Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

दक्षिणी सुडानमा भोकमरीको खतरा

\"South_Sudan\"२७ असार, जुबा। पछिल्लो समयमा नराम्रो द्वन्द्वमा फसेको दक्षिणी सुडानमा भोकमरी छाएको बताइएको छ । यहाँको युद्धक्षेत्रको कतिपय राज्यका नागरिकहरु भोकमरीका कारण मर्न थालेका छन् ।

राष्ट्रसङ्घीय अधिकारीहरुले दक्षिणी सुडानमा अहिलेकै अवस्था अरु केही महिनामात्र जारी रहेमा पनि आउँदा दिनमा परिस्थिति अझै नराम्रो हुने चेतावनी दिइरहेका बेला यहाँ भोकमरी छाएको समाचार आएको हो ।

दक्षिणी युनिटी राज्य र अपर नाइल राज्यका केही भागहरुमा सङ्घर्षको अवस्था निकै आक्रान्त भएको र त्यहाँबाट दशौँ हजार व्यक्ति विस्थापित भएका बताइएको छ ।

साथै यहाँ एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण नाम दिइएको प्राविधिक मापन अनुसार यस क्षेत्रका ठूलो भाग आपत्कालीन तथा चौँथो चरणमा पुगेको बताइएको छ । यस मापनमा भोकमरी पाँचौँ चरणमा पर्छ ।

एएफपीले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा द्वन्द्वले सबैभन्दा नराम्रोसँग प्रभावित क्षेत्रमा केही घरपरिवारले भोकमरी भोगेको भनी उल्लेख गरिएको छ । प्रतिवेदनमा दक्षिणी युनिटीमा खाद्यान्न सहयोग बन्द भएमा र खाद्यान्न असुरक्षा कायम रहेमा दुई महिनापछि त्यहाँका अनेकौँ घरले भोकमरी भोग्ने बताइएको छ ।

सन् २०१३ मा राष्ट्रपति साल्भा किरले आफ्ना उपराष्ट्रपति रिक माचारले सैनिक विद्रोहको योजना बनाइरहेको आरोप लगाएपछि मुलुकभर हत्याको लगभग शृङ्खला नै चलेको छ भन्दा पनि हुन्छ ।

हत्या र हिंसाको यसै चक्रले नै यो गरिबीले प्रभावित भूपरिवेष्ठित मुलुकलाई जातीय रुपमा विभाजित गरेको छ । यहाँका एक करोड २० लाख जनतामध्ये एकतिहाईलाई सहयोगको आवश्यकता रहेको संयुक्त राष्ट्र सङ्घले जानकारी दिएको छ ।

यहाँको द्वन्द्वले गृहयुद्धको रुप लिइसकेको छ । द्वन्द्वबाट यहाँका जनता नराम्ररी प्रभावित हुन थालेको बताइएको छ । एक वर्ष अगाडि दाता संस्थाहरुले ठूलो मात्रामा हस्तक्षेप गरी युद्धबाट प्रभावित तीन राज्यलाई भोकमरीबाट जोगाएको बताइएको छ । रासस/एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy