Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

आठ देशमा प्रत्यक्ष दर्ता प्रणालीबाट राहदानी

२७ असार, काठमाडौं । सरकारले विदेशमा प्रत्यक्ष दर्ता प्रणालीमार्फत मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गर्ने भएको छ । आजको नयाँ पत्रिका दैनिका खबर छ धेरै चाप हुने आठ देशमा करिब तीन महिनामा यो प्रणाली लागू हुँदै छ । अमेरिका, बेलायत, मलेसिया, युएई, कतार, कुवेत, साउदी अरब र हङकङमा प्रत्यक्ष दर्ता प्रणाली लागू हुन लागेको हो । एमआरपी छाप्ने सम्झौता भएको ओबर्थर कम्पनीलाई थप २५ लाख राहदानीसहित सो प्रणाली स्थापनाको जिम्मा पनि दिइएको छ । ‘कम्पनीले तीन महिनामा उक्त प्रणाली राख्ने बताएको छ,’ विभागका सूचना अधिकृत शरणराज आरनले नयाँ पत्रिकासँग भने, ‘अब चाँडै सम्झौतामा हस्ताक्षर हुन्छ । त्यसपछि प्रक्रिया सुरु भइहाल्छ ।’ प्रत्यक्ष दर्ता प्रणाली लागू भएपछि फोटो खिच्ने, फारम भर्नेलगायतको लामो प्रक्रिया र झन्झटबाट सेवाग्राही मुक्त हुनेछन् । यसले फारममा हुने त्रुटिलाई पनि कम गर्ने विभागले जनाएको छ । हाल विदेशस्थित नेपाली नियोगबाट आउने सयौँ फारम त्रुटिका कारण फिर्ता हुने गरेका छन् । मन्त्रिपरिषद्ले गत साता थप २५ लाख एमआरपी छाप्न ओबर्थर कम्पनीलाई निरन्तरता दिन स्वीकृति दिएसँगै प्रत्यक्ष दर्ता प्रणालीमार्फत एमआरपी वितरण प्रक्रिया सुरु भएको हो । नयाँ अन्तर्राष्ट्रिय टेन्डरमा जाँदा दुई वर्ष लाग्ने भएकाले हाललाई सेवा सुचारु गर्न ओबर्थरलाई नै जिम्मा दिने निर्णय परराष्ट्र मन्त्रालयले लिएको छ । यसअघि ओबर्थरले ४० लाख एमआरपी छपाइको जिम्मा पाएको थियो । झन्डै ३६ लाख एमआरपीको पर्सनलाइजेसन भइसकेको छ । बाँकी चार लाख एमआरपी स्टकमा रहेको र त्यसले तीन महिना धान्ने सूचना अधिकृत आरनले बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले २४ नोभेम्बर ०१५ सम्म हस्तलिखित राहदानी हटाउन समयसीमा तोकेको छ । त्यसअघि नै एमआरपी वितरण गर्न प्रत्यक्ष दर्ता प्रणाली प्रभावकारी हुने राहदानी विभागको विश्वास छ । तर, अझै कति नेपालीसँग हस्तलिखित राहदानी छ भन्ने तथ्यांक विभागसँग छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending