Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

बाबुरामले मलाई सिध्याउन खोजे : प्रचण्ड

\"prachanda_baburam\"२८ असार, काठमाडौं । ‘एकता, संघर्ष र रूपान्तरण’का माध्यमबाट आफूहरू २६ वर्षदेखि एउटै कमिटीमा रहँदै आएको दाबी गर्ने एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्टराईको ‘वाकयुद्ध’ आइतबार कार्यकर्तामाझ पोखिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ तीन नेता एकताबद्ध रहेको सन्देश प्रवाह गराउने उद्देश्यले अनेरास्ववियु क्रान्तिकारीले आफ्ना कार्यकर्ता प्रशिक्षणका लागि बोलाएको कार्यक्रममा दाहाल र भट्टराईले एकले अर्कोलाई चस्का पस्ने गरी घोच्दै आफूलाई सर्व श्रेष्ठ ठहर्‍याउने प्रयास गरेका हुन्। ‘मोहनविक्रम सिंहले बुद्धिजीवीहरू अवसरवादी हुन्छन्, उनलाई विश्वास गर्नु हुन्न, जिल्ला कमिटीभन्दा माथि ल्याउनु हुन्न भन्थे। मोहनविक्रमको त्यो प्रस्तावलाई अस्वीकार गरेर मैले बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई एक ठाउँमा ल्याउने पहल गरेकै होु, ३६ वर्षको उमेरमा आफू पार्टीको महामन्त्री भएको स्मरण गराउँदै प्रचण्डले भने, ‘जति गाली गरे पनि माया लाग्छ। मेरै नेतृत्वमा जनयुद्ध सुरु गर्ने रणनीति र कार्यनीति बनेकै हो, अरूको होइन। जनयुद्ध सुरु गर्न लेखिएको दस्ताबेजलाई कोसेढुंगा साबित भनिएकै हो। मेरै नेतृत्वमा जनयुद्ध गरेकै हो। अहिले ६२ वर्षको भए। बूढो हुँदै गएपछि काम नलाग्ने भयो भनेर फालिदिने ?’ प्रचण्डले आमालाई भीरबाट फाल्न डोकोमा बोकेर जाने छोराको कथा पनि सुनाए। ‘गड्याङगुडुङ गरिरहेका बेला आमाले मेरो छोरा घर नपुगुन्जेल पानी नपरोस् भन्थिन्’ प्रचण्डले भने, ‘अर्को नेताले ङ्याक्नै पर्ने। राम्रो गरेकोलाई राम्रो भने पो सम्मान हुन्छ।’ आफूले भट्टराईलाई उत्तराधिकारी बनाउन खोजे पनि आफूलाई भट्टराईले त्यो रूपमा व्यवहार नगरेको पनि प्रसंग दाहालले ल्याउन भ्याए। ‘चीनमा माओत्सेतुङले लिनप्याओलाई उत्तराधिकारी बनाउने खोज्थे। लिनप्याओ चाहिँ माओलाई सिध्याउन खोज्थे’ प्रचण्डले भने, ‘नेतृत्वलाई मार्न, नेतृत्वको छाला काढ्न खोजेर हुन्छ।’ माओवादी आन्दोलन आफ्नो मात्रै कारणले कमजोर नभएको दाबी गर्दै कमजोरीको जिम्मेवारी नेतृत्वको सोपानक्रमअनुसार नेताकार्यकर्ताले लिनुपर्ने पनि प्रचण्डले बताए । ‘नयाँ पार्टी, नयाँ संगठन, नयाँ नेतृत्व प्रणाली विकास गर्नुपर्छ । विचार, कार्यदिशा र संगठनको नेतृत्वमा रूपान्तरण गर्न सकेनौं भने मरेको लास बोक्न त सक्छन् । महादेवले सतीदेवी बोक्न त सक्नुहुन्छ तर मात्रिका, वैद्य र विप्लव सतीदेवीको अंग झरेझै झर्दै जान्छन्।’ आफू र दाहाल २६ वर्षदेखि एउटै कमिटीमा रहेको उल्लेख गर्दै भट्टराईले भने, ‘प्रचण्ड, नारायणकाजी र मैले अँगालो हालेरमात्रै हुँदैन।’ ०६९ जेठ २ गतेको सहमतिबाट पछाडि हट्दा फ्रेन्च मोडलको कार्यकारी प्रणाली, १० प्रदेश आफूले चाहेजस्तो र एउटा प्रदेश झापा, सुनसरी, मोरङ गरेर ११ प्रदेशको संघीय संरचना प्राप्त हुन नसकेको भट्टराईले बताए। उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने आफूलाई प्रशिक्षककै रूपमा सीमित राखेर संविधान निर्माणमा आएका अवरोध र आफ्नो पार्टीले निर्वाह गरेको भूमिकाबारेमा कार्यकर्ताहरूलाई प्रशिक्षित गरेर मन्तव्य टुंग्याएका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending