Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

सभासद्‌ले पाएनन् ५ करोड

२८ असार, काठमाडौं । सत्तापक्षकै सभासद्ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ५ करोड रुपैयाँ छुट्याउन दबाब दिए पनि प्रधानमन्त्री सुशील कोइरालाले त्यति रकम दिन नसक्ने स्पष्ट पारेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिका खबर छ कांग्रेस–एमालेकै सभासद्ले हस्ताक्षर संकलन गरी ५ करोड छुट्याउन सरकारलाई दबाब दिएका थिए। संसद्मा नीति तथा कार्यक्रममाथि आइतबार सभासद्का प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री कोइरालाले भने, ‘मुलुक विपत्तिमा छ। यस्तो बेलामा जति अर्थतन्त्रले धान्छ, त्यति नै रकम जान्छ।’ त्यसअघि निर्वाचन क्षेत्र कार्यक्रममा ५ करोड पर्छ कि पर्दैन भनेर एमालेका विदुर सापकोटा, रामवीर मानन्धर, मोहन बानियाँ, आनन्द पोखरेललगायतका सभासद्ले प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए। जबाफमा कोइरालाले मुलुक कठिन स्थितिबाट गुज्रिरहेका बेला ५ करोड दिन नसकिने बताए। कोइरालाले भने, ‘मुलुकको चाहना शान्ति, लोकतन्त्र र विकासका लागि संविधान हो। संविधान निर्माण गरेरै मुलुकले गति लिन सक्छ।’ प्रधानमन्त्रीको जबाफपछि संसद्ले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो। नीति तथा कार्यक्रम सम्बोधन गरेकोमा राष्ट्रपति डा। रामवरण यादवलाई धन्यवादसहित नीति तथा कार्यक्रम पारित गर्न सभामुख सुवास नेम्बाङले राखेको प्रस्ताव ध्वनिमतका आधारमा बहुमतले पारित भएको थियो। प्रमुख विपक्षी एमाओवादी, राप्रपा नेपाल, मधेस केन्द्रित दल र अन्य केही साना दलले भने उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए। नीति तथा कार्यक्रममाथि एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलसहित सातजनाले राखेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो। प्रधानमन्त्री कोइरालाले ८ प्रदेश बनाउने १६ बुँदे सहमतिअनुसार पाँच विकास क्षेत्र संशोधन हुने जानकारी दिए । उनले स्थानीय निर्वाचन आगामी एक वर्षभित्र हुने र चुनावको मिति प्रमुख दलको बैठकले तय गर्ने बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending