गाह्रो हुने भन्दै पुरानै सदस्यसंख्या कायम राख्नुपर्ने शनिबार बोल्ने सदस्यहरूको धारणा छ । प्रस्तावित नियमावलीको परिच्छेद ५ को १८ नं. बुँदामा उल्लेखित पदपूर्तिसम्बन्धी व्यवस्थाप्रति पनि सदस्यहरूले आपत्ति जनाएका छन् । सो बुँदामा भनिएको छ, ‘केन्द्रीय कमिटीका पदाधिकारीहरूको पदपूर्ति राष्ट्रिय प्रतिनिधि परिषद्ले केन्द्रीय कमिटीका अन्य पदाधिकारी, सदस्य वा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमध्येबाट गर्ने ।’ तर, विधानमा पोलिटब्युरो सदस्य मात्र पदाधिकारी हुनसक्ने भन्ने भएकाले विधानविपरीत भन्दै बैठकमा विरोध भएको स्रोतले बतायो । राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य छान्दा महिलालाई महिलाले मात्र र दलितलाई दलितले मात्र मतदान गर्ने प्रस्तावित नियम सच्याउनुपर्ने पनि सदस्यहरूले बताएका थिए । यसको सट्टा सबैले मतदान गर्ने, तर विधानको धारा १५ क। ७ अनुसार महिलाको दुई पार्टी सदस्य पुगेपछि एक परिषद् सदस्य हुने र दलितको १५० पार्टी सदस्य पुगेपछि एक परिषद् सदस्य हुने व्यवस्था गर्नुपर्ने धारणा उनीहरूको छ । नियमावलीमा राजकीय क्षेत्रको जिम्मेवारी पाएका व्यक्तिलाई भूगोलको प्रमुख जिम्मा नदिने उल्लेख गर्नुपर्ने, केन्द्रीय सचिवालयमा आर्थिक विभाग प्रमुखलाई पदेन राख्न नहुने, नियम २६ क। मा रहेको ‘प्रगतिशील तथा पेसागत इन्जिनियर्स एसोसिएसन’लाई जन संगठनमा राख्न नहुनेलगायतका सुझाब पनि आएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । त्यस्तै, केन्द्रीय सदस्यहरूले जहाँ जाँदा पनि अध्यक्षको अनुमति लिनुपर्ने प्रस्तावित प्रावधान व्यावहारिक नभएको भन्दै ‘जानकारी गराएर जाने’ भन्ने वाक्यांश राख्न पनि बैठकमा सदस्यहरूले सुझाब दिएका छन् । प्रस्तावित नियमावलीमा संगठन विभागको अधिकार बढी भएको भन्दै केही कटौती गर्न माग गरिएको स्थायी समितिका एक सदस्यले बताए । एमालेका मन्त्रीहरूको कामको समीक्षा बैठकको एजेन्डा भए पनि शनिबार त्यसबारे छलफल भएन । प्रस्तावित नियमावलीमाथि सदस्यहरूले बोल्ने क्रम नसकिएकाले स्थायी समितिको अर्को बैठक ३१ असारका लागि बोलाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending