Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सुर्तीजन्य पदार्थ प्याकेटमा ९० प्रतिशत चित्रात्मक सन्देश कार्यान्वयन हुँदै

२७ असार, काठमाडौं । सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्रात्मक सन्देश छाप्नुपर्ने सरकारी नियम विदेशी उत्पादकले कार्यान्वयन गर्न लागेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ नियम लागू गर्न अटेर गर्ने नेपाली उत्पादकलाई सरकारले कारबाही गर्ने भएको छ । नेपाल आउने विदेशी उत्पादन मार्लबोरो चुरोटको प्याकेटमा सरकारले तोकेको चित्रात्मक सन्देश राख्न लागिएको छ । नेपाल आउने मार्लबोरो चुरोट फिलिप मोरिस कम्पनी इन्डोनेसियाको उत्पादन हो । सो कम्पनीले आगामी साउनदेखि नेपाली बजारमा बिक्री हुने आफ्ना उत्पादनको प्याकेटमा चित्रात्मक सन्देश छपाउने तयारी गरेको छ । मार्लबोरोको नमुना प्याकेटमा सरकारले तोकेका चारवटै सन्देश मापदण्डअनुसार उल्लेख छन् । तर, सन्देशमा केही प्राविधिक त्रुटि छन् । त्रुटि सच्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी र मार्लबोरो चुरोटका नेपालस्थित वितरकबीच आइतबार वार्ता हुँदै छ । स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनील शर्माले फिलिप मोरिस कम्पनीले सरकारी नियमअनुसार प्याकेटको ९० प्रतिशत भागमा चित्रांकित सन्देश छपाई बजार पठाउने तयारी गरेको जानकारी आफूले पाएको बताए । उनका अनुसार कम्पनीले प्याकेटको नमुनामा उल्लेखित शब्दमा प्राविधिक गल्ती देखिएपछि सच्याएर बजार पठाउने तयारी गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ कात्तिकमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, ०७१ संशोधन गरेको थियो । सो संशोधनसँगै सुर्तीजन्य पदार्थको प्याकेटमा राखिँदै आएको ७५ प्रतिशत चेतावनीमूलक सन्देशलाई बढाएर ९० प्रतिशत पुर्‍याइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending