Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

दक्षिणी सुडानमा भोकमरीको खतरा

\"South_Sudan\"२७ असार, जुबा। पछिल्लो समयमा नराम्रो द्वन्द्वमा फसेको दक्षिणी सुडानमा भोकमरी छाएको बताइएको छ । यहाँको युद्धक्षेत्रको कतिपय राज्यका नागरिकहरु भोकमरीका कारण मर्न थालेका छन् ।

राष्ट्रसङ्घीय अधिकारीहरुले दक्षिणी सुडानमा अहिलेकै अवस्था अरु केही महिनामात्र जारी रहेमा पनि आउँदा दिनमा परिस्थिति अझै नराम्रो हुने चेतावनी दिइरहेका बेला यहाँ भोकमरी छाएको समाचार आएको हो ।

दक्षिणी युनिटी राज्य र अपर नाइल राज्यका केही भागहरुमा सङ्घर्षको अवस्था निकै आक्रान्त भएको र त्यहाँबाट दशौँ हजार व्यक्ति विस्थापित भएका बताइएको छ ।

साथै यहाँ एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण नाम दिइएको प्राविधिक मापन अनुसार यस क्षेत्रका ठूलो भाग आपत्कालीन तथा चौँथो चरणमा पुगेको बताइएको छ । यस मापनमा भोकमरी पाँचौँ चरणमा पर्छ ।

एएफपीले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा द्वन्द्वले सबैभन्दा नराम्रोसँग प्रभावित क्षेत्रमा केही घरपरिवारले भोकमरी भोगेको भनी उल्लेख गरिएको छ । प्रतिवेदनमा दक्षिणी युनिटीमा खाद्यान्न सहयोग बन्द भएमा र खाद्यान्न असुरक्षा कायम रहेमा दुई महिनापछि त्यहाँका अनेकौँ घरले भोकमरी भोग्ने बताइएको छ ।

सन् २०१३ मा राष्ट्रपति साल्भा किरले आफ्ना उपराष्ट्रपति रिक माचारले सैनिक विद्रोहको योजना बनाइरहेको आरोप लगाएपछि मुलुकभर हत्याको लगभग शृङ्खला नै चलेको छ भन्दा पनि हुन्छ ।

हत्या र हिंसाको यसै चक्रले नै यो गरिबीले प्रभावित भूपरिवेष्ठित मुलुकलाई जातीय रुपमा विभाजित गरेको छ । यहाँका एक करोड २० लाख जनतामध्ये एकतिहाईलाई सहयोगको आवश्यकता रहेको संयुक्त राष्ट्र सङ्घले जानकारी दिएको छ ।

यहाँको द्वन्द्वले गृहयुद्धको रुप लिइसकेको छ । द्वन्द्वबाट यहाँका जनता नराम्ररी प्रभावित हुन थालेको बताइएको छ । एक वर्ष अगाडि दाता संस्थाहरुले ठूलो मात्रामा हस्तक्षेप गरी युद्धबाट प्रभावित तीन राज्यलाई भोकमरीबाट जोगाएको बताइएको छ । रासस/एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending