जस्तो भएपनि भ्रमपूर्ण सिद्धान्तको बेहुलो तयार छ, जन्ती आफन्त भन्दा पराई बढी नै छन् । ती जन्ती बाबुरामलाई यो घरबाट निस्केको हेर्ने उत्सव पर्खेर बसेका छन् । उनीहरु भन्छन्, ‘गोकर्ण, गगन र रविन्द्रको मायाजालयुक्त नयाँ घरमा सिद्धान्त र सपनाको खेती सपारिने छ ।’ हवाई परिकल्पनामा आधारबिनाको नयाँघर दिन दुगुना रात चौगुना आकासिने छ । जहाँबाट हेर्दा प्रचण्ड कलन्त, टिठलाग्दा र फुच्चे देखिने छन् । यो यात्रा नहोस् तर यात्रा कसैको चाहले रोकिँदैन भने उर्जापूर्ण नयाँ राजनीतिक जाँगर चलोस्वहसमा पुर्ननिर्माण छ, विकास छ र उन्नती छ । विकासको वर्ग हुन्छ कि हुँदैन । मोदीका नेपाली अनन्य भक्तहरुले महाराष्ट्रको विकास देखेका छन्, अग्ला–अग्ला घर हुनु र चिल्ला फराकिला सडक हुनु हाम्रोमा विकासको परिभाषा हो । अग्ला घरको सियालमा परेका स–सान झुपडीले विकासको घाम कसरी देख्न सक्छन् हामीसँग अन्दाज छ र स्पष्ट योजना छैन । महाराष्ट्रको विकास सर्वहारा पक्षीय विकास होइन । यो केही कर्पोरेट हाउसहरुको विकास हो । मोदीको झण्डै डेढ दशक लामो शासन कालमा कर्पोरेट हाउसहरुले आफ्नो नाफा लागतको तुलनामा २० औं गुणा असुले । यसले मानचित्रमा गुजरात विशाल अर्थतन्त्रका रुपमा त उठ्यो नै सँगसँगै धनी र गरिवका बीचको खाडल झन् गहिरियो । आजका दिनको चिनियाँ चासोपनि यही खाडल हो । हुने र नहुनेहरुका बीचको दुरी चीनमा पनि लम्बिँदो छ । हामी विकासको कुन मोडलमा जान चाहन्छौं ? हामीभन्दा कयौं गुणा आर्थिक, बौद्धिक र सांस्कृतिक हिसाबले सम्पन्न ग्रीस सर्तको चपेटाले हकानिएर बरु युरोजोनबाट छुट्टिन तयार हुँदै कठिन निष्कर्षको नजिक पुगेको स्थितीमा हाम्रो विकासको आधार के हो ? हामी कर्मचारीलाई तलब पु¥याउने अर्थतन्त्रको विकास गर्न सकिरहेका छैनौं । यस्तोमा अनुदान र ऋणहरु माक्र्सवादी वा समाजवादी विकासको योजनामा पर्याप्त ढंगले प्राप्त गरिरहन सम्भव छ वा छैन । विकास कुनै परिकल्पना मात्र होइन यो सबल हैसियतको जगमा मात्रै उभिन सक्ने यथार्थता हो, जो हाम्रा निम्ती कठिन छ । पहिलो कुरा राजनीति नै हो । राजनीतिले विकास घिसार्ने हो । विकासले राजनीति घिसारिँदैन । एमाओवादीको घरभित्र के छ, शिर्षासनमा को छन् ? उत्तर सहज छ, प्रचण्ड बाबुराम छन् र बहस छ । बहस तीव्र गतिमा हुँदैन । । उँधोगतिले बहस माग्छ । जितेको बेला बहस हुँदैन, हारेको बेला बहस हुन्छ । जनयुद्ध लडेको पार्टीभित्र यसका उद्देश्यको सारभन्दा परबाट बहस गर्नुको अर्थ हुँदैन । लेनिनको संगठनात्मक सिद्धान्तको घेरामा नअटेपछि कसरी पार्टी पार्टी हुन्छ । तल परेपनि माथि परेपनि वा जसरी पनि जित्न सम्भव छैन र हुँदैन । नियम भित्रबाट जित्नुपर्छ जब जसरी पनिको कुरा आउँछ स्पष्ट हो, हामी इमान्दार छैनौं । हामी इमान्दार छैनौं भने हामी माक्र्सवादी होइनौं । जब हामी माक्र्सवादी हुँदैनौं, तब कम्युनिष्ट पार्टीको झण्डाले लाज छोप्ने लालसा राख्नु भयानक बदमासी हुन्छ ।
बहस तीव्र गतिमा हुँदैन । । उँधोगतिले बहस माग्छ । जितेको बेला बहस हुँदैन, हारेको बेला बहस हुन्छ । जनयुद्ध लडेको पार्टीभित्र यसका उद्देश्यको सारभन्दा परबाट बहस गर्नुको अर्थ हुँदैन । लेनिनको संगठनात्मक सिद्धान्तको घेरामा नअटेपछि कसरी पार्टी पार्टी हुन्छ । तल परेपनि माथि परेपनि वा जसरी पनि जित्न सम्भव छैन र हुँदैन । नियम भित्रबाट जित्नुपर्छ जब जसरी पनिको कुरा आउँछ स्पष्ट हो हामी इमान्दार छैनौं ।हो, माओको माक्र्सवादको जन्म विकास र मृत्यु हुन्छ भन्ने कुरा सही नै हो । तर यसको अर्थ के होइन भने यो मरिहाल्छ, त्यसकारण अहिल्यै मारिदिउँ भन्नु बिल्कुल बेठिक हो । कुनै पनि दर्शन उद्देश्यमा आधारित हुन्छ । उद्देश्य प्राप्त नगरि मृत्यु हुने दर्शन, दर्शन नै होइन । जनयुद्धको उद्देश्य र बलिदानी फलामे अनुशासन, बलियो पार्टी र क्रान्तिकारी कदमसहितको गतिशील जनपक्षधरता हो । आधारका जनताको अधिकार सम्पन्नता र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा तिनको निर्णायक हस्तक्षेप हो । हामी त्यहाँ पुगेका छैनौं । त्यसमा हाम्रा कमजोरीहरुको प्रशस्ती अनिवार्य छ, तर परिवेशको गीत गाएर वा बहाना बनाएर ती प्रतिवद्धताबाट भाग्नु कायरता हो । केही पढालेखा जसले जनयुद्ध देखे तर भोगेनन् , जो आन्दोलनमा आए तर गरेनन् । तिनको डिग्री मानसिकताले राजनीतिको धरातल फेरिँदैन । राजनीतिलाई सदा गाली गर्ने र राजनीतिक अभ्यास र आचरण कहिल्यै नसिकेकाहरुको जगमा नयाँ राजनैतिक यात्रा सम्भव देख्नु दुर्घटना उन्मुख हुनु हो । तर के होइन भने, यसो नहोस् भन्ने तर परिस्थितिको र घटनाक्रमको उन्मुखता नहेर्ने मानसिकता पनि राजनैतिक मुर्खतापूर्ण मानसिकता मात्र हो । एमाओवादी नफुटोस्, त्यो विशाल र एकतावद्ध होस, प्रचण्ड र बाबुराम मिलुन्, किरण थपिउन्, मातृका, मणी र विप्लव जोडिउन्, यो नै हाम्रो उर्जा हो । तर यसको आधार तत्कालै छ वा छैन । घटनाक्रमले त्यो देखाउँदैन । बरु फेसबुके बहस संचारमाध्यमहरुमा माओवादी आन्दोलन सकिएको हेर्ने चाहना र त्यो चाहनाको वरिपरि माओवादी निल्न सक्ने कथित नयाँ शक्ति जन्माउन केन्द्रीत आडम्बरी आदर्शको बलियो दाउपेचले भन्छ, एकता र मात्रै एकता भनेर गर्व गर्न सकिने ठाउँहरु सकिँदै गएका छन् । पार्टी कार्यालयमा पटकपटक बुझाइने सुझावको लिष्टले हामीलाई सिद्धान्त र आदर्श नभएको उद्देश्य विनाको पराजितहरुको फौज बनाएको छ, यसरी नै गोलचक्करमा सकिनु भन्दा उत्तम छ, सबैले आ–आफ्ना नयाँबाटाहरुको खोजी गरुन् । बाबुरामको नयाँ शक्तिमा हरियाली पलाएछ भने उर्जावान् कार्यकर्ताहरुलाई उनको पछि लाग्न कुनै आतंकले पनि रोक्दैन । होइन, उनलाई फेरी यो नजाने गाउँको बाटो खोजेछु भन्ने चेतना आएछ भने तिनी हाम्रै हुन् । हाम्रा भन्न डराउनै पर्दैन । तर यो मृततुल्य पार्टी जहाँ मुख चल्छ अरु चल्दैन, त्यसलाई यही हालतमा बाँधिराख्नु थप घिटघिटे बनाएर समाजको कुरीकुरीमा उत्सव मनाइरहनु उपयुक्त हुँदैन । धेरै तयारीहरु सकिएका छन् जस्तो भएपनि भ्रमपूर्ण सिद्धान्तको बेहुलो तयार छ, जन्ती आफन्त भन्दा पराई बढी नै छन् । ती जन्ती बाबुरामलाई यो घरबाट निस्केको हेर्ने उत्सव पर्खेर बसेका छन् । उनीहरु भन्छन्, ‘गोकर्ण, गगन र रविन्द्रको मायाजालयुक्त नयाँ घरमा सिद्धान्त र सपनाको खेती सपारिने छ ।’ हवाई परिकल्पनामा आधार बिनाको नयाँ घर दिन दुगुना रात चौगुन आकासिने छ । जहाँबाट हेर्दा प्रचण्ड कलन्त, टिठलाग्दा र फुच्चे देखिने छन् । यो यात्रा नहोस् तर यात्रा कसैको चाहले रोकिँदैन भने उर्जापूर्ण नयाँ राजनीतिक जाँगर चलोस्, नयाँ शक्तिको उन्नतीमा हामी घिसारिने छौं । यसको अवनतीमा जमिनी मनुवाहरुका आरोप वाक्य औषधी बनुन् । शिघ्र समिक्षा सम्भव बनाइयोस् । कि यहि घरमा टालो हाल्ने हिम्मत गर होइन भने ढिला नगर । अविश्वासलाई पराजित गर्दै नयाँ शक्तिलाई शक्तिशाली बनाउ ।
प्रतिकृया लेख्नुहोस्: